Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Monday, June 30, 2014

इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्धार गर्न एनआरएनको माग


इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्धार गर्न एनआरएनको माग असार, काठमाडौँ । गैरआवासिय नेपाली संघ (एनआरएन)ले इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ । एनआरएनका तर्फवाट अध्यक्ष शेष घलेले सोमवार विज्ञप्ति जारी गरी इराकमा भड्केको हिंसा तथा त्यसवाट भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्दै हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार सरकार तथा अन्तर्राष्ट्रिय समुदायहरुसंग अपिल गरेका हुन् । ‘हिसांवाट पीडित नेपालीहरुलाई धैर्यधारण गरी उच्च मनोवलका साथ यस विषम परिस्थितिको सामना गर्ने आत्मावल श्री परमेश्वरले प्रदान गरुन् भनी कामना गर्दछ , विज्ञप्तिमा भनिएको छ । ’ घलेले इराकमा विकसित घटनाक्रम र त्यहाँ कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न सकिन्छ भन्नेबारे अनुगमन गरी आवश्यक रणनीति वनाउन नेपाल सरकारलाई अनुरोध गरेका छन् । उद्धार कार्ययनेजनामा एनआरएन नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग हातेमालो र सहकार्य गर्न तयार रहेको समेत उनले जानकारी गराएका छन् । via onlinekhabar.com

Saturday, June 28, 2014

५४ नेपाली कम्बोडियामा अलपत्र, नेपालीले नै बोलाएर लुट्छन्

काठमाडौं, असार १४ - क्यानाडा लैजाने भन्दै कम्बोडिया बोलाएर बन्धक बनाई ५४ नेपालीबाट जबर्जस्ती रकम असुलिँदै गरेको पाइएको छ । क्यानाडा पुगेपछि मात्र पैसा दिनुपर्ने सर्तमा थाइल्यान्ड हुँदै कम्बोडिया बोलाइएकालाई त्यहाँ रहेका नेपालीले पैसा लिने गरेको प्रहरीले जनाएको छ । तिनीहरूबाट प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म उठाउने गरिएको छ ।त्यति गरेपछि भियतनाम र लाओसका सिमामा पुर्याएर अलपत्र पार्ने गरेका छन् । नेपालीहरू बिचल्लीमा रहेको खबर पाएपछि इन्टरपोलमार्फत कम्बोडियाको प्रहरीलाई पत्राचार गरिएको प्रहरी प्रवक्ता गणेश केसीले जनाए । 'कुनै पनिमुलुकमा जान निश्चित प्रक्रिया पूरा गरेपछि मात्र पाइन्छ,' उनले भने, 'नेपालबाट नभई दोस्रो वा तेस्रो मुलुक लगेर कसैले भिसा दिन्छु भन्छ भने त्यो ठगी हो ।'कम्बोडिया पुगेर क्यानाडा नपठाउने सुइँको पाएपछि उम्किएर आएका नेपालीले त्यो गिरोहलाई पक्राउ गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । परराष्ट्रले थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै त्यहीं रहेको कम्बोडियन दूतावाससँग सहकार्य गर्न निर्देशन दिएको थियो ।प्रहरीलाई प्राप्त सूचनाअनुसार यो क्रम ७ महिनादेखि चलिरहेको छ । त्यसका लागि 'हाम्रो बजार डट कम' मा क्यानाडा जाने अवसर भन्दै विज्ञापन छापिएको थियो । त्यहीमार्फत उनीहरू सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार एक महिनायता थप २२ नेपालीलाई कम्बोडियादेखि क्यानाडा लैजाने भन्दै उडाउने प्रयास भइरहेको छ ।प्रहरीको सम्पर्कमा आएका सिद्धार्थ महत र रत्नाकान्छी गुरुङले हाम्रो बजार डट कम हेरेर सुबोध घिमिरेसँग सम्पर्क गरेका थिए । सुबोधले नेपालबाट भन्दा सिंगापुरबाट क्यानाडाको भिसा पाउन सहज हुने भन्दै उनीहरूलाई त्यहाँडाकेका थिए । सिंगापुरमा २/३ दिन बसेपछि क्यानाडा उडिने बताएका थिए ।प्रकाशित मिति:२०७१ असार १४ १२:१४ via ekantipur.com

पूर्वराजाबाट खर्च लिएर राजतन्त्रको वकालत, ज्ञानेन्द्रवाट २ करोड लिएको खुलासा


0 0 १४ असार, काठमाडौँ । हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ । राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन् । उनीहरुले पूर्वराजासहित चुनावमा चन्दा दिने १६ जनाको नाम समेत पर्चामार्फत सार्वजनिक गरेका छन् । पर्चामा जनाइएअनुसार अध्यक्ष थापाले पूर्वराजा शाहबाट १ करोड ९५ लाख रुपैयाँ खर्च लिएको उल्लेख छ । आजको राजधानी दैनिकले समाचार छापेको छ । संविधानसभा चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १० करोड चुनाव खर्च मागेकोमा करिव २ करोड मात्रै आएपछि पूर्वराजासँग अध्यक्ष थापा असन्तुष्ट बनेका छन् । सोही कारण गत महिना सम्पन्न महाधिवेशनमा विधानबाट राजतन्त्र हटाउने बिषयमा छलफल गराइ ज्ञानेन्द्रलाई मागेजति रकम पठाउन सन्देश दिन खोजेको असन्तुष्ट नेताहरुको बुझाइ रहेको छ । महाधिवेशनको बन्दसत्रमा पार्टी लविधानमा संवैधानिक राजतन्त्र नराखी हिन्दू राज्य स्थापनाका लागि आन्दोलन जारी राख्ने अध्यक्ष थापाले अभिव्यक्ति दिएपछि त्यसको राजतन्त्रका समर्थकहरुले आलोचना गरेका थिए । त्यसपछि बाध्य भएर राप्रपा नेपाल संवैधानिक राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि क्रियाशिल रहने राजनीतिक लाइनमा अडिग रहन पुगेको थियो । असन्तुष्ट नेताहरुले प्रकाशित गरेको पर्चामा व्यापारी राजकुमार अग्रवालबाट डेढ करोड, श्याम टिवडेवालबाट डेढ करोड, लीलादेवी श्रेष्ठबाट १ करोड ३५ लाख रुपैयाँ , दिलविकास राजभण्डारीबाट १ करोड ४५ लाख रुपैयाँ चुनाव खर्च लिइएको उल्लेख छ । via onlinekhabar.com

