Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Friday, September 7, 2012

बसले किचेर किशोरको मृत्यु, विरोधमा यातायात सेवा बन्द

२२ भदौ, नुवाकोट । बसले किचेर नुवाकोटमा एक किशोरको मृत्यु भएको छ । नुवाकोटको गणेश्थान गाँउ विकास समिति वडा नम्बर ४ बरबोटेमा भएको दुर्घटनामा स्थानिय १९ बर्षका रामहरी रिजालको ज्यान गएको हो ।
नयाँ पुलबाट त्रिशुली जाँदै गरेको बा १ ख ६१५२ नम्बरको बसले किचेर रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गुडिरहेको बसमा उक्लिएका रिजाल सडकमा पछारिएका र पुन उठेर बसमा चढ्ने क्रममा बसले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा रिजालको ज्यान गएपछि आक्रोसित स्थानिबासीले अहिले उक्त क्षेत्रमा यातायात सेवा अवरुद्ध गरेका छन् ।

जग्गा धितो राखेर चिनी आयात गरिने !

२२ भदौ, काठमाण्डौं । नेसनल ट्रेडिङले २५ रोपनी जग्गा धितो राखेर चिनी आयात गर्ने भएको छ । चिनी आयातका लागि ८० प्रतिशत रकम बैंकमार्फत ऋण पाउँदासमेत २० प्रतिशत रकमको व्यवस्था गर्न नसकेपछि नेसनल ट्रेडिङले काठमाण्डौंमा रहेको जग्गा धितो राखी चिनी आयात गर्ने तयारी गरेको हो ।
नेसनल ट्रेडिङले भारतको डाल्मिया कम्पनीबाट पाँच हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । संस्थानकी महाप्रबन्धक प्रमिलाकुमारीयादबका अनुसार चिनी आयात गर्न करिब ३६ करोड रुपैयाँ आवश्यक छ । चिनी आयातका लागि एभरेस्ट बैंकले आयात गरिने सम्पूर्ण चिनी धितो राखी ८० प्रतिशत रकम ऋण उपलब्ध गराउन सहमत भए पनि २० प्रतिशत रकम नगद वा सरकारको ग्यारेन्टी खोजेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । यही सर्त पुरा गर्न नसक्दा डेढ महिनादेखि चिनी आयात प्रक्रिया अवरुद्ध भएको थियो ।

व्यक्तिगत प्रयासमा काम खोज्दै चार मुलुकमा जान पाइने

२२ भदौ, काठमाण्डौं । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जान सरकारले चारवटा मुलुकलाई मात्रै खुल्ला गरेको छ । साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र कुबेतका लागि खुल्ला गरिएको हो । वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत प्रयासमा गत बर्ष खाडी मुलुकमा १ लाख १९ हजार कामदार गएका थिए । तिनमा महिला १६ हजार गएका छन् ।
मन्त्रिपरिषदको भदौ १५ गतेको बैठकले यस्ता कामदारलाई श्रम स्वीकृति दिने निर्देशिका पारितगर्दै यो निर्णय गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘अब व्यक्तिगत रुपमा जथाभावी कामदार लिन पाइने छैन,’ कतारमा पुगेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले भने, ‘व्यक्तिगत रुपमा जाने कामदारलाई व्यवस्थित बनाउन सरकारले यससम्बन्धी निर्देशिका पारीत गरेको छ ।’

कुबेत जाने कामदारको तलब बढ्यो

२२ भदौ, काठमाण्डौं । सरकारले कुबेतमा काम गर्न जाने घरेलु महिला कामदार(हाउसमेड) को तलब बृद्धि गरेको छ । त्यहाँ जाने कामदारमा हाउसमेडको संख्या बढी रहेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको तलब न्यूनतम ५० कुबेती डिनर (केडी) बाट ६० केडी (करिव १९ हजार रुपैयाँ) बनाईएको हो । ‘मन्त्रालयबाट पास भयो, राजपत्रमा आउन बाँकी छ,’ मन्त्रालयका प्रबक्ता बुद्धिबहादुर खड्काले भने, ‘खाडीका अरु देशको तलब बृद्धिबारे पनि छलफल हुँदैछ ।’ कुबेत स्थित नेपाली दूतावासले पनि एक महिनाअघि नै हाउसमेडका लागि ६० केडी तलब अनिवार्य गरिसकेको छ । न्यूनतम तलब ६० केडी र उमेर ३० बर्ष नपुगे माग प्रमाणीकरण नहुने खबर कान्तिपुर दैनिकमा छ ।
कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कम्पनीमा काम गर्न आउने अरु कामदारको पनि न्यूनतम पारिश्रमिक बढाउने विषयमा पहल जारी रहेको जानकारी दिएका छन् ।

Thursday, September 6, 2012

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा आफ्नै अनुहार बल्यो (फोटो फिचरसहित)

२१ भदौ, काठमाडौं । इन्धनको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला जनाउन खोज्दा आन्दोलनरत विद्यार्थीको अनुहार जलेको छ ।
बिहीबार विहान घण्टाघर नजिकै विद्यार्थीहरुको एउटा समूह भेला भएर पुत्ला लजाउन खोजेका थिए । प्रहरीले पुत्ला खोस्ने डरले सानो घेरा बनाएर प्रधानमन्त्रीको पुत्लाकम पेट्रोल छर्कन खोज्दा सागर धितालको अनुहारमा पनि पर्‍यो तर, सलाई कोर्नेले थाहा पाएनन् । उनले पुत्तामा के आगो लगाएथिए, सागरको अनुहारमा पनि सल्किहाल्यो ।
अनुहारमा आगो लागेपछि साथीहरुले निभाउन खोजे तर, सकेनन् । दौडिएर नजिकैको फलफुल पसलमा पुगेका उनको मुखमा पसलेले पानी हाले र बल्ल आगो निभ्यो । त्यतिन्जेल उनको अनुहार डढिसकेको थियो । प्रधानमन्त्रीको पुत्ला जदाउँछु भन्दा साथीको अनुहार नै डढेपछि सहकर्मीहरूले मोटरसाइकलमा राखेर उनलाइर् तत्काल अस्पताल लगे ।
पुत्लामा बलेको आगोले अर्का दुई विद्यार्थीलाई पनि अलिकति भेट्टाएको छ । उनीहरूलाइआगोले घाउ नै लाग्ने गरी पोलेको भने छैन ।
http://onlinekhabar.com/2012/09/198803.html

अमेरिकाले माओवादीलाई आतंककारी सूचीबाट हटायो

२१ भदौ, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले एकीकृत नेकपा माओवादीलाई आतंकारीको सूचीबाट हटाएको छ ।
अमेरिकाको स्टेट डिर्पाटमेन्ट अफ ट्रेजरीले माओवादीलाई आजै सूचीबाट हटाएको बताइएको छ । त्यसबारे जानकारी अमेरिकाले माओवादी नेतृत्वलाई पठाइसकेको माओवादी उच्चस्रोतले जानकारी दिएको छ ।
शसस्त्र युद्धका बेला माओवादीले अमेरिकी दूतावासका सुरक्षागार्डको हत्या गरेपछि अमेरिकाले माओवादीले आतंककारी सूचीमा राखेको थियो । शान्ति प्रकृयामा आएपछि माओवादीले त्यस्तो सूचीबाट हटाउन अमेरिकी अधिकारीहरुसमक्ष लविङ गर्दै आएको थियो ।

Wednesday, September 5, 2012

पहिरोमा पुरिएर बझाङमा दुईको मृत्यु

२०भदौ, धनगढी । बझाङको काफलसेरी गाविस ऐडी गाँउमा बुधवार पहिरोमा पुरिएर दुईको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
ऐडी गाउँका लोकी विकको घर पुरिँदा उनकी आमा ६० वर्षिया मैना र फुपूको घरमा आएका ९ वर्षिय विरेन्द्र लुहारको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
मंगलवार रातीदेखिको अविरल वर्षासंगै घरभन्दा डेढ सय मिटरमाथिबाट खसेको पहिरोले घर पुरिएको थियो । पहिरोले घर पुरिँदा २४ वर्षिय लोकी विक, उनकी २० वर्षीया श्रीमती सरिता र ४ वर्षीय छोरी वविता गम्भीर घाईते भएका छन् । उनीहरूलार्इ पुरिएकै अवस्थामा स्थानीय वासिन्दा र इलाका प्रहरी कार्यालय बुंगलको टोलीले दिउँसो उद्दार गरेको थियो ।

वन कर्मचारीद्वारा दलित युवती बलात्कृत

२० भदौ, वीरगञ्ज । पर्साको विरुवागुठी गाविस निवासी एक दलित युवतीलाई बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीन वन कर्मचारीलाई पक्राउ गरेको छ ।
गाविसको बडनिहार निवासी २० वर्षीया दलित युवतीलाई बलात्कार गरेको अभियोगमा गएराति प्रहरीले गाविस विरुवागुठी-६ का २८ वर्षीय लक्ष्मण श्रेष्ठ, २५ वर्षीय जुम्ल मियाँ र वडा नं. ५ का २५ वर्षीय संदीप गुरुङलाई पक्राउ गरेको हो । गत शनिबार वनमा गएको बेला एक्लै भएको मौका छोपी आफूलाई करणी गरेको भनी पीडित युवतीले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयपर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका युवा जिल्ला वन कार्यालय पर्साले गठन गरेको नाका वन संरक्षण समिति वन गस्तीका कर्मचारी रहेको वन कार्यालयले जनाएको छ । पक्राउ परेका युवामाथि अहिले अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । रासस

कतारमा नेपालीको रहस्यमय मृत्यु

दैलेख, भाद्र २० - वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार पुगेका दैलेखका एक युवाको रहस्यमय मृत्यु भएको छ । दोहास्थित कतार बिल्डिङ कम्पनी (क्यिूबिसी) मा कार्यरत रुम गाविस ७ चिउराका २६ वर्षीय जगतप्रसाद जैसी कोठामै मृत अवस्थामा फेला परेका हुन् ।
भदौ १४ गते बिहान साढे ६ बजे उनी कोठामा मृत अवस्थामा फेला परेका थिए । सोही कम्पनीमा कार्यरत सहोदर भतिज दीपक हमालका अनुसार उनी तलब बुझेर घर र्फकने तयारीमा थिए । भिसा स्विकृत भैसकेको थियो । अस्वस्थ पनि थिएनन् । अचानक ओछ्यानमै मृत भेटिए हमालले भने ।
जगतप्रसाद ०६६ साउनमा कतार गएका हुन् । यस अवधिमाउनी बिदामा घर फर्केका थिएनन् । मृत्युको कारण थाहा नपाउादा परिवारमा अनेक शंका उब्जेको छ ।

कसो भेटेनन् कालोमोसो !

२० भदौ, काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका माग पूरा नभए हतियार उठाउँछौं भनेर चेतावनी दिने नेकपा -माओवादीका भ्रातृ संगठन त्यसकै रिहर्सलमा लागेका छन्। केही महिना पहिले विदेशी नाम भएका विद्यालय बन्द गर्ने र विद्यालयका गाडी तोडफोड गर्ने काम गरेर आफ्नो उपस्थिति देखाउन खोजेका उनीहरुले अरु ‘कडा’ कार्यक्रमको तयारीमा छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बिरोध गर्दै आएको माओवादी लगायतका विपक्षी दललाई अहिले आन्दोलनचर्काउने नयाँ मसला मिलेको छ, पेट्रोलियम पदार्थको मूल्यबृद्धि । मूल्यबृद्धिको बिरोधमा ठूलो आन्दोलन नभएपनि विपक्षी दलकायुवा विद्यार्थी संगठनले दिनहुँजसो सामान्य प्रदर्शन गर्दै आएका छन् । माओवादीका विद्यार्थी र अरु भ्रातृ संगठन पनि छुट्टै ढंगको प्रदर्शनमा छन् ।
बुधबार बिहान पनि कांग्रेस, एमाले लगायतका युवा विद्यार्थीले संयुक्त र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरे । अरु संगठन सरकारी क्याम्पस अगाडि प्रदर्शन गर्न व्यस्त रहँदा माओवादीका विद्यार्थी, मजदूरलगायतका भ्रातृ संगठनका कार्यकर्ता खाद्य संस्थान, आयल निगम र साल्ट ट्रेडिङको कार्यालयमा जम्मा भए । उनीहरुमध्ये कसैका हातमा झण्डा थियो । कसैले गोजीमा कालोमोसो पोको पारेर राखेका थिए । एकथरीले नारा लगाउने र अर्काथरीले चाहिं सम्बन्धित संस्थाका पदाधिकारीलाई कालोमोसो दल्ने योजना थियो । ‘भ्रष्ट र अनियमित काम गर्नेलाई कालोमोसो दल्ने योजना थियो’ अखिल क्रान्तिकारीका एकजना नेताले जानकारी दिए ।
को कोलाई कालोमोसो दल्ने भन्ने कुरा उनीहरुले पहिल्यैलिष्ट तयार पारिसकेका थिए । ‘तर हामीले ९ बजेदेखि ११ बजेसम्म धर्ना र नाराबाजी गर्दा लिष्टमा भएका ती व्यक्ति नै आएनन्’ ती विद्यार्थी नेताले भने -’गोजीमा राखेको कालोमोसो त्यत्तिकै खेर गयो ।’ कालोमोसो दल्न नपाएपनि उनीहरुले तीन संस्थानको गेटमा दुई घण्टा धोको फेरेर नाराबाजी र प्रदर्शन गरे । तर मजदूर नेता रामदीप आचार्यले भने कालोमोसो दल्ने योजना नरहेको दावी गरे ।
मूल्यबृद्धि बिरुद्धको आन्दोलनलाई सशक्त बनाउने
मूल्यबृद्धि बिरुद्ध आन्दोलन गर्दै आएका युवा, विद्यार्थी संगठनहरुले बिरोधलाई अझ सशक्त बनाउने बताएका छन् । एमाले, कांग्रेस लगायतका युवा विद्यार्थीहरुले बुधबार रत्नपार्कमा सडक बहस कार्यक्रम गरे । सरकारले मूल्यबृद्धि फिर्ता नगरे कडाआन्दोलन गर्ने उनीहरुको भनाईछ । उनीहरु भन्दा कडा कार्यक्रम ल्याउने बताएको छ, नेकपा -माओवादीले ।
नयाँ नयाँ खुलेको पार्टी भएकोले होला जोश पनि बढी नै देखाउनुपर्यो । त्यसमाथि पार्टीले ७० बुँदे माग राखेर हतियार उठाउनेसम्मको चेतावनी दिइसकेको छ । यस्तो बेला चूप लागेर बस्ने कुरा पनि भएन । त्यसैले मूल्यबृद्धिको निहुँमा माओवादी भ्रातृ संगठनहरुको सरकारलाई र्याख्र्याख्ती पार्ने आन्दोलनको तयारीमा छन् ।
‘भ्रष्टहरुको नाम सार्वजनिक गर्ने, कार्वाही गर्ने र खाद्य भण्डारमा गएर उपभोग्य वस्तु जनतालाई दिने सम्मको कार्यक्रम ल्याउँछौं’ माओवादी निकट मजदूर नेता रामदीप आचार्यले भने । कार्यक्रम अहिले तय भैनसकेकोर छिटै सार्वजनिक गर्ने पनि उनको भनाई छ ।

टुरिष्ट भिषामा नेपालीलाई खाडी जान प्रतिबन्ध

२० भदौ, काठमाण्डौ । नेपालले टुरिष्ट भिषामा नेपाली नागरिकहरुलाई खाडी मुलुकहरुमा जान प्रतिबन्ध लगाएको छ ।
युरोप, अमेरिका र अन्य बिभिन्न मुलुकमा पठाउने भन्दै मानवतस्करहरुले नेपाली कामदारलाई भिजिट भिषामा खाडी मुलुकहरुमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि अध्यागमन बिभागले यस्तो प्रतिबन्ध लगाएको हो । केही समय प्रतिबन्ध लगाएर त्यसको प्रभाव अध्ययन गरिने बिभागका महानिर्देशक सुरेश अधिकारीले जानकारी दिनुभयो ।
हरेक दिन खाडी मुलुकमा जाने नेपालीमध्ये करिव १० देखि १५ प्रतिशत टुरिष्ट भिषामा जाने गरेका छन् । उनीहरुलाई इराक, अफगानिस्तान, मकाउ, अमेरिका तथा युरोपेली मुलुक पठाउने भन्दै मानव तस्करहरुले लैजाने गरेका छन् । यो निर्णयबाट युएई, कतार, साउदी अरव, कुवेत, ओमान, बहराइन लगायतका मुलुकमा जाने नेपालीहरु प्रभावित हुनेछन् ।
मानव तस्करहरुले भारतीय बिमानस्थल हुँदै नेपालीकामदारहरुलाई खाडी मुलुक लैजाने गरेपनि नेपाल सरकारको अनुरोधमा त्यहाँको प्रशासनले नेपालीलाई टुरिष्ट भिषामा यात्रा गर्न कडाई गर्दै आएको छ ।
बैदेशिक रोजगारीमा देखिएका समस्या र ठगी रोक्न सरकारले हालै एक उच्चस्तरीय समिति र टास्कफोर्स गठन गरेको थियो ।

१६ वर्षमै यौन सम्पर्क गरेवापत किशोरीलाई १०० कोर्रा

माले, भदौ २० (एजेन्सी) - उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो।
हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्‍ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्कोटापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए।
पछ्याउनेक्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो।
परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।

सरुवा सूची बनाउँदै मन्त्रीका छोरा र पिए

काठमाडौं, भाद्र २० - कुन कर्मचारीलाई कहाँ सरुवा गर्ने भन्ने टुंगो लगाउने काम सम्बन्धित विभाग, कार्यालय र प्रमुखको हो । नियमित कार्यक्षमता र विगतका कामको मूल्यांकनका आधारमा कर्मचारी सरुवा गरिनुपर्ने हो । तर वन मन्त्रालयमा मन्त्रीका छोरा र उनका निजी सचिव (पिए) हरू नै कर्मचारीको सरुवा सूची बनाउन व्यस्त छन् ।
भदौमा कर्मचारी सरुवा गर्न पाइने भएपछि वनमन्त्री यदुवंश झाका छोराहरू प्रकाश र प्रभात तथा उनका निजी सहयोगी नाति सञ्जीव झा, निजी सचिव दशरथ मिश्र र पिएहरू देवेन्द्र घतानी, सरोज कार्कीलगायतको टोलीले सरुवा सूची बनाउन थालेको हो । मन्त्री झाको पार्टी माले समाजवादीले विवादास्पद कुनै पनि काम नगर्न पटक-पटक निर्देशन दिए पनि अटेर गर्दै मन्त्रीले सरुवा सूची बनाउन निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद्लाई जानकारी नै नदिई आफूखुसी पटक-पटक भारत भ्रमण गरेकामा पार्टीले स्पष्टीकरण सोधिरहेकै बेला मन्त्री झाले आफूखुसी ठूलो संख्यामा कर्मचारी सरुवाको तयारी गरिरहेका छन् । स्रोतका अनुसार उनकै निर्देशनअनुसार टोलीले रेन्जरदेखि सहसचिवसम्मका कर्मचारीको सरुवा सूची तयार पारिरहेको छ । 'मन्त्रीका छोराहरू र पिएहरूले डीएफओहरूसित बार्गेनिङ गर्दै सरुवा सूची तयार पारेका छन्,' मन्त्रालयका एक सहसचिवले कान्तिपुरसित भने, 'राम्रो ठाउँमा सरुवा गरिदिने आश्वासनमा आर्थिक चलखेल भइरहेको छ ।'
आकर्षक जिल्लामा जान चाहनेले तोकिएको रकम बुझाउनुपर्ने गरी सूची तयार गरिएको स्रोतको दाबी छ । अनियमित तवरमा काठ बिक्री गर्न पाइने 'आकर्षक जिल्ला' मा तोकिएको रकम नबुझाए अन्यत्र सरुवा गर्नेगरी सूची तयार पारिएको छ । आकर्षक जिल्लामा सरुवा गरिदिन केही डीएफओले राजधानी आएर टोलीसँग लबिङसमेत गरेको स्रोतको दाबी छ ।
आकर्षक ठाउँमा रहेकाले उही ठाउँमा थमौती गर्नसमेत दबाब दिइरहेका छन् । आकर्षक मानिने केही तराईका जिल्लाका डीएफओको दुई वर्ष अवधि पुगिसकेकाले टोलीलाई झनै राम्रो अवसर बनेको छ । कैलाली, बारा, काठमाडौं, दोलखा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, गोरखालगायत जिल्लाका डीएफओको अवधि दुई वर्ष पुगिसकेको छ ।
मन्त्री झाले कर्मचारी सरुवा गर्न लागेको स्वीकारे । उनले सरुवामा मापदण्ड लागू गर्ने दाबी गरे । 'तयारी भइरहेको सत्य हो,' उनले ईकान्तिपुरसित भने, 'कसैसँग आर्थिक लेनदेन गरेको छैन ।'

