Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Wednesday, September 12, 2012

होसियार, फस्ला कन्डम!

डा. आदर्श प्रधान- यौन प्रत्येक मानिसको चासो र उत्सुकताको विषय हो। युवा उमेरमा यसप्रति स्वाभाविक रूपमै बढी उत्सुकता हुन्छ। यस उमेरमा जोस बढी र होस कम हुने हुँदा धेरै कुरामा विचार पुर्‍याउनुपर्छ।
नेपाली समाजले विवाहपूर्व गरिने यौन सम्बन्धलाईराम्रो नमानेकाले युवायुवती लुकिछिपी सम्भोग गर्ने गर्छन्। अरूले देख्ला कि भन्ने त्रास भए पनि यौनको तीव्र आकांक्षालाई उनीहरू दबाउन सक्दैनन्। यसरी हतार-हतार सम्भोग गर्दा लिंगबाट कन्डम फुत्केर पार्टनरको योनी भित्र पनि पस्न सक्छ। हतार-हतार सम्भोग गर्नु, कन्डम लिंगमा पूरानलगाउनु, बलपूर्वक सम्भोग गर्नु, लिंग पूर्णरुपमा उत्तेजित नभइकन कन्डम लगाउनुजस्ता कारणले कन्डम महिलाको योनीभित्र छिर्न सक्छ।
अहिले बजारमा थरीथरीका कन्डम पाइन्छन्। सुरक्षित सम्पर्कका लागि यो उपयोगी छ। कन्डम प्रयोग गर्नेको संख्या पनि बढेको छ। कन्डम प्रयोगले शीघ्र पतनलाई केही हदसम्म कम गर्ने गर्छ। तर, यौन आनन्द दिने यही कन्डम महिलाको योनीभित्र छिरेमा भने ठूलो तनाव झेल्नुपर्ने हुन्छ। विवाहितको तुलनामा अविवाहित युवायुवतीमा यस्ता घटना धेरै हुने गरेको पाइएको छ। यस्तो समस्या अस्पतालमा गएर सजिलै भन्न पनि अप्ठ्यारो हुन्छ। अलिकति होस पुर्‍याइएन भने केही छिनको आनन्द तनावमा परिणत हुन बेर लाग्दैन।
धेरै युवायुवती आवेगमा आएर हतार-हतार सम्भोगमा लीन हुने गर्छन्। यस्तो अवस्थामा प्राक्त्रि्कडा (फोरप्ले) पनि त्यति गरिँदैन। पार्टनर पनि डरले गर्दा ढुक्कसँग सम्भोगमा उत्रन सक्दैनन्। छिटो-छिटो सिध्याउने गरी सम्भोग गर्दा कन्डम महिलाको योनीभित्र पस्ने गरेको पाइएको छ। त्यति प्रचारमा नआए पनि अस्पतालको इमर्जेन्सी विभागमा केही युवा आफूले सम्भोग गर्ने क्रममा पार्टनरको योनीभित्र कन्डमपसेको कारणले पार्टनर लिएर आउने गरेका पाइएको छ।