Friday, June 27, 2014

इराक हिंसामा पर्नेको पीडा ¶'गोली बर्सिरहन्छ, धन्न बाँचिरहेछौं’

दोहा (कतार), असार १३ - रुकुमका धनबहादुरविक यतिखेर इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिट सहरमा बन्धकको हैसियतमा छन् । जुन८ देखि घर भित्रको भित्रै छन् । कोठामा उनीसहित कास्कीका सन्तोष लामिछाने, ओखलढुंगाका अजित तामाङ र चितवनका प्रकाश विश्वकर्मा पनि छन् ।सबैको हालत उस्तै छ । कोठामा खानेकुरा सिद्धिँदै गइरहेको छ । किन्नका लागि बाहिर जाने अवस्था छैन । 'होटल बन्द हुनुअघि ल्याइएको पिठो खाइरहेका छौं,' धनकुमारले भने, 'त्यो पनि सिद्धिँदै गइरहेको छ ।' जुन ८ मा सलामदिनस्थित सद्दाम हुसेन मस्जिद नजिकै रेन्टुरेन्टमा उनीहरू काम गरिरहेका बेला एक्कासि गोली-वषर्ा भयो । उनका इराकी मालिक होटल बन्द गरी हिँडे । उनीहरू पनि कोठामा आएर बसे । 'रातभर गोली हानाहान भयो,' उनले भने, 'कसैसँग फोन सम्पर्क गर्ने अवस्था थिएन । इराकमा अरू नेपालीसँग सम्पर्क पनि थिएन ।' स्थिति असामान्य बन्दै गयो । प्रहरी बसेका पोस्टहरूमा विद्रोहीले कब्जा जमाए । सबै सेना र प्रहरी भागे ।विद्रोहीले सहर कब्जा गरेलगत्तै धेरै इराकी घरबार छाडेर भागे । उनका मालिक पनि परिवार लिएर अर्को सहर सुलेमानियातिर लागे । उनीहरूले चलाउने 'कोराक' मोबाइलको सेवा बन्द भयो । परिवारसँग सम्पर्क टुट्यो । आफूहरू संकटमा परेको खबर कतै दिन पाएनन्, उनीहरूले ।होटलमा काम गर्ने एक इराकीले 'इत्तिसलत' मोबाइल कम्पनीको सिम दिएपछि मात्रै आफूहरू द्वन्द्वमा फसेको सूचना उनीहरूले बाहिर दिन पाएका हुन् । तीन साता बित्दा पनि टिक्रिटबाट बाहिर निस्कन सक्ने अवस्थामा उनीहरू छैनन् । 'जतिखेरै गोलाबारुद बर्सिन्छ,' धनबहादुरले भने, 'रातभर गोली पडकइरहेकाले सुत्न सकिने स्थिति छैन । दिउँसो एकदुई घन्टा सुनसान भएका बेला सुत्ने हो ।'उनले भने, 'कतिखेर के हुन्छ थाहा छैन । मरिने हो कि बाँचिनेहो ? यता आफूहरूको यो हालत, उता परिवारबाट आउने रुवाबासीको फोन । धन्न जीवनले थेग्न सकेको छ ।'बेलाबेला साथीभाइ, परिवारबाट आउने सुखद खबरले भने केही आस जाग्ने उनले बताए । 'हामीलाई कस्तो छ भनेर घरी पाकिस्तानबाट सोधखोज हुन्छ, घरी कुबेत र इराकबाटै फोन आउँछ ।' उनले भने, 'यस्ले पनि केही राहत मिल्छ ।'सडक छेउकै घरमा उनीहरू छन् । विद्रोहीको गाडी त्यही सडकबाट दैडिरहेको हुन्छ । बिजुली छैन । पानीको आपूर्ति छैन । 'ट्वाइलेटकै पानी पिइरहेका छौं,' उनले भने, 'कहिलेकाहीं साथीहरू बिरामीहुन्छन् । औषधि उपचार गर्न सकिँदैन । त्योभन्दा पीडा के हुन्छ ?'उनीहरूजस्तै फसेका अरू तीन साथीहरू कानेपोखरी ९ मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक १३ झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर ९ काटोपबहादुर बस्नेतबाट पनि अवस्थाबारे सोधपुछ हुन्छ । 'उताबाट प्रेस दाइले फोन गर्नुहुन्छ,' उनले भने, 'नेपाल सरकारले उद्धारको प्रयास गरिरहेको सुनाउनुहुन्छ ।' गिरी समूहले १० मिनेट पैदल दूरीमा पर्ने टिक्रिट टिचिङ अस्पतालमा शरण लिएका छन् । 'हामी पनि त्यही समूहमा मिसिनेप्रयासमा छौं,' उनले भने ।प्रकाशित मिति:२०७१  असार १३ ०७:५० via ekantipur.com