Tuesday, September 4, 2012

कोरिया जाने नेपालीलाई पाँच वर्षको सामाजिक सुरक्षा

१९ भदौ, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारले पाँच बर्षको सामाजिक सुरक्षा पाउने भएका छन् । दुई मुलुकबीचको पछिल्लो श्रम सम्झौतामा करिब पाँच बर्षको करार अवधि तोकिएपछि एकैपटक पाँचै बर्षको सामाजिक सुरक्षा व्यवस्था गर्न लागिएको हो ।
यसमा विमा कम्पनीको ५ लाख र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको कल्याणकारी कोषको डेढ लाख रुपैयाँ हुनेछ । कोरियामा कामदारको मृत्यु भए ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने खबर कारोबार दैनिकले छापेको छ ।
सामाजिक सुरुक्षा पाँचबर्ष बनाउनका लागि श्रम तथा रोजगार मन्त्रालयमा फाइल पठाइसकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । मन्त्रालयबाट पारित भएपछि यो व्यवस्था लागु हुनेछ ।
कोरिया जाँदा पहिलोपटक तीन बर्षको करार अवधि हुनेछ । त्यसपछि रोजगारदाताले १ बर्ष १० महिना करार अवधि थप गर्न सक्ने व्यवस्था श्रम सम्झौतामा गरिएको छ ।

Monday, September 3, 2012

लडाकूका नाममा बुझेको ९ अर्ब ५२ करोडमध्ये कति भयो भ्रष्टाचार? छानबिन हुने

काठमाडौं, भदौ १८- सेना समायोजन विशेष समितिको आजको बैठकमा माओवादी सेनाका लडाकूलाई वितरण गरेको रकम हिनामिना गरेको भन्ने सर्न्दभमा सार्वजनिक सञ्चारमाध्यम र बाहिर उठेको चर्चाले औपचारिक रुपमै प्रवेश पाएको छ।
नेपाली कांग्रेस र नेकपा (एमाले)का तर्फबाट समितिमा प्रतिनिधित्व गर्नुहुने सदस्यहरुले माओवादी लडाकूको शिविरमा भएको भ्रष्टाचार र रकम हिनामिना भएको विषय औपचारिकरुपमा नै बैठकमा प्रवेश गराएका छन्।
विशेष समितिअन्तर्गत रहेको शिविरमा अर्बौंको रकम भ्रष्टाचार भएको छ भनेर पार्टीहरुमा गम्भीर बहस, छलफल र मुद्दा उठिरहेको जनाउँदै उहाँहरुले विशेष समितिले चाख लिएर यसबारे निर्णय लिनुपर्ने माग गरेका थिए।
नेपालको एउटा राजनीतिक दलसँग मात्रै जोडिएको विषय नभएर समग्र राज्यसँग समेत प्रत्यक्ष जोडिएको मुद्दा भएकाले यस विषयमा विशेष समितिले सरोकार राख्नुपर्छ, राज्यले छानबिन गर्ने भनेकोनै विशेष समितिसँगै हो, त्यसकारण यस विषयमा भएका तथ्य र विवरणका बारेमा छलफल हुनुपर्छ भनेर उनीहरुले बैठकमा ध्यानाकर्षण गराएका थिए।
शिविरमा भएको रकमको हिनामिनाका बारेमा स्वयम् माओवादीभित्रै पनि विवाद उत्पन्न भई पार्टीभित्र छानविन समिति समेत गठन गरिसकेको परिस्थितिमा न्यायिक आयोग गठन गरेर वा अन्य कुनै तरिकाले भएपनि निस्पक्ष छानबिन हुनुपर्छ भनेर नेपाली काँग्रेस र एमालेका तर्फबाट अडान राखिएको थियो। शिविरमा ठूलो परिमाणमा रकम हिनामिना भएको र त्यसमा लडाकू कमाण्डरदेखि पार्टी नेतृत्व समेतको संलग्नता रहेको भन्ने भनाइ शिविरमा रहेका लडाकूबाट सार्वजनिक भएको थियो।
लडाकूको भरण पोषण, सुरुको भौतिक संरचना निर्माण, मासिक भत्तालगायतको शीर्षकमा गएको असार मसान्तसम्ममा नौ अर्ब ५२ करोड ५० लाख ७५ हजार ४१९ निकासा भएको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयले जनाएको छ। यसका अतिरिक्त शान्ति कोष सचिवालय र विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था र स्वदेशी निकायमार्फत् पनि शिविरमा सडक, खाने पानी, भवन र बिजुलीका लागि लगानी भएको बताइएको छ।
हुँदै नभएका लडाकू शिविरमा रहेको देखाएर उनीहरुको नाममा रकम निकासा गरी राज्यको ढुकुटीको ब्रम्हलुट गरिरहेको भन्ने विपक्षीहरुले लगाउँदै आएको आरोप अहिलेसम्म माओवादीले खेपिरहेको छ। बैठकमा माओवादी लडाकू र शिविरको नाममा कुनकुन शीर्षकमा राज्यको ढुकुटीबाट र विदेशीबाट कति रकम गएको छ, त्यसबारे हालसम्मको सम्पूर्ण विवरण उपलव्ध गराउन सम्बन्धित मन्त्रालयलाई आग्रह गर्ने सहमति भएकोछ।
प्रधानमन्त्री बाबुराम भट्टराईले बैठकमा यसबारे आफू सकारात्मक रहेको जनाउँदै छलफल गर्न समेत तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए। सो विवरण प्राप्त भएपछि समितिको अर्को बैठकमा रकम हिनामिनाको विषयलाई के कसरी व्यवस्थापन गरेर लैजाने भन्नेबारे निर्णयमा पुग्नुपर्छ भन्नेमा समेत समितिका सदस्यबीच सहमति भएको बुझिएको छ।
बैठकमा खासगरी समायोजनमा नपर्ने लडाकूलाई उनीहरुले पाउने रकम छनौटस्थलमै भुक्तानी दिएर बिदा गर्ने निर्णय भएको छ। त्यसैगरी स्वेच्छिक अवकासमा गएका लडाकूको दोस्रो किस्ता बापतको रकम वितरण गर्ने स्थान र प्रक्रिया सचिवालयले नै तय गरी आगामी कात्तिकको दोस्रो साताभित्र वितरण गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकपछि समितिका सदस्य एवम् नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले शिविरमा भएको रकम हिनामिनाको विषयलाई आजको बैठकमा औपचारिक ढङ्गलेउठाएर ध्यानाकर्षण गरिएको जानकारी दिए।
राज्यको ढुकुटीको रकम हिनामिनाको विषय भएकाले न्यायिक आयोगका अतिरिक्त छानबिन गर्ने अख्तियारदुरुपयोग अनुसन्धान आयोगलगायतका अन्य निकायपनि छानविनका लागि आकर्षित हुन सक्ने उनले बताए। नेपाली काँग्रेसका नेता एवम् समितिका सदस्य डा. रामशरण महतले सेना समायोजनको विषय आगामी दशैं अगावै टुङगिने र स्वेच्छिक अवकास रोजेकाहरुको दोस्रो किस्ता वापतको रकम कात्तिकको दोस्रो साताभित्र उपलब्ध गराउने निर्णय भएको बताए।
"शान्तिप्रक्रिया टुङ्गिन्छ भन्ने पूरा आशा र विश्वास छ, यो पटक टुङ्गिन्छ" -उनले भने।
"शिविरमा भएको हिनामिनाको विषय सार्वजनिक सञ्चारमाध्यम्मा समेत आएको छ, यसको छानविन गर्नु राज्यको जिम्मेवारी हो, यो विषयले आजको बैठकमा औपचारिक प्रवेश पाएको छ, त्यस विषयमा प्रधानमन्त्रीले नकारात्मक धारणा राख्नु भएको छैन, छलफल गर्न तयार रहेको बताउनुभएको छ"- नेता महतले भने।
समितिका अर्का सदस्य जितेन्द्र देवले अवकाशमा जाने लडाकूलाई दिने रकम, प्रक्रिया र विधिका बारेमा आज छलफल भएको र त्यसबारे आवश्यक निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिइएको बताए।
विशेष समितिका प्रवक्ता एवम् सरकारका मुख्य सचिव लीलामणी पौडेलले बैठकका निर्णय सुनाउँदै समितिका सबै सदस्यले समायोजन तालिका र शिविरको भौतिक सम्पत्तिको विवरण लिने निर्णय भएको बताए। रासस

भारतमा पहिरोमा पुरिएर सात नेपालीको मृत्यु

१८ भदौ, काठमाण्डौं । भारतको उत्तराखण्ड राज्यको पिथौरागढको दारमा गएको पहिरोमा पुरिएर सात जना नेपालीको मृत्यु भएको छ । दार्चुलासँग सीमा जोडिएको पिथौरागढको धारचुला तहसिल सडकखण्ड अन्तर्गतको बाटो खन्नेक्रममा आइतबार दिउँसो आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको दारचुला प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा बैतडीको विशालपुरका ४३ वर्षका मानध्वज कोली, ३५ बर्षका विष्णुराम भुल, ३२ बर्षका श्यामराम भुल, ४० बर्षका सन्तोषराम लोहार, ३० बर्षका रामीराम लोहार छन् । त्यस्तै बैतडीकै सर्माली गाविसका २५ बर्षका बीरेन्द्रराम सोनी र ४९ बर्षका झुपराम सोनीको पहिरोमा पुरिएको मृत्यु भएकोछ ।
सडकमा काम गरिरहेका ११ जना नेपाली कामदारमध्ये ७ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् । उनीहरुको भारतको धारचुलास्थित सामुदायिक स्वास्थ्य केन्दमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sunday, September 2, 2012