वास्तवमा कन्डम महिलाको योनीभित्र छिर्दा कुनै हानि भने हुँदैन। यसलाई सकेसम्म आफैँले, नसके अस्पतालमा गएर सजिलै झिक्न सकिन्छ। आफैँले झिक्ने हो भने साबुन-पानीले हात धोएर योनीभित्र औँला पसाएर कन्डम कतातिर छ, पत्ता लगाउनुपर्छ। कन्डम कहाँनिर छ, पत्ता लागेपछि कन्डमको एक छेउ समातेर बिस्तारै तान्नुपर्छ। जोडले तान्नुहँुदैन। महिला आफँैले भन्दा पनि पु्रुष पार्टनरले निकाल्दा सजिलो हुन्छ। यदि निकाल्न असजिलो भयो भने चिम्टी वा अन्य वस्तुको सहारा लिनुहुँदैन। त्यस्तो अवस्थामा लाज नमानी तुरुन्त अस्पताल जानु राम्रो हुन्छ। वीर्य स्खलन भएर कन्डम योनी भित्र पस्यो भने गर्भ रहन सक्छ।
सम्भोगका क्रममा कतिपय अवस्थामा कन्डम फुट्न पनि सक्छ। लिंगको आकारभन्दा कन्डमको आकार सानो भएका कारणले पनि कन्डम फुट्न सक्छ। कतिपय अवस्थामा कन्डम लगाएको नमिल्दा (कन्डमको चुच्चोको हावा पुर्णरूपमा नफाल्दा), बलपूर्वक लामो समयसम्म सम्भोग गर्दा पनि कन्डम फुट्न सक्छ। यस्तो अवस्थामा नआत्तिई साबुन-पानीले लिंग र योनी धुन सकिन्छ। योनीभित्र वीर्य स्खलन भएको छ भने गर्भ रहन नदिन सावधानी अपनाउनुपर्छ।
कतिपय युवा भने आवेगमा आएर सम्भोग गर्ने गर्छन्। आफ्नो पार्टनरको सन्तुष्टिको ख्यालै नगरी मेकानिकल रूपमा बलपूर्वक सम्भोग गर्ने गर्छन्। योनी अत्यन्त संवेदनशील अंग हो। यसलाई बलपूर्वक दबाब दिँदा हानि पुग्न सक्छ। उत्तेजनाको उन्मादले बेहोस भएर बलपूर्वक सम्भोग गर्दा अचानक योनीबाट रक्तस्राव हुन सक्छ। यस्तो अवस्थामा ढिलो नगरी तुरुन्त अस्पताल जानु या लैजानुपर्छ। धैरै रक्तस्राव भयो भने महिलाको ज्यान पनि जान सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ।

