Friday, September 7, 2012

कुबेत जाने कामदारको तलब बढ्यो

२२ भदौ, काठमाण्डौं । सरकारले कुबेतमा काम गर्न जाने घरेलु महिला कामदार(हाउसमेड) को तलब बृद्धि गरेको छ । त्यहाँ जाने कामदारमा हाउसमेडको संख्या बढी रहेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको तलब न्यूनतम ५० कुबेती डिनर (केडी) बाट ६० केडी (करिव १९ हजार रुपैयाँ) बनाईएको हो । ‘मन्त्रालयबाट पास भयो, राजपत्रमा आउन बाँकी छ,’ मन्त्रालयका प्रबक्ता बुद्धिबहादुर खड्काले भने, ‘खाडीका अरु देशको तलब बृद्धिबारे पनि छलफल हुँदैछ ।’ कुबेत स्थित नेपाली दूतावासले पनि एक महिनाअघि नै हाउसमेडका लागि ६० केडी तलब अनिवार्य गरिसकेको छ । न्यूनतम तलब ६० केडी र उमेर ३० बर्ष नपुगे माग प्रमाणीकरण नहुने खबर कान्तिपुर दैनिकमा छ ।
कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कम्पनीमा काम गर्न आउने अरु कामदारको पनि न्यूनतम पारिश्रमिक बढाउने विषयमा पहल जारी रहेको जानकारी दिएका छन् ।

No comments:

Post a Comment