Some nepali funny jokes


काठमाडौंबाट विराटनगर तर्फगइरहेको बसको कण्डक्टरले भन्यो -
कण्डक्टर - ए दाई, तपाईको टिकट पाउँत -
हुलाकी - (हुलाकको टिकट दिंदै) ल लिनुस् टिकट।
कण्डक्टर - (हुलाकीलाई हर्दै) यो त हुलाकको टिकट पो त। बसको टिकट खै नि
हुलाकी - (झोक्किदै) यो टिकटले चिठ्ठी चाँहि नेपालभरी पुग्न सक्छ
तर म चाहि किन विराटनगरसम्म पुग्ननसक्ने -
****************************************
रमेश कक्षा कोठामा जतिखेर पनि हाँसिरहेको देखेपछि शिक्षकले सोधेछन् :
शिक्षक : रमेश, तिमी किन हाँसिरहेको -
रमेश : म यस्तै छु, सर ।
शिक्षक : त्यसो भए तिमी २४ घण्टा यस्तै हौ -
रमेश : हैन सर सुत्दाखेरी त हाँस्दिन ।
****************************************
दुई जना विवाहिता महिला आफ्नो श्रीमान्को बारेमा कुरा गर्दैः
पहिला: मेरो श्रीमान् साह्रै दयालु हुनुहुन्छ।
कसैले कसी काटेको देखेमा अत्यन्त दुःखी हुनुहुन्छ।
दोस्रो: मेरो श्रीमान् त झन् यति दयालु हुनुहुन्छ कि प्याज काट्दा पनि रुनुहुन्छ।
****************************************
पति: म केवल यो चाहन्छु कि यो घरमा खुशियाली रहेर बस्न सकूँ।
पत्नी: म पनि यही चाहन्छु नि त।
पति: तिमी पनि यही चाहन्छ्यौ भने तिमी माइती जाउ।
****************************************
विद्यालयमा कक्षा कोठामा पसेपछि शिक्षक कुर्चीमा बस्ना साथ घुरेर निदाए ।
दोस्रो घण्टी लागेपछि झल्याँस ब्यूझिएर विद्यार्थीहरुलाई भने -
थाहा पायौं कुम्भ कर्ण जसरी निदाउँथ्यो
****************************************
केटी : म त त्यस्तो केटासँग विवाह गर्छु जसले हिम्मतिलो काम गरेर देखाओस् ।
केटा : आजको यस्तो महंगो जमानामा पनि म विवाहको प्रस्ताव
लिएर तिमी कहाँ आउँदै छु । के यो हिम्मतको काम होइन र
****************************************
एक प्रहरीले अपराधीलाई सोधे : तिमीले त्यो सुन पसलबाट सुनको हारकिन चारेको -
चोरले जवाफ दियो । प्रहरी दाई त्यस सुन पसलवालाले व्यानरमा 'दिपावलीको
शुभ-अवसरमा फाइदाउठाउनु होस् भनेर लेखेको थियो ।
****************************************
सुवेदीजी बसपार्कमा कसैको प्रतीक्षामा उभिइरहेका थिए।
त्यही बेला उनको एउटा आवारा साथी आएर भन्छ -'ए सुवेदी सुन्न,
उ त्यो उताबाट आउँदै गरेकी युवतीलाई म सबैका सामुन्न अंगालो मार्न सक्छु ।
यदी सके भने तैले होटल रिजर्भ गर्नुपर्छ ।
सुवेदी : होटल त होइन, हस्पिटलको वेड ।
साथी : (अचम्म मान्दै) किन -
सुवेदी : 'उसको मुखमा एक मुक्का मार्दै' किनकि उनी मेरो श्रीमती हुन् ।
****************************************
एउटा माग्दै हिंड्ने केटा बैंकमा पुगेछ । त्यसैबेला बैँकको कर्मचारीले केटालाई भनेछ-
कर्मचारी : केटा आज पनि फेरि पैसा माग्न आइस् ।
हिजो मात्र तँलाई पैसा दिएको होइन त
केटा : सर, म आज आएको पैसा माग्न होइन, पैसा जम्मा गर्न आएको नि त
****************************************
(दुइ जना -राम र श्याम) रक्सी पिएर होटलमा गफ लडाउँदै थिए
राम : हाम्रो बा तेरो बा भन्दा पौडीराम्रोसँग जान्नुहुन्छ ।
श्याम : कसरी हाम्रो बा नै जान्नुहुन्छ ।
राम : (एकछिन सोचेर) हाम्रो वा त प्यासेफ ओसन र्डाईफ हानेर
एट्लान्टिक ओसनमा निक्लनुहुन्छ ।
श्याम : तेरो बा को के कुरा गर्छस् - हाम्रो बाको कुरा गर्न ।
हाम्रो बा झन ट्याड्ढीमा डाइफ हानेर धाराको टुटीबाट निस्कनुहुन्छ
****************************************
सर: गोविन्द तिमीलाई करेन्ट लाग्यो भने के गर्र्छौ -
गोविन्द: 'मेन स्वीच’ बन्द गर्दिन्छु सर
****************************************
छोरो: बुबा झ् तपाईं कहाँ जानु भएको -
बुबा: जागिर खान
छोरा: मलाई पनि कस्तो भोक लागेको छ । बुबा फेरि जागिर खान जाम न ।
****************************************
बाहुन: तपाई कुन जातको हुनुहुन्छ -
शिक्षक: म त सबै जातको मान्छे हुँ ।
बाहुन: (अचम्म मान्दै) कसरी
शिक्षक: पहिलो त म सबै जातको विद्यार्थीलाई पढाउँछु ।
त्यसैले शिक्षक हुँ दोस्रो विद्यालयमा आउनुभन्दा अगाडि सधैं जुत्तामा पालिस लगाउँछु,
त्यसैले सार्की हुँ तेस्रो म मेरोकपडा आफै सिलाउँछु,
त्यसैले म दमाई हुँ र, चौथो बिहान बेलुका सधैं नुहाउँछु, त्यसैले म बाहुन हुँ
****************************************
ग्राहक: साहुजी साबुन होला -
साहु: छैन भाइ
ग्राहक: चिनी छ होला -
साहु: त्यो पनि छैन
ग्राहक: चामल छ होला -
साहु: त्यो पनि छैन
ग्राहक: डेरी घ्यू होला -
साहु: अहँ झ् त्यो त झन् छँदै छैन
ग्राहक: त्यसो भए ताला त छ होला नि -
साहु: त्यो त छ
ग्राहक: त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस।
****************************************
तीन जनाले गफ लगाएछन् आ-आफ्नो माको बारेमा
पहिलो: यार मेरो आमाको कपाल यति लामो छ कि कपाल कोर्न २/३ घण्टा नै लाग्छ ।
दोस्रो: मेरो आमाको त झन् लामो कपाल भएर होला ९-१० घण्टा लाग्छ यार ।
तेस्रो: हरे शिव झ् मेरो आमाको त झनफेदबाट लिखा
थुतेर माथिसम्म ल्याइपुर्याउँदात जुम्रा नै बन्छ ।
****************************************
तिहारको बेला थियो । राम र मोहन तास खेल्दै थिए ।
रामले टीका लगाएको थियो तर मोहनलेलगाएको थिएन ।
रामले मोहनलाई सोधेछ: राम तैंले किन टिका नलगाएको ।
मोहनले भनेछ: हाम्रो घरमा त सुत्केरी भएको ।
को नि - हाम्रो त भैंसी सुत्केरी भएको छ ।
****************************************
एउटा केटाले कम्मरमा कमेज बाँधेर हिडिरहेको थियो, त्यसैक्रममा -
पहिलो - दाइ तपाईंले नयाँ फेसन देखाउनुभएको हो -
दास्रो - भाइ मैले कुनै फेसन गरेको होइन -
पहिलो - (झोक्किदैं) किन त - हाम्रो टोलमा फेसन देखाउन
पाइदैन भन्ने थाहा छैन।
दोस्रो - हेर भाइ मैले फेसन गरेको होइन चिया पसलको कुर्चीमा
बस्दा काँटीमा गढेर पाइन्ट च्यातियो त्यै भएर।
****************************************
काठमाडौंबाट विराटनगर तर्फगइरहेको बसको कण्डक्टरले भन्यो -
कण्डक्टर - ए दाई, तपाईको टिकट पाउँत -
हुलाकी - (हुलाकको टिकट दिंदै) ल लिनुस् टिकट।
कण्डक्टर - (हुलाकीलाई हर्दै) यो त हुलाकको टिकट पो त।
बसको टिकट खै नि -
हुलाकी - (झोक्किदै) यो टिकटले चिठ्ठी चाँहि नेपालभरी पुग्न सक्छ तर
म चाहि किन विराटनगरसम्म पुग्न नसक्ने -
****************************************
एउटा व्यक्तिको खोकी निको भएन, डाक्टरले भने बमोजिम गर्दा पनि निको नभएकोले उ डाक्टर कहाँ पुगेछ।
विरामी : डाक्टर साव मेरो खोकी त झन् घट्दै घटेन नि
डाक्टर : चुरोट बिंडी खान छाडियौं -
विरामी : अँ डाक्टर साब त्यसै दिनदेखि चुरोट, विंडी छाडेर गाँजामात्र पिउँछु ।
****************************************
शिक्षक : आज राति आठ बजे चन्द्र ग्रहण हेर्न सकिन्छ । हेर्न नबिर्सनु।
विद्यार्थी : कुन च्यानलमा देख्न सकिन्छ सर -
हुलाक घरमा पिउनको नियुक्तिको लिखित परीक्षामा प्रश्न सोधिएको थियोः
पृथ्वीदेखि चन्द्रमाको दूरी कति छ -
परीक्षार्थीले लेख्यो : यति टाढाको रुटमा पत्र बाँड्न जानुपर्छ भने म यो नोकरी नै गर्दिनँ।
****************************************
डाक्टर : - विरामीलाई सल्लाह दिंदै तपाईं आफ्नो ब्लड प्रेसर सामान्य बनाउन
चाहनुहुन्छ भने तनावमा बस्दै नबस्नुस्।
विरामी : ठीक छ। यति त्यसो हो भने म आजै मेरी श्रीमतीलाई माइत पठाइदिन्छु।
****************************************
डाक्टर : बाबु तिमीलाई के भएको छ
बालक : मेरो पेट दुखेको छ।
डाक्टर : हिजो बेलुकी तिमीले के खाएका थियौ
बालक : आमाको थप्पड खाएको थिएँ।
****************************************
एक दिन दुइ जना गफाडीबीच गफ चलिरहेको थियो । त्यसैबेला एउटा कुकुर आएर आफ्नो पछाडिको
खुट्टा उचालेर पिसाव गरिदिए छ।
त्यो दृश्य देखेर पहिलो गफाडीले भने छ : हैन यार त्यो कुकुरले किन खुट्टा उचालेर पिसाब फेरेको होला -
दोस्रो गफाडीले भन्यो : किन हुनु नि !
अहिले फेसनको जमाना छ त्यसैले उसले पनि आफ्नो अंग प्रदर्शन गरेको होला नि । ****************************************
भीषण पानी परिरहेकोले घरको छतबाट पानीको धारा एक तमास झरिरहेको थियो।
तल बस्ने साथीले माथि छतमा बस्ने साथीलाई सोध्यो -
ए रामु म पनि माथि आउन चाहन्छु
कसरी आउने - माथि बस्ने साथीले भन्यो त्यति पनि तँलाई थाहा छैन,
त्यही पानीको धारालाई समातेर आइज न । ****************************************
एक जना महिलाले एक जना भिखारीसँग रिसाउँदै भनी- 'तिमी हट्टाकट्टा छौं,
मेहनत मजदुरी किन गर्दैनौं, भीख माग्नु लाज लाग्दैन तिमीलाई -
भिखारीले भन्यो -'तपाईं पनि यति राम्री हुनुहुन्छ फिल्मको हिरोइन जस्ती पर्दामा आउनुको
सट्टा घरमै बसेर किन काम गरिरहनुभाको -
महिला खुसी हुँदै भनिन्- पर्ख म तिमीलाई केही खानेकुरा ल्याइदिन्छु । ****************************************
वनारसको साँघुरो गल्लीमा दुइ जना मुख पण्डितहरुको जम्का भेट भएछ।
एक अर्कोलाई मुख बनाउने क्रममा बाटोको बीचमा बसेर बाटो छेक्दै भनेछ, -
' मैले कहिल्यै पनि मुखलाई बाटो छोड्ने गरेको छैन ।’
अर्कोले छेउबाट बाटो काट्दै भनेछ,-' मैले त मुखलाई अलिकति बाटो छोड्ने गरेको छु।’ ****************************************
मिस्टर रोशन आफ्नो साथी डा. यादवको घर पुग्दा यादव आफ्नो टाउको समातेर बसिरहेका थिए।
मि. रोशन : के भयो यार तिमीलाई -
डा. यादव : हेन न बिहानदेखि टाउको दुखिरहेछ, जचाउन नगई नहोला जस्तो छ ।
मि. रोशन : तिमी आफू यत्रो ठूलो डाक्टर भैकन के कुरा गर्दछौं -
डा. यादव : भएर के गर्नु यार, मेरो फिस पनि त उत्तिकै महंगो छ नि ****************************************