Thursday, June 26, 2014

इराकबाट ४९ नेपालीले उद्धार मागे

काठमाडौं- द्वन्द्वग्रस्त इराकको दक्षिणी सहर बास्रास्थित एटिके कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ४९ नेपालीले आफूहरू 'असुरक्षित' भएको जनाउँदै यथाशिघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।असुरक्षाका कारण बजारबाट खानेकुरासमेत ल्याउन नसक्ने अवस्थारहेको जनाउँदै उनीहरूले नेपालमा सम्पर्क गरेर जतिसक्दो छिटोउद्धार गर्न भनेका हुन्। 'बास्रास्थित एकै कम्पनी कार्यरत ४९जना नेपाली कामदारले उद्धारको निम्ति पहल गरिदिन आग्रह गरेका छन्,' परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालले बुधबार नागरिकसँग भने, 'हामी निरन्तर उनीहरू र रोजगारदाता कम्पनीको सम्पर्कमा छौं, उद्धारका निम्ति पहल भइरहेको छ।'इराकको उत्तरी भागमा सरकारी र कट्टरपन्थी सुन्नी विद्रोही सेनाबीच सशस्त्र द्वन्द्व चर्किएपछि त्यहाँको सुरक्षा स्थिति नाजुक बन्दै गएको हो। यसबीच सरकारले इराकमा रहेका नेपालीसँग सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेपछि उनीहरूले खबर गरेका हुन्।'बजारबाट खानेकुरा पनि ल्याउन सकिँदैन, स्थिति नाजुक छ भन्दैबास्राबाट फोन गर्नुभएको थियो,' एटिके कम्पनीमा कार्यरत रोशनथापा क्षेत्रीका काठमाडौंमा रहेका ज्वाइँ नवीन कँडेलले बुधबार नागरिकसँग भने, 'उद्धारका लागि छिटो पहल गरिदिन भन्नुभएको छ।'उद्धारका निम्ति गुहार मागेका एटिके कम्पनीमा कार्यरत नेपालीहरू सँगसँगै त्यहाँ गएका होइनन्। कोही दुई वर्षअघि त कोही चार वर्षदेखि काम गर्दै आएका छन्। सुरुमा नियमित तलब पाए पनि पाँच–छ महिनायता अधिकांशलाई कम्पनीले तलबसमेत नदिएको उनीहरूले बताएका छन्।परराष्ट्रले उनीहरूलाई तलब दिलाउन र तत्काल स्वदेश फर्काउन रोजगारदाता कम्पनीसँग सम्पर्क गरिरहेको जनाएको छ। कम्पनीले पनि एक साताभित्र सबै नेपालीलाई स्वदेश पठाइदिने बाचा गरिसकेको छ।सरकारले इराकमा रहेका नेपालीको उद्धारमा सहयोग पुगोस् भनी सञ्चालनमा ल्याएको निःशुल्क टेलिफोन नम्बर र इमेल ठेगानमा सम्पर्क गर्ने क्रम बढेको छ। हालसम्म तीन दर्जनभन्दा बढीले सम्पर्क गरेको प्रवक्ता धितालले बताए। उनका अनुसार सम्पर्क गर्ने अधिकांशले उद्धारका लागि आग्रह गरेका छन्। 'जो–जोसँगराहादनी छ र फर्कन चाहन्छन्, उनीहरूको तुरुन्त उद्धार गर्ने गृहकार्य भइरहेको छ,' उनले भने।केहीले पाकिस्तानस्थित नेपाली दूतावासमा पनि सम्पर्क गरेका छन्। 'कतिले स्वदेश फर्कन ट्राभल डकुमेन्ट छैन भनेका छन्। कतिले कम्पनी तथा मालिकलाई भन्दिनुपर्योन भनेका छन्,' इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनबाट भने। केही दिनअघि चार नेपालीसहित ४८ विदेशी कामदारलाई इराकी सुन्नी विद्रोही समूहले उत्तरी सहर टिक्रिटबाट अपहरण गरेका थिए। टिक्रिट सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारलाई बन्धक बनाइएको थियो। क्रिकुक र टिक्रिटबीचको चेक–प्वाइन्टमा उनीहरूलाई अपहरणकारीले हस्तान्तरण गरेका थिए। अपहरणमुक्त नेपाली कामदार अझै स्वदेश फर्कन सकेका छैनन्। सरकारले उनीहरूलाई स्वदेश ल्याउन आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग समन्वय गरिरहेको छ। आक्रमणमा परी भाग्न सफल अन्य तीनजनालाई समेत नेपाल फर्काउने प्रयास भइरहेको परराष्ट्रले जनायो। सुन्नी विद्रोहीले एक महिनाभित्र राजधानी बग्दाद समेत कब्जागर्ने जनाएपछि थप त्रासको माहौल छ। छिमेकी सिरियाले बुधबार इराकका केही भूभागमा लडाकु विमानबाट आक्रमण गर्दा ५७ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। via nagariknews.com

Saturday, September 22, 2012

काठमाण्डौंमा डकैती गर्ने जनशक्ति भारतको

काठमाण्डौंमा डकैती गर्ने जनशक्ति भारतको
काठमाण्डौं । काठमाण्डौंमा डकैती गर्न भारतबाट ‘दक्ष जनशक्ति’ ल्याउने गरेको भेटिएको छ । विभिन्न ठाउँको ‘स्केच’ तयार पारी डकैत गर्ने गिरोहका योजनाकारलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले भारतको विहार समस्तीगन्ज चकमेसी थाना चोकका विजय गुप्तालाई स्केचसहित बिहीबार डल्लुबाट पक्राउ गरेको छ । डकैती गर्न गुप्ताले भारतबाट नै मान्छे ल्याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुप्ताको साथबाट बौद्धस्थित निमा लामाको अन्नपूर्ण कार्पेटमा डकैत गर्न तयार पारेको ‘स्केच’ बरामद गरिएको छ । ‘स्केच’मा दीपक झा र अरुण झा भनी उल्लेख छ । त्यसको तल कार्पेटको ग्राउन्ड फ्लोरको सम्पूर्ण ‘स्केच’ उतारिएको छ । ‘स्केच’को एकातर्फ ‘इन्ट्रान्स’ लेखिएको छ भने अर्कोतर्फ ‘एक्जिट’ लेखिएको छ । प्रहरीका अनुसार ‘इन्ट्रान्स’ लेखिएको स्थानबाट डाका समूह कार्पेट उद्योगमा प्रवेश गर्ने र ‘एक्जिट’ लेखिएको ठाउँबाट डाँका गरेपछि सुरक्षितसाथ निस्कने भनिएको हो । त्यसको तल्लो पंक्तिमा रंगशाला, त्रिपुरेश्वर, थापाथली चोक, नर्भिक अस्पताल, प्रसूतिगृह देखिने गरी अर्को स्केच तयार गरिएको छ । ‘स्केच’बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
महाशाखाका डिएसपी हिमालयन श्रेष्ठका अनुसार डकैत गर्ने स्थानको छनोट गुप्ता आफँैले गर्ने र गोप्य तवरले ‘रेकी’ गरेको पाइएको छ । त्यसपछि मात्रै उनले त्यस ठाउँको ‘स्केच’ उतारी जनशक्ति छनोट गर्थे । सबै कार्य पूरा भएपछि हतियारसहित भारतबाटै डाका समूह झिकाउँथे उनले । उनीहरूलाई ‘स्केच’का आधारमा डकैत गर्ने स्थानबारे जानकारी गराउँथे । समय मिलाएर उनीहरू हतियारसहित डकैत गर्न तोकिएको स्थानमा पुग्थे । ‘यस्तै उपाय अपनाएर उनीहरूले काठमाण्डौंकाधेरै स्थानमा डकैती गरिसकेको पाइयो,’ डिएसपी श्रेष्ठले भने ।
३ साउनमा गुप्तासहितको समूहले गोगंबुस्थित धौलागिरि सुनचाँदी पसल सञ्चालक हेमबहादुर सेन्चुरीलाई लुट्न खोजेका थिए । सेन्चुरीले प्रतिकार गरेपछि उनीहरू गोली फायर गरी भागेका थिए । प्रहरीका अनुसार उक्त योजना सफल भए उनीहरू १५ दिनभित्र बौद्धस्थित लामाको कार्पेट उद्योगमा डकैत गर्ने योजनामा थिए । गुप्ताबाट बरामद ‘स्केच’ त्यहीबेला तयार गरेको पाइएको डिएसपी श्रेष्ठले बताए ।
उक्त समूहले काठमाडौंबाट मात्रै ७५ लाख रुपियाँ बराबरको धनमाल डकैत गरी भारत लगिसकेको प्रहरी अनुसन्धानले देखाएको सौर्य दैनिकमा खबर छ । प्रहरीका अनुसार गुप्ता समूहले २० असारमा सीतापाइला–२ स्थित राजेन्द्र श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गहना गरी १५ लाख रुपियाँबराबर डकैत गरेको थियो । गत १० माघमा टेकुस्थित प्रकाश अग्रवालको घरबाट पनि ४० लाख रुपियाँ र सुनका गहना डकैत गरेका थिए ।

Thursday, September 20, 2012

गाविसको काम सदरमुकामका होटलबाट

सदरमुकाम तम्घासमा गाउँ विकास समितिको कार्यालय स्थापना गरेर काम थालेपछि सर्वसाधारण मर्कामा परेका छन् । ७९ गाविसमध्ये ४५ गाविसका सचिवले सदरमुकामका होटलमा झोले कार्यालय स्थापना गरी गाविसका सम्पूर्ण काम गर्दै आएका छन् । शान्ति स्थापना भएको लामो समयसम्म पनि गाविस सचिव गाउँ नफर्किएपछि जनता सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपरेको छ । ‘सानो कामका लागि पनि सदरमुकाममै धाउनुपर्छ,’ पश्चिमी गाविस अग्लुङका चन्द्रबहादुर केसीले भने, ‘समयमै सचिवलाई नभेट्दा दुई–तीन दिनसम्म सदरमुकाममै बस्नुपर्छ ।’ जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट गाविस सचिवलाई भेट्नका लागि सदरमुकाम आउन एक दिनभन्दा बढी समय लाग्ने पूर्वजिविस सभापति भरतबहादुर चन्दले बताए । ‘महिला तथा वृद्धवृद्धाका लागि दुई दिनसम्म लाग्छ,’ चन्दले भने । जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सिफारिस, नाता प्रमाणितलगायतका सामान्य कामका लागि पनि सदरमुकाम आउनुपर्दा आफूहरू अत्यन्तै निराश भएको स्थानीय बासिन्दाको गुनासो छ ।‘संकटकालको समयदेखि स्थानीय निकाय भंगपछि गाविसका सबै काम गर्ने अधिकार सचिवको जिम्मामा छ,’ मुसिकोट गाविसका पूर्वअध्यक्ष खड्गबहादुर महतले भने, ‘अध्यक्ष एवं सचिवको जिम्मेवारी एकैपटक पाएपछि सचिवहरू मालामाल भएका छन् ।’ जिल्लाका करिब चार दर्जन गाविस सचिव गाउँ नफर्की सदरमुकाम बसेको गाविसका सहायक सचिवहरू बताउँछन् । सचिवले कामकाज सदरमुकामबाटै गरेपछि आफूहरूलाई काम गर्न समस्या भएको उनीहरूको गुनासो छ । संकटकालमा तत्कालीन विद्रोही माओवादीको धम्की तथा चन्दाबाट पीडित सचिव शान्ति स्थापना भएको सात वर्ष पुग्दा पनि गाउँ फर्कन तयार छैनन् । एलडिओ हरिप्रसाद ज्ञवालीले गाविस सचिवलाई गाउँमा बसेर जनताको सेवा गर्न निर्देशन दिएको बताउँछन् । तर, गाविस परिषद्बाहेक अरू समय सचिव सदरमुकाममा बसेर काम गरिरहेका छन् । संकटकालयता नेपाल सरकारले गाविसको सम्पूर्ण जिम्मा सचिवकै काँधमा पारेपछि सम्पूर्ण कामको चापले गाउँ बस्न नपाएको सचिवहरू बताउँछन् तर एलडिओ ज्ञवालीले भने, ‘गाविस कार्यालय झोलामा राखेर सदरमुकाम नबस्न निर्देशन दिएका छौँ ।’

दूध बेचेर महिनाको नौ लाख आम्दानी

काठमाण्डौं । तनहुँको बन्दिपुर-८ का केशबप्रसाद भट्टराई गाई पालेर लखपति बनेका छन् । उनीसँगै दौतरी वैदेशिक रोजगारमा धमाधम गइरहेका बेला उनले एउटा गाई किनेर पाल्न सुरु गरेका थिए ।
२०५८ सालमा १५ हजार ऋण काढेर एउटा गाई पाल्न सुरु गरेका भट्टराईको फार्ममा अहिले एक सय ३० वटा गाई र १० ओटा भैसी छन् । ती मध्ये आधा जति बाच्छा छन् । गाईले कम्तीमा २० देखि ४० लिटरसम्म दैनिक दुई पटक दुध दिन्छन् । ‘झण्डै तीन करोड लगानी पुगेको छ,’ उनले भने दैनिक सफलता हात लागेपछि गाइपालन व्यवसायमा लगनी थपेको हुँ, सोचेभन्दा राम्रो छ ।
बन्दिपुर-८ यम्पाफाँटमा ६५ रोपनी जग्गा १० बर्षका लागि भाडामा लिएर उनले ‘भट्टराई गाई फाम’ सञ्चालन गरिरहेका छन् । दैनिक सातदेखि आठ सय लिटर दूध पोखराको फिस्टेल डेरीलाई बेच्ने भट्टराईले मासिक नौ लाख आम्दानी गर्छन् ।
घर परिवार बाहेक १० जनालाई रोजगार दिएका भट्टराईका अनुसार दानापानी, तलब लगायत मासिक ६ लाख
रुपैयाँ खर्च कटाएर मासिक तीन लाख रुपैयाँ नाफा हुँदै आएको छ ।
केशवप्रसादले सुरु गरेको गाईफार्मलाई अहिले उनका दुई छोराले धानेका छन् । जेठो छोरा २० बर्षका सूर्यप्रसाद र कान्छा १८ बर्षका सुलोचनले बुवाले गरेको व्यवसायलाई सम्हालेको खबर नागरिक दैनिकले छापेको छ ।
भट्टराईले चितवन, पोखरा, काठमाण्डौंबाट लगेका होलिस्टिन फि्रजन, ब्राउन स्विस, जर्सी, इन्डियन जर्सी जातका गाई पालेका छन् । यी मध्ये होलिस्टिन फि्रजन जातको गाईले एक बेतमा झण्डै नौ हजार लिटर दुध दिने गरेको छ ।

Tuesday, September 18, 2012

प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै मन्त्रीले दिए राजीनामा

२ असोज, काठमाडौं । बाबुराम भट्टराई सरकारले राजनीतिक सहमति जुटाउन नसकेको भन्दै भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले राजीनामा दिएका छन् ।
नेकपा संयुक्तका अध्यक्ष समेत रहेका मन्त्री जोशीले सहमतिका लागि सरकारमा गएको तर प्रधानमन्त्रीले कुनै पहल नगरेको, अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै राजीनामा बुझाएका हुन् । यसअघि जोशीको पार्टी नेकपा संयुक्तको केन्द्रीय सचिवालयले सरकारले अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो पटक एमाले सहित साना दलका मन्त्री थप्दा जोशी भूमिसुधार मन्त्री बनेका थिए। संविधान लेखनका अधिकांश विषयमा माओवादी, कांग्रेस, एमाले तथा संयुक्त मधेसी मोर्चाबीच सहमति भएको अवस्थामा नेकपा संयुक्त सरकारमा गएको थियो।

Monday, September 17, 2012

तीज मनाउन सात दिनदेखि विद्यालय बन्द

चितवन । पछिल्लो समय बढेको तीज पर्वको तड्कभडकलाई पछ्याउँदै भरतपुरका निजी विद्यालयले तीज मनाउन भन्दै एकहप्ता लामो छुट्टी गरेका छन् ।
तेस्रो त्रैमासिक परीक्षा सुरु हुन दुई हप्ता बाँकी रहँदा एकहप्ता लामो बिदा गरिएपछि अभिभावक रुष्ट बनेका छन् भने विद्यार्थी पूर्णरुपमा प्रभावित बनेका छन् । भरतपुरको निजी विद्यालयको साझा संस्था बेसले सोमबारदेखि आउँदो शुक्रबारसम्म बिदा आहृवान गरेको हो । आइतबारदेखि नियमित पठनपाठन हुने बताइएको छ ।
लामो छुट्टी दिनु न्यायोचित नभएको संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । यसरी बिदा दिँदा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने उहाँले बताउनुभयो । बेसअन्तर्गतका ४१ विद्यालयमा १२ हजार विद्यार्थी छन् ।
बेसका अध्यक्ष मोहन लामाले तीजको समयमा विद्यार्थी नआउने र महिला शिक्षक धेरै भएकाले सट्टा बिदामा मिलान हुने गरी बिदा दिइएको बताउनुभयो । त्यस्तै प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले सट्टा बिदाबाट मिलान गरी बिदा गरेको होला भन्दै अनविज्ञता प्रकट गर्नुभयो ।
यता जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने यसरी लामो बिदा दिनु गलत प्रक्रिया भएको बताउनुभयो । यस विषयमा आफूले बुझ्ने उहाँले बताउनुभयो । पछिल्लो समय एकातर्फ निजी विद्यालयले मनोमानी ढङ्गले शुल्क बढाएको भन्दै आरोप खेपिरहेका छन् भने आफूखुसी तवरले गरिने यस्ता बन्दले विद्यार्थीको पठनपाठन नराम्रोसँग प्रभावित भएको छ ।
गतहप्ता मात्रै शिक्षकको अधिवेशनको उद्घाटन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चितवन आउँदा यहाँका सबै विद्यालय बन्द गरिएका थिए भने त्यसैहप्ता नेकपा- माओवादीको नेपाल बन्दका कारण अर्कोदिन पनि विद्यालय बन्द भएका थिए । रासस

विषालु च्याउ खाएर एकै परिवारका ४ को मृत्यु

१ असोज, दैलेख । विषालु च्याउ खाएर दैलेखको एक परिवारका चार जनाको ज्यान गएको छ।
उनीहरुले २५ गते साँझ विषालु च्याउ खाएका थिए। विषालु च्याउ खाएपछि सिकिस्त उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार संभव नभएपछि उनिहरुलाई भारतको लखनउ लगिएको थियो।
मृत्यु हुनेहरुमा बाबु मनबहादुर गुरुङ, छोरा अम्बर, छोरी मानकुमारी, बुहारी निर्मला रहेका छन् । उनिहरु मध्य मानकुमारीको बाटोमा र अन्यको भारतको लखनउ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो

Sunday, September 16, 2012

बाबुरामलाई जता पनि बादलकै बाधा जुम्ला पुगेका भट्टरार्इ सिमरामा

ाडौं । पहिले पार्टीमा सँगै काम गरेका नेता बादलले छाडेपनि आकाशको बादलले भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हैरान बनाएको छ । बादलकै कारण पूर्व घोषित धेरै कार्यक्रम स्थगित गर्दै प्रधानमन्त्री पश्चिमबाट पूर्व पुगेर अड्कनुभएको छ । हरेक महिना गाउँ जाने कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई यसपटक जुम्ला जाने रहर लाग्यो । केही दिनअघि मात्रै सडक दुर्घटना भएको ठाउँ र कणर्ालीको विकट अवस्थालाई प्रत्यक्ष नियालेर स्थानीय निकायलाई आवश्यक निर्देशन दिने उहाँको योजना थियो । यो योजना अनुसार उहाँ मुख्य सचिव, सचिव सहितका दलबल पछि लगाएर जुम्लाको लागि निस्कनुभयो । पश्चिम क्षेत्रमा बढी सकृय रहेको मनसुनको कारण जाने बेलामै प्रधानमन्त्री अप्ठेरोमा पर्नुभयो । उहाँ चढेको हेलिकोप्टर शनिबार बिहान बाँकेको कचेनामा आकस्मिक अवतरण गर्यो । मौसम केही खुलेपछि शनिबार उहाँ जुम्ला पुग्नुभयो । स्थानीयबासिन्दासँग भलाकुसारी गर्नुभयो । आइतबार कालिकोट पुगेर काठमाण्डौ र्फकने प्रधानमन्त्रीको योजना थियो । यस अनुसार आइतबार बिहान उहाँ सहितको टोलीले जुम्लाको सिँजा उपत्यका र कणर्ाली राजमार्गको हेलिकोप्टरबाटै निरीक्षण गर्यो । त्यसपछि कालिकोटको मान्माको लागि उडेका उनीहरु खराब मौसमको कारण अघि बढ्न सकेनन् । सुर्खेतमा आकस्मिक अवतरण गर्नुपर्यो । सुर्खेतमा मौसम केही सफा देखेपछि हेलिकोप्टर काठमाडौंको लागि उड्यो । तर फेरि बादलले छेक्यो । हेलिकोप्टर दाङ भालुवाङको सशस्त्र प्रहरीको बेस क्याम्पमा पुग्यो । त्यहाँ खाना खाएर सबैले आकाश हेरे । अब त जान सकिएला कि भनेर टोली भैरहवाको आकाश हुँदै राजधानीतिर लाग्यो । तर बादलले फेरि बाधा पुर्यो । त्यहाँबाट भरतपुर, हेटौंडा हुँदै हेलिकोप्टर सिमरा बिमानस्थलमा पुगेर अवतरण गरेको छ । सिमराबाट हेलिकोप्टरमा उड्ने सम्भावना नभएपछि प्रधानमन्त्री बुद्ध एयरबाट राजधानी र्फकने सुरसारमा हुनुहुन्छ । टोलीका अरु सदस्य भनेर आकाश हेरेर सिमरामै अड्केका छन् । मौसमको अवस्था नै नबुझी उडेका प्रधानमन्त्रीले यसपटक जनताको ठाउँ भन्दा आकाशको बाटो बढी कुद्नुपर्यो ।

