Thursday, September 6, 2012

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा आफ्नै अनुहार बल्यो (फोटो फिचरसहित)

२१ भदौ, काठमाडौं । इन्धनको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला जनाउन खोज्दा आन्दोलनरत विद्यार्थीको अनुहार जलेको छ ।
बिहीबार विहान घण्टाघर नजिकै विद्यार्थीहरुको एउटा समूह भेला भएर पुत्ला लजाउन खोजेका थिए । प्रहरीले पुत्ला खोस्ने डरले सानो घेरा बनाएर प्रधानमन्त्रीको पुत्लाकम पेट्रोल छर्कन खोज्दा सागर धितालको अनुहारमा पनि पर्‍यो तर, सलाई कोर्नेले थाहा पाएनन् । उनले पुत्तामा के आगो लगाएथिए, सागरको अनुहारमा पनि सल्किहाल्यो ।
अनुहारमा आगो लागेपछि साथीहरुले निभाउन खोजे तर, सकेनन् । दौडिएर नजिकैको फलफुल पसलमा पुगेका उनको मुखमा पसलेले पानी हाले र बल्ल आगो निभ्यो । त्यतिन्जेल उनको अनुहार डढिसकेको थियो । प्रधानमन्त्रीको पुत्ला जदाउँछु भन्दा साथीको अनुहार नै डढेपछि सहकर्मीहरूले मोटरसाइकलमा राखेर उनलाइर् तत्काल अस्पताल लगे ।
पुत्लामा बलेको आगोले अर्का दुई विद्यार्थीलाई पनि अलिकति भेट्टाएको छ । उनीहरूलाइआगोले घाउ नै लाग्ने गरी पोलेको भने छैन ।
http://onlinekhabar.com/2012/09/198803.html

No comments:

Post a Comment