एक प्रहरीले अपराधीलाई सोधे : तिमीले त्यो सुन पसलबाट सुनको हारकिन चारेको
- चोरले जवाफ दियो ।
प्रहरी दाई त्यस सुन पसलवालाले व्यानरमा
'दिपावलीको शुभ-अवसरमा फाइदा उठाउनु होस्’ भनेर लेखेको थियो ।
आज बिहान कस्को पो अनुहार देखेर उठेको थिएँ । आज दिनै राम्रो भएन पतिले भन्यो ।
पत्नीले भनी : मैले भन्या, त्यो सुत्ने कोठामा भएको ऐना निकालिदिनु नत्र भने
जहिले पनि तपाईंको यही गुनासो हुन्छ। ****************************************
एउटा मानिसले उखु खाँदै उखुको बोक्रा फ्याँक्दै थियो । त्यो बोक्रा अर्को मानिसले चुस्दै थियो ।
त्यो देखेर पहिलो मानिसले भनेछ : अर्काले खाएर फ्याँकेको बोक्रा चुस्न तँलाई लाज लाग्दैन ।
अर्को मानिस : लाज त तपाईंलाई लाग्नुपर्ने हो, यो बोक्रामा अलिकति रस त राख्नुपर्ने ।
****************************************
आमाः छोरा, त्यस्तो काम कहिल्यै नगर्नु, जसले गर्दा अरुको गाली खान नपरोस्।
बालक : त्यसो भए आज म स्कुल जान्नँ।
आमा : किन नजाने स्कुल -
बालक : त्यहाँ सरको गाली खानुपर्छ।
एक युवकले आफ्नो बाबुसँग ठट्टा गर्दै सोध्यो : बुबा हजुरलाई थाहा छ सैतानको उमेर कति हुन्छ -
बाबु : आफ्नो परिवारको रिकर्ड त तिमी आफै राखे राम्रो नि।
****************************************
एक जना माग्नेसँग अर्को माग्नेले पैसा मागेछ :
पहिलो : हैन के हा दाई माग्नेले माग्नेसँग पैसा मागेको रेकर्ड छ रमसँग पैसा मागेको -
दोश्रो : अब सुरुआत गर्नुपर्यो नि ।
पहिलो : किन सुरु गर्ने -
दोश्रो : हेरन एकले अर्कोलाई नपछारी त्यो एक कहिले उँभो लाग्दैन ।
देख्दैनौं देशमा पछार्नेको होटबाजी चलेको । ****************************************
एउटा धनी मान्छे एउटा केटीसँग विवाह गर्न चाहन्थ्यो । केटाले केटीको बुबासँग भन्यो कि तपाईंले
तपाईंको छोरीलाई मसँग विवाह गर्दिनु भयो भने म तपाईंको छोरीकोतौल बराबर सुन दिन्छु ।
केटीको बुबा : मलाई केही समय दिनु न-
केटाले भन्यो : सोच्नको लागि ।
केटीको बुबाले भन्यो : हैन, मेरो छोरीको तौल बढाउन । ****************************************
रमेश कक्षा कोठामा जतिखेर पनि हाँसिरहेको देखेपछि शिक्षकले सोधेछन् :
शिक्षक : रमेश, तिमी किन हाँसिरहेको -
रमेश : म यस्तै छु, सर ।
शिक्षक :त्यसो भए तिमी २४ घण्टा यस्तै हौ -
रमेश : हैन सर सुत्दाखेरी त हाँस्दिन ।
****************************************
हरिले महेशलाई केही कुरा भन्दै थिए - हैन, तपाईं यहाँ किन भुल्नु हुन्छ ।
घरमा तपाईंलाई तपाईंकी श्रीमतीले औला भाँचि पर्खिरहेकी छिन् । यो कुरा सुनेर महेश कतै हिड्न खोजे ।
हरिले फेरि सोध्यो: हैन कता जाने हो - आत्तिदै महेशले भने - अस्पताल नि ।
हरि छक्क पर्दै बिनासित्तै अस्पताल किन जाने - महेशले भन्यो अघि भर्खरै भन्या हैं मेरी श्रीमतीले हातमा
औला भाँचेकी छे भनेर । त्यसैले अस्पताल जान लागेको नि डाक्टर लिन
****************************************
रातको समयमा एक जना यात्रु मोटरसाइकल लिएर आफ्नो घरमा जाँदै रहेछ । पुलिस : ए भाइ, किन वाइकको लाइट नबालेको -
यात्रु : देख्नु भएको छैन - बाटो छेउछाउ यति धेरै बत्ति बलिरहेको छ।
पुलिस :(वाइकको दुवै टायरको हावा फालिदिदै) जाउ भाइ अब जान सक्छौं -
यात्रु : दुइवटै टायरको हावा फालिदिनुभयो कसरी जाने -
पुलिस : थाहा छैन पृथ्वीभरी हावा नै हावा छ नि ।
****************************************
क्याम्पस चलिरहेको थियो । व्याकरण पढाउने सरले एक स्टुडेण्टलाई सोध्नुभयो - पुरुष कति प्रकारका हुन्छन् । सरुले जवाफ दिइन् : दुई प्रकारका हुन्छन् सर । सर छक्क पर्दै कसरी र कुन-कुन हुन् ?-सरु-:एक विवाहित र अर्को परपुरुष सर ।
****************************************
एउटा व्यक्तिको खोकी निको भएन, डाक्टरले भने बमोजिम गर्दा पनि निको नभएकोले उ डाक्टर कहाँ पुगेछ।
विरामी : डाक्टर साव मेरो खोकी त झन् घट्दै घटेन नि
डाक्टर : चुरोट बिंडी खान छाडियौं -
विरामी : अँ डाक्टर साब त्यसै दिनदेखि चुरोट, विंडी छाडेर गाँजामात्र पिउँछु ।
****************************************
नेता : म यो देशको लागि आफ्नो ज्यानदिन पनि तयार छु ।
एउटा व्यक्तिले भन्यो : तपाईं महंगीको बारेमा किन विरोध गर्नुहुन्न -
नेता : मलाई लडाइँ गर्न एकदम डर लाग्छ ।
****************************************
कुनै स्वामीजी : पत्नी आफ्नो इशारामा चलाउने एउटा उपाय बताइदिनु न !
साधु : यदि यसको उपाय भए म यहाँ साधु भएर बस्थे ।
****************************************
एउटा बच्चाको घरको नजिकै ठूलो पार्क थियो । त्यहाँ एकदम राम्रो फुल फुलेको थियो।
त्यो बच्चा त्यो फुल टिप्न गयो र जाँदा बीचमा अड्कियो र त्यहाँ सूचना टाँसको थियो र त्यहाँ लेखेको थियो -
यहाँ फुल टिप्न मनाहि छ, त्यो बच्चा त्यो देखेर अड्कियो र सोच्यो त्यो देखेर एक दिन पछि गएर
बच्चाले गमला उठाएर हिड्दै थियो ।यो देखेर त्यहाँको मान्छेले भन्यो : त्यो लान पाइदैन किन ।
किन फुल पो चुडाउनु पाइदैन त गमला लग्न त पाइहाल्छ नि ।
****************************************
मिस्टर रोशन आफ्नो साथी डा: यादवको घर पुग्दा यादव आफ्नो टाउको समातेर बसिरहेका थिए।
मि: रोशन के भयो यार तिमीलाई -
डा: यादव हेर न बिहानदेखि टाउको दुखिरहेछ, जचाउन नगई नहोला जस्तो छ ।
मि: रोशन तिमी आफू यत्रो ठूलो डाक्टर भैकन के कुरा गर्दछौं -
डा: यादव भएर के गर्नु यार, मेरो फिस पनि त उत्तिकै महंगो छ नि
****************************************
रामवीरे : यार ! म विहे गर्न यस कारणले डराउँछु कि मलाई स्त्रीसितमात्र डर लाग्छ
धनवीरे : तब त तिमीले तुरुन्तै विवाह गर्नुपर्छ। कमसेकम विवाहपछि एउटै स्त्रीसितमात्र डराउनेछौ।
कसैले एक साधुलाई सोध्यो : स्वामीजी पत्नीलाई आफ्नो वसमा पार्नलाई के गर्नुपर्छ - कुनै उपाय बताइदिनुहुन्थ्यो कि ।
स्वामी : बच्चा यदि कुनै उपाय मैले जानेको भए किन साधु हुने थिएँ । ****************************************
विवाहित: हेर, अब हामीले दाइजो विरोधी आन्दोलन चलाउनुपर्छ।
अविवाहित: म पनि यही चाहन्छु तर अब दुई वर्षपछि गरौंला नि।
****************************************
शिक्षक: बहिनी, के म तिम्रो हात समाउन सक्छु?
विद्यार्थी: (लजाउँदै) सर, यसको लागि त पहिले मेरो बाबा-आमासँग कुरा गर्नुपर्छ। अनि मात्र...