Friday, August 24, 2012

सावधान ! तपाईँको लिंग भाँचिनसक्छ !

डा. आदर्श प्रधान- युवा अवस्थामा तीव्र यौन इच्छा हुनु स्वाभाविक हो। यस्तो उमेरमा हस्तमैथुन, सम्भोगप्रति गहिरो अभिरुचि हुन्छ। यौनबारे धेरैजिज्ञासा हुने उमेर पनि यही नै हो। तर, अत्यन्त उत्तेजनामा आएर जोसमा होस गुमाउँदा लिंग भाँच्चिन पनि सक्छ, हस्तमैथुन या संभोगको प्रक्रियामा। समयमै उपचार हुन सकेन भने लिंग सधैँका लागि निकम्मा हुन सक्छ।
लिंगको माथिल्लो स्थानमा कोर्पस क्याभरनोसम भनिने भाग हुन्छ भने तल्लो स्थानमा कोर्पस स्पोनजियोसम। लिंग उत्तेजित हुँदा यी दुवै स्थानमा रगत भरिन्छ। त्यसपछि लिंग कडा हुन्छ। उत्तेजनामा आएर असमान्य रूपमा हस्तमैथुन या सम्भोग गर्न खोज्दा लिंग भाँच्चिन सक्छ। मेडिकल भाषामा यसलाई पेनाइल फ्य्राक्चर भनिन्छ। लिंग भाँच्चिदा आवाज आउँछ, जुन सुन्न सकिन्छ। अत्यन्त दुखाइ महसुस हुन्छ र लिंग सुन्निएको हुन्छ।
नेपालमा पेनाइल फ्य्राक्चरका समस्या त्यति सुनिएका छैनन्। तर, यसबाट पीडितहरू भने छन्। पीडितले लज्जाका कारण यसबारे अरूलाई सुनाउँदैन।ब्लु फिल्म, गलत बुझाइ आदिका कारण यस्ता घटना बढिरहेका छन्।
लिंग भाँच्चिएको एउटा केस यस्तो छ। एक युवा साथीहरूसँग बसेर ब्लु फिल्म हेर्दै थिए। उत्तेजनामा आएका उनले लिंगलाई हातको औँला पड्काएको जस्तो गरी पड्काउन खोजे। आवाजसहित उनको लिंग भाँच्चियो। त्यस्तै, अर्को उदाहरणमा मद्यपान गरी संभोग गर्ने एक युवाको लिंग भाँच्चिएको थियो।
असाध्यै आवेगपूर्ण सम्भोग या हस्तमैथुनका क्रममा लिंग भाँच्चिन सक्छ। त्यस्तै, ओछ्यानमा लिंग रगड्दा पनि भाँच्चिएको उदाहरण पनि छ।
लिंग भाँच्चिनुका लक्षणमा भाँचेको आवाज आउनु, असामान्य दुखाइ हुनु, तुरुन्त उत्तेजना घट्नु आदि प्रमुख छन्। पिसाबको नलीमा क्षति पुगेको छ भने रगत पनि बग्न सक्छ।
उपचार
लिंग भाँच्चिएको थाहा भयो या लिंग भाँच्चिएको शंका लागेमा तुरुन्त अस्पताल जानुपर्छ। यस्तो अवस्थामा लिंगमा रगत जम्न सक्छ। लिंगमा रगत जम्यो भने रक्त सञ्चालनमा पनि अवरोध हुन सक्छ। यसको अपरेसन गरेरमात्र समस्या ठीक हुन्छ। त्यसैले लाज मानेर ढिलो गर्ने काम कदापि गर्नुहुँदैन। अस्पताल पुग्नु अघि धेरै दुख्यो भने बरफलाई कपडामा बेरेर लिंगमा सेक्न सकिन्छ। त्यस्तै दुखाइ कम हुने औपधि पनि सेवन गर्न सकिन्छ।
भाँच्चिएको लिंगको अपरेसन गर्ने कार्यको सुरुवात सन् १९८० पछि भएको पाइन्छ। तुरुन्त अपरेसन गर्नुपर्ने अवस्थामा त्यसो गर्न सकिएन भने लिंग सामान्य अवस्थामा नआउने संभावना बढी हुन्छ।

Friday, May 4, 2012

Friday best night for restful, sound sleep: research

Most of the people tend to sleep better on a Friday night than any other night of the week, according to a new research.
A study of 2,000 people found that Friday is the first time people unwind properly after a full week at work and get a decent night’s rest.
Research pointed out that not having to get up the next day is a contributory factor.
It also divulged that the average Briton enjoys up to nine hours sleep on a Friday night and takes just nine minutes to drop off.
"Our survey shows many British workers experience relief that their week is over," Nick Worthington of beds retailer Dreams, which conducted the research, said.
"On a Friday night the only thing most people have to worry about is how they are going to spend their days off.
"That’s a really nice feeling and one which would contribute to a restful and sound sleep," Worthington added.
Predictably, the survey also showed that the worst night’s sleep for the average person is on a Sunday.