Saturday, September 15, 2012

ट्रकले यात्रु बोक्न नपाउने, बसमा मालबाहक सामान राखे कारबाही

३० भदौ, गुल्मी । गुल्मीमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ट्रकलाई यात्रु र बसलाई मालसामान ओसारपसार गर्न नदिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सवारी दुर्घटनालाई न्युनिकरण गर्न यस्तो निर्णय गरेको हो ।
प्रशासनले बाटोको अवस्था र सवारी चालकको लापरबाहीका कारण दुर्घटना बढेको निष्कर्ष निकाल्दै यातायात व्यवसायी र यातायात मजदुरलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
बैठकले सवारीचालक र यातायात व्यवसायीलाई तालिम प्रदान गर्ने, सडकमा ट्राफिक चिहृन राख्ने, सवारीका छतमा हुने ओभरलोड हटाउने, सवारीसाधन अनुसारका सेवामात्र प्रदान गर्न लगाउने, सडकमा राखिने निर्माण सामग्री तत्काल हटाउने, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने लगायतको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पछिल्लोपटक गुल्मीको हर्दिनेटामा भएको दुर्घटनामा १३ जनाको ज्यान गएपछि यो अभियान चलाउन लागिको प्रमुख जिल्ला अधिकारी कबीन्द्र नेपालले जानकारी दिनुभयो ।

लामो बाटोका लागि दुई ड्राइभर अनिवार्य

३० भदौ, काठमाण्डौं । सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि गृहमन्त्रालयले लामो रुटमा चल्ने सवारीका साधानमा दुई जना चालक अनिवार्य राख्न निर्देशन दिएको छ ।
पछिल्लो समयमा लामो रुटको यात्रुबस दुर्घटनाबाटविगत बर्षको तुलनामा दर्जनौको संख्यामा मुत्यु हुने घटना बढेपछि मन्त्रालयले कडाइका साथ सो निर्देशन पालना गराउन सरोकारवालालाई निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव एवम् शान्तिसुरक्षा शाखाका प्रमुख शंकर कोइरालाले लामो रुटमा सञ्चालन हुने सवारी साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गरिनुपर्ने बताउँदै त्यसो नगरे सम्बन्धित निकायलाई कडा कारबाही गरिने उल्लेख गर्नुभयो ।
जथाभावी बाटोको स्वीकृति दिँदा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको भन्दैगृहले यस विषयमा पनि कडाइ गर्ने आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।

पचपन्नझ्याले दरबारका भित्तेचित्र संकटमा

३० भदौ, काठमाण्डौं । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको पचपन्नझ्याले दरबारका आकर्षक मल्लकालीन भित्तेचित्रहरु अहिले संकटमा पर्ने खतरा बढ्दै गएको छ ।
लामो सयमदेखि बन्द गरी हाल हप्ताको एक दिन मंगलबार दरबार खुलाउन थालेपछि अवलोकनकर्ताले जथाभावी रुपमा भित्तेचित्र हातले छुने, फोटो खिच्ने, धुलो, धुँवा र पानीको वाफले गर्दा आकर्षक मल्लकालीन चित्रहरु खचरामा पर्ने भएको खबर गोरखापत्र दैनिकले छापेको छ । प्रतिहप्ता करिब दुई हजारभन्दा बढी व्यक्तिले जथाभावी रुपमा दरबारका तस्वीरहरु अवलोकन गर्न थालेपछि भित्तेचित्रहरु खतरामा पर्ने सम्भावना बढ्दै गएको पुरातात्विकविद्हरुले बताएका छन् ।
केन्द्रीय सांस्कृतिक सम्पदा संरक्षण प्रयोगशालाका प्राविधिक एवम् रसायनविद् ओमप्रकाश यादब पुराना तथा ऐतिहासिक तस्वीरहरुकोअवलोकन गर्दा धेरै कुरामा ख्याल पुर्‍याउनुपर्ने आवश्यतकता औल्याउनुभयो ।

जनकपुरबाट विदेश जाने धेरै

३० भदौ, काठमाण्डौं । आर्थिक बर्ष २०६८/६९ मा वैदेशिक रोजगारीमा जाने गएका मध्ये सवैभन्दा धेरै जनकपुर अञ्चलबाट भएको पाईएको छ । सो आर्थिक बर्षमा जनकपुरबाट ४१ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको वैदशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
अन्य अञ्चलको तुलनामा जनपुरमा एजेन्टहरुको संख्या बढी रहेकाले पनि त्यहाबाट विदेश जाने कामदारको संख्या बढी भएको हो । जनकपुरपछि दोस्रो बढी विदेश जानेमा कोशी अञ्चल रहेको छ । कोशी अञ्चलबाट गत आर्थिक बर्षमा ३४ हजार २ सय ८५ जना वैदेशिक रोजगारीमा गएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै सगरमाथा अञ्चलबाट ३२ हजार ४४ जना, मेचीबाट २६ हजार ९ सय ४६ जना, गण्डकीबाट २६ हजार ७ सय १२ जना, लुम्बिनीबाट २६ हजार २ सय ४६ जना, बागमतीबाट २३ हजार ८ सय १२ जना रहेको नेपाल बैदेशिक रोजगार व्यवसायी संघको तथ्यांकमा उल्लेख छ ।

Friday, September 14, 2012

एउटै गाउँका तीनको मृत्यु, स्थानीयवासी भयभित

जनकपुर, भाद्र २९ - पूर्वी धनुषाको बाला बाखर ८ मुसहरी टोलमा फैलिएको अज्ञात रोगबाट चारको मृत्यु भएको घटना सेलाउन नपाउँदै दक्षिणी सीमावर्ती गाउँ नगराइनमा अज्ञात रोगबाट तीन जनाको मृत्यु भएको छ । एकै गाउँका तीन जनाको मृत्यु भएपछि स्थानीयवासी भयभित बनेका छन् । कोही देउता गुहार्न थालेका छन भने कोही स्वास्थ्य संस्था धाउन थालेका छन् ।
'खेतमा कुनै किराले टोक्यो वा घाँस पातमा खुट्टा अल्झियो भने पनि सबै डराउन थालेका छन् । सर्पले टेाकेको भन्दै धामी झाँक्री गुहार्छन् कि अस्पताल भर्ना हुन्छन् । गाउँभरि मास हिस्टेरियाको अवस्था छ ।' शुक्रबार वरिष्ट भिजिशियन डा. गौराङ्ग मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख घनश्याम नायक, अधिकृत रामगुलाम कर्णको टोलीसँगै नगराइन गएका यस क्षेत्रका निवर्तमान सभासद रामसरोज यादवले भने ।
झण्डै एक महिना पूर्व नगराइन गाविस हासपट्टीका भरोसी मण्डलकी १२ वर्षीया छोरीको मृत्यु भएको थियो । गत सोमबार नगराइनकी २५ वर्षीया रीना मण्डलको तथा मंगलबार २६ वर्षीया रिंकु मण्डलको मृत्यु भएको थियो । निमित्त जनस्वास्थ्य अधिकृत घनश्याम नायकले दिएको जानकारी अनुसार-तीन दिन यता नगराइन गाउँका १३ जनालाई सर्पले टोकेको शंकाको आधारमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराई सकिएको छ । भर्ना गराइएका मध्ये एउटैमा पनि विष देखिएको थिएन र सबै सकुशल आफ्नो घर फर्किसकेका छन् ।
अज्ञात रोग फैलिएको खबर सुनेर डा. गौराङ्ग मिश्र नेतृत्वको टोली शुक्रबार नगराइन पुग्दा आधा दर्जनभन्दा बढी स्थानीयवासीले आफूलाई सर्पले टोकेको जानकारी गराएका थिए । तीमध्ये केहीको उपचार पनि गरिएको थियो । आधा दर्जनभन्दा बढी व्यक्ति हासपट्टीस्थित ब्रह्म स्थान (पूजा स्थल)मा धामी-झाक्रीसँग उपचार गराउँदै थिए ।
डा.गौराङ्ग मिश्रले यस अघि मृत्यु भएका तीन जनालाई सर्पले डसेर मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । अन्य व्यक्तिहरूमा भने मानसिक भय पसेको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले प्रभावित गाउँमा विषादि छर्किने बताए । यसका अतिरिक्त स्थानीय स्वास्थ्यकर्मीलाई पनि गाउँमै बस्न निर्देश दिएको अधिकृत नायकले जानकारी दिए ।
यता अज्ञात रोगबाट चार जनाको मृत्यु भएको पूर्वी धनुषाको बाला बाखरको अवस्था नियन्त्रणमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत २४ घन्टा भित्र उपचारका लागि ४२ जनालाई ल्याई पनि उपचारपछि ३६ जना फर्किइसकेको र ६ जनालाई अहिले पनि उपचार भइरहेको छ । शुक्रबार मलेरिया, इन्सेफलाइटिस आदि जाँचका लागि रगतको नमुना संकलन गर्न चिकित्सकहरूको एक टोली बाला बाखर गएको निमित्त जनस्वास्थ्य प्रमुख नायकले जानकारी दिए ।

पाल्पामा जीप दुर्घटनामा ७ जना घाइते

पाल्पामा केहिबेर अघि लु १ ज १३१३ नम्बरको जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये केहि गम्भीर रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले जनाए अनुसार उद्दार गरिएका घाइतेलाइ उपचारका लागि मिसन अस्पताल तानसेनमा लगिएको छ । जिपमा दर्जन बढी यात्रु सवार थिए ।
पानी परेको हुँदा उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । पाल्पाको शिद्धेश्वरबाट तानसेन आउदै गरेको जीप देउराली गाविस ६ को धुम्तीमा व्याक भएर सडकबाट तल खसेको बताइएको छ ।
थप अपडेट केहिबेरमा

Sunday, September 9, 2012

गुल्मीमा बस दुर्घटना ७ जनाको मृत्यु, उद्दारकार्य जारी

२४ भदौ, गुल्मी । गुल्मीमा आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । गुल्मीबाट काठमाण्डौं आउँदै गरेको लु १ ख ५५८३ नम्बरको बस श्रृंगामा दुर्घटना भएको हो । मृतकको परिचय खुल्न सकेको छैन भने उद्दार कार्य जारी रहेको छ ।

Saturday, September 8, 2012

राजधानीमा फस्टाउँदै छ यौन-व्यवसाय

२३ भदौ, काठमाण्डौं । कमलपोखरीस्थित सिटी सेन्टरछेउको घरमा पाँचजना युवतीले एउटा फ्ल्याटलिएका छन् । २० बर्षदेखि २५ बर्षको उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरु घरनियाँ परिवारकाछोरीजस्ता देखिन्छन् । पेसा सोध्दा विद्यार्थी हो भन्छन्, तर साँझपख महँगा कार लिएर लोग्ने मान्छेहरु लिन आउँछन् । प्रष्ट छ युवतीहरु विद्यार्थी होइनन् यौन-व्यवसायी हुन् ।
एक छिमेकीले भने-’उनीहरुको रहनसहन हेर्दा महिनामा लाखौंको जागिर खानेजस्तो देखिन्छ ।’ ग्राहक खोज्न कामुक कपडा लगाएर सिटी सेन्टरको फुडकोर्टमा पनि बस्छन् । कुरा मिल्ने वित्तिकै कार अथवा ट्याक्सीमा उनीहरु निस्कने गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
नेपालमा अवैध यौन-व्यवसायको यो पनि एउटा उदाहरण हो । सरकारले यसलाई नियन्त्रणको प्रयास गरेपनि राजधानीका टोलटोलमा विभिन्न तरिकाले यौन-व्यवसाय फैलिरहेको छ । यौन व्यवसाय नियन्त्रणको अभियानमा लागेको प्रहरीले शुक्रबार मात्रै चार जोडिलाई यौनबर्द्धक औषधि सहित पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