पेट्रोलिय पदार्थको मूल्य बढाउने तयारी, निगमको घाटा १ अर्ब १७ करोड

१७ भदौ, काठमाण्डौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले थोक क्रेता आयल निगमलाई सेप्टेम्बर १ मा पठाएको मूल्यसूचीले यो महिना निगमको घाटा १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि भएको भन्दै आईओसीले समायोजित नयाँ सूची पठाएको हो । यससँगै निगमले पनि बजार अनुसार मूल्य बढाउने तयारी गरेको छ ।
आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ पैसा, डिजेलमा १३.३९ तथा खाना पकाउनेग्यासमा प्रतिसिलिण्डर ४१२.२८ रुपैयाँ घाटा छ । स्वचालित मूल्य प्रणाली अपनाउन हो भने निगमले यसै अनुसार मूल्य बढाउनु पर्ने खबर कारोबार दैनिकले छापेको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य शनिबारप्रतिव्यारेल (१५९ लिटर) ११४.७४ अमेरिकी डलर पुगेको छ । यसले निगमको पनि घाटा बढेको छ ।

डीएसपीको मुक्काले ट्राफिक सडकमै ढले

१७ भदौ, काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद सिवाकोटीले मालढुंगा चेकपोष्टमा ड्युटीमा रहेका एक ट्राफिक प्रहरीलाई कुटपिट गरेका छन् । सिवाकोटीले जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङमा कार्यरत रही मालढुंगा चेकपोस्टमा ड्युटिमा रहेका ट्राफिक प्रहरीका विनोदकुमार यादबमाथि कुटपिट गरेका हुन् ।
शुक्रबार राती मादक पदार्थ सेवन गरेर आएका चालकले चलाएको मोटरसाइकल छोड्न दवाव दिएका सिवाकोटीले आफुले भनेको नमानेको भन्दै मुक्का हानेका थिए । उनको मुक्काले यादब सडकमै ढलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दैनेपाल समाचारपत्र दैनिकले खबर छापेको छ

Friday, August 31, 2012

भाइरल ज्वरोले ५ को मृत्यु, ३ सय बढी बिरामी

गोविन्द केसी, दैलेख, भदौ १५- भाइरल ज्वरोको प्रकोपले सुर्खेतसँग सीमा जोडिएको लालिकाँडा गाविसमा ५ जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा लालिकाँडा-५ का ५४ वर्षीय भक्तबहादुर विसी, ६१ वर्षीया जयसरा थापा, ५५ वर्षीया रामसिला नेपाली, १वर्षीय बालक राम थापा र वडा-७ का ६९ वर्षीय भीमबहादुर थापाको भाइरल ज्वरोका कारण मृत्यु भएको हो।
दुई हप्तादेखि फैलिएको भाइरल ज्वरोका कारण आधा दर्जन बढी गाविसमा बिरामीको संख्या ३ सय बढी भएका स्थानीयले जानकारी दिएका छन्। एक हप्तादेखि उनीहरु ज्वरोले थलिएकाले मुत्यु भएको गाविस सचिव कर्णबहादुर थापाले टेलिफोनमा नागरिकसँग भने। गाविसका १, ५, ६ र ७ वार्डमा २ सय बढी भाइरल ज्वरोका बिरामी भएको थापाले बताए।
छिमेकी गाविस पिलाडी, गोगनपानी, डाँडाँपराजुल, बराह र अवलपराजुलमा पनि भाइरल ज्वरोका बिरामी भएको जनाइएको छ। 'एक दिनमा ५० जनाभन्दा बढी बिरामीउपचार गराउन आउने गरेका छन्।' पिलाडीका सिअहेव लालबहादुर चौधरीले भने। जिल्लाबाट थप उपचारको लागि अहेव थिरप्रसाद रेग्मी र रणबहादुर चन्दको नेतृत्वमा औषधिसहित एक टोली प्रभावित क्षेत्रमाबिहिबार राति नै गएको जिल्ला स्वास्थ्य कार्यालय दैलेख जनाएको छ।
प्रभावित स्थलमा जिल्लाबाट गएको टोलीले शुक्रबार दिउँसो १, ५ र ७ वडामा तीन भागमा विभाजन भएर उपचार गरिरहेको गाविस सचिव थापाले जानकारी दिएका छन्। टोलीसँग भएको केही औषधि प्रभावित वडामा लगिए पनि बाँकी औषधि रातिमत्ता बजारमै रहेकाले वैकल्पिक गाडीको ब्यवस्था गरी शुक्रबारसाँझसम्म लगिने ब्यवस्था मिलाइएको गाविस सचिव थापाले बताए। बिरामीको अवस्थाबारे बुझ्न खोज्दाटोलीसँग सम्पर्क हुन सकेन्।
घरैपिच्छे बिरामी भएकाले भएकाले उपचारमा कठिनाईभएको जनाइएको छ। प्रभावित गाविसमा पुग्न सदरमुकामबाट पैदल १ दिन लाग्छ। भाइरलले २ जनाको मृत्यु भएको खबर आए पनि मृत्युको कारणबारे अनुसन्धानपछि मात्र थाहा हुने जिल्ला स्वास्थ्यकार्यालयलको जिकिर छ।
छिमेकी गाविसमा पनि भाइरलका बिरामी धेरै रहेको स्थानीयवासीले बताएका छन्। 'अन्य गाविसमा पनि बिरामी छन् तर, उपचार हुन सकेको छैन्' थापाले भने। जिल्लामा भाइरल ज्वरोले महामारी लिइरहेको अवस्थापमा निमित्त कार्यालय प्रमुख डा. खगेन्द्रजंग शाह जिल्ला बाहिर छन्।

बजार अनुगमनको कामभन्दा हल्ला बढी

१५ भदौ, काठमाडौं । चाडपर्व नजिक आउने बेला सरकारले हरेकवर्ष निकै हल्लीखल्ली र प्रचार सहित बजार अनुगमन गर्छ । यसवर्ष पनि यस्तै भैरहेको छ । बजारमा जथाभावी भाऊ बढेको गुनासो आएपछि प्रधानमन्त्रीले बजार अनुगमन तीव्र बनाएर मूल्यबृद्धि नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीको निर्देशन पाउने बित्तिकै सम्बन्धित निकाय निद्राबाट बिउँझे झैं जर्याकजुरुक उठे । अहिले हरेक दिनजसो बजार अनुगमन भैरहेको छ ।
‘हामीले हरेक दिन टोली खटाएर अनुगमन गरिरहेका छौं’ वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भन्नुभयो -’थोक बिक्रेताबाट नै मूल्य बढाएकोपाइएकाले अनुगमन त्यसतर्फ केन्दि्रत छ ।’ केही दिनदेखि नै भन्सार नाका र थोक गोदाममा अनुगमन बढाइएको विभागले दावीगरेको छ । तर बजारमा महंगी र कालोबजारी अझै घट्न नसकेको उपभोक्ताको गुनासो छ । ‘तत्काल प्रभाव देखिँदैन’ विभागका निर्देशक बिडारीले भन्नुभयो -’अब विस्तारै नियन्त्रणमा आउँछ, भाऊ बढ्दैन, मनपरी रुपमा बढाइएको फेला परे त्यस्ता खाद्यान्नको भाऊ घट्छ ।’
अब केही दिनमै खुद्रा मूल्य सूची पनि बनाएर उपभोक्तालाई सहज र सस्तो ढंगले बिक्री वितरण गर्ने योजना रहेको वाणिज्य विभागले बताएको छ । तर हरेक वर्ष यही सिजनमा बजार अनुगमनले तीव्रता पाउने र केही दिन हल्लाखल्ला गरेर फेरि चुप बस्ने प्रवृत्तिका कारण उपभोक्ताले राहत पाउन सकेका छैनन् । यसपटकको सरकारी पहलले पनि केही होला भनेर उपभोक्ताले पत्याउन सकेका छैनन् । तर विभागले अनुगमनको कामलाई निरन्तरता दिने दावी गरेको छ ।
थोक व्यापारी भागाभाग
उपभोक्ताको भान्सामा किराना र खुद्रा पसलबाट खाद्यान्न पुग्छ । खुद्रा पसलेले खाद्यान्न ल्याउने भनेको थोकव्यापारीकोबाट हो । थोक व्यापारीबाट किनेको भाऊमा केही नाफा लिएर खुद्रा व्यापारीले खाद्यवस्तु बेचबिखन गर्छन् । यस हिसाबले मूल्यबृद्धि हुने ठाउँ थोक व्यापारीको गोदाम हो भन्ने कुरा घामजस्तो छर्लंग छ । त्यसैले बाणिज्य विभागले थोकव्यापारीतर्फ आफ्नो अनुगमनलाई केन्दि्रत बनाएको छ । ‘थोकबाटै मूल्य बढ्ने भएकाले हाम्रो अनुगमन यसमै बढी केन्दि्रत छ’ विभागका महानिर्देशक बिडारीले भन्नुभयो ।
चाडपर्व नजिकिरहँदा मौकामा चौका हान्ने दाउले थोक व्यापारीले अहिले चामल, चिनी लगायतका खाद्यान्न लुकाएर राख्ने गरेका छन् । उनीहरु आफैंले मनलाग्दी रुपमा खाद्यान्नको भाऊ बढाउने गरेको अनुगमनबाट पनि खुलेको छ । नेशनल ट्रेडिङका अनुसार थोक विक्रेतासँग अहिले २० हजार मेटि्रक टन चिनी मौज्दात छ । यस्तै ३ लाख मेटि्रकटनभन्दा बढी चामल मौज्दात रहेको खाद्य संस्थानको भनाई छ ।
धेरै खाद्यान्न लुकाएर जथाभावी भाउ बढाउन थालेपछि वाणिज्य विभागले पसलहरुमा छापा मार्न थालेको छ । छापा मार्ने क्रम बढेपछि थोक व्यापारीको भागाभाग हुने गरेको विभागले जनाएको छ ।
विभागले दोषीलाई कार्वाही गरेरै छाड्ने बताएको छ । तर मनलाग्दी भाऊ बढाएकै कारण कार्वाही गरिएको घटना चाहिं निकै कम छ । पहिलेजस्तै अहिलेको अनुगमन पनि कामभन्दाहल्ला मात्रै बढी भएको प्रष्ट देखिन्छ ।