Monday, September 3, 2012

भारतमा पहिरोमा पुरिएर सात नेपालीको मृत्यु

१८ भदौ, काठमाण्डौं । भारतको उत्तराखण्ड राज्यको पिथौरागढको दारमा गएको पहिरोमा पुरिएर सात जना नेपालीको मृत्यु भएको छ । दार्चुलासँग सीमा जोडिएको पिथौरागढको धारचुला तहसिल सडकखण्ड अन्तर्गतको बाटो खन्नेक्रममा आइतबार दिउँसो आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको दारचुला प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा बैतडीको विशालपुरका ४३ वर्षका मानध्वज कोली, ३५ बर्षका विष्णुराम भुल, ३२ बर्षका श्यामराम भुल, ४० बर्षका सन्तोषराम लोहार, ३० बर्षका रामीराम लोहार छन् । त्यस्तै बैतडीकै सर्माली गाविसका २५ बर्षका बीरेन्द्रराम सोनी र ४९ बर्षका झुपराम सोनीको पहिरोमा पुरिएको मृत्यु भएकोछ ।
सडकमा काम गरिरहेका ११ जना नेपाली कामदारमध्ये ७ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् । उनीहरुको भारतको धारचुलास्थित सामुदायिक स्वास्थ्य केन्दमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment