Friday, September 7, 2012

जग्गा धितो राखेर चिनी आयात गरिने !

२२ भदौ, काठमाण्डौं । नेसनल ट्रेडिङले २५ रोपनी जग्गा धितो राखेर चिनी आयात गर्ने भएको छ । चिनी आयातका लागि ८० प्रतिशत रकम बैंकमार्फत ऋण पाउँदासमेत २० प्रतिशत रकमको व्यवस्था गर्न नसकेपछि नेसनल ट्रेडिङले काठमाण्डौंमा रहेको जग्गा धितो राखी चिनी आयात गर्ने तयारी गरेको हो ।
नेसनल ट्रेडिङले भारतको डाल्मिया कम्पनीबाट पाँच हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । संस्थानकी महाप्रबन्धक प्रमिलाकुमारीयादबका अनुसार चिनी आयात गर्न करिब ३६ करोड रुपैयाँ आवश्यक छ । चिनी आयातका लागि एभरेस्ट बैंकले आयात गरिने सम्पूर्ण चिनी धितो राखी ८० प्रतिशत रकम ऋण उपलब्ध गराउन सहमत भए पनि २० प्रतिशत रकम नगद वा सरकारको ग्यारेन्टी खोजेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । यही सर्त पुरा गर्न नसक्दा डेढ महिनादेखि चिनी आयात प्रक्रिया अवरुद्ध भएको थियो ।

No comments:

Post a Comment