Wednesday, May 11, 2011

Health tips

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दापहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौनदुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सररोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।
त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन।
शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः-
१.लिङ्गमा उत्तेजना आएको तत्कालपछि नै वीर्य स्खलित भएर जानु।
२.योनीको लिङ्गसँग र्स्पर्श या साधारण घर्षण हुँदै वीर्य स्खलित भएर जानु।
३.लिङ्ग योनीमा प्रवेश गरेर घर्षण आरम्भ भएको एकैछिनमा वीर्य स्खलित भएर जानु।
धेरैजसो पत्नी जुन विवाहको केही दिनपछि मात्र आफ्नो पतिसँग सम्भोगमा अरुचिदेखाउन थाल्छिन्, त्यसको कारण पनि यही दुर्बलता हो। वास्तवमा पति हुन योग्यव्यक्ति त्यही हो, जुन आफ्नी पत्नीको कामवासना जागृत गरेर उसलाईकामोत्तेजक बनाएर बढीभन्दा बढी समयसम्म ऊसँग सम्भोग गरेर उसलाई अति नैआनन्द प्रदान गर्ने क्षमता राख्छ। लाज नमानी चिकित्सकको उपचार सेवा लिएमाशीघ्रपतनको असन्तोष हटाउन सकिन्छ र सम्भोगको पूर्ण अवधिसम्म लिङ्गमा कडापनराख्दै आफ्नी पत्नीलाई चरम सुखसम्म पुर्यावई मात्र स्खलित हुन सकिन्छ।
सम्भोगमा समर्थ बन्नका लागि निम्न कुराहरूमा ध्यान दिनु अनिवार्य छ। सम्भोग समर्थको योग विधि र उपायहरूः-
(क) खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस्। यस प्रकारप्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस्। यसले कम्मर रखुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनिघुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्णधक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ।
(ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडितान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै-विस्तारै ५०० सम्म धक्काहरूरोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्णमैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।
(ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनःक्रमैले खुम्च्याउनेर फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा-क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ।वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।
-घ) अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानकोरन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाकोकुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमादृढताले थिचेर गुदालाई खुम्च्याईजनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाईदृढतापूर्वक विस्तारै-विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्धभन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजनाहुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।
(ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासुआपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् रसाथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानीरहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएरपेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यसक्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रियारोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यासगर्नुपर्छ। जब यस क्रियामा राम्ररीनियन्त्रण गरी लिनुहुन्छ भने यसक्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राकोमांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।
(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेलालिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेकोछ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीकोयोनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकीछिन्। त्यसबेला दीर्घ सासलिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसोगर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमालिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएरवीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्रीअवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनिहुँदैन। यादराख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्।
(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सासलिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्तवीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै रदीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमकोप्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेरजान्छ र थकाइ पनि लाग्दैन।
(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २सेकेन्ड विश्राम लिएरस्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएरसास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्रीयोनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।
सेक्स ले सम्बन्धलाइ गाढा बनाउने विश्वास गरिन्छ ।
12 effective tips for sex power increase
Decreased sexual interest and sex power haunts everybody at one or theother point of time. So, it is very important to use techniques to keep your sexual life, pleasurable and enjoyable. Here are 12 tips for sex power increase. Hope they are useful to you.
1. Don’t have it everyday. maintain a gap of one or two days. Sex, as a part and parcel of daily routine may make you feel bored and eventually might lead to decreased sexual interest. Many times sex in a day , very rarely is fine.
2. Always have an element of surprise in your moves, or your general behaviour, or the gifts that you choose. Surprise makes the moment exciting.
3. Different sex postures – You may start feeling bored by same postures.So, different intercourse postures will not only helps to have improved sexual health, but also helps you to keep fit by burning a few more calories. Sex postures that do not allow complete insertion make the act fun and exciting.
4. Try out some SAFE sex fantasies. Sexual fantasies are the imaginary scenes that you plan and enact with your spouse.
5. Do not undress all of a sudden. Slow and steady… always wins the race.
6. Wear a condom, it delays the pinnacle giving more time to enjoy. In some men, rolling back the foreskin of the penis helps delay excitation. The tip of the penis (the end bulged part) in men is the point of excitation. making delay in its excitation helps delay ejaculation and gives ample time for foreplay.
7. Exercise - Sex and exercise are connected to each other.
8. Black gram – Black gram has been hailed as one of the effective diet for sex power increase. so, eating Dosa, or other food dishes made of black gram for 2-3 times a week will help in good sex health. Urad daal
9. Get rid of diseases – Maximum sexual bliss can be had only if you keep yourself healthy and hygienic. So, get proper treatment for your diseasesand do not allow them to grow to chronicity. Diabetes and hypertension may be causes for decreased libido, which has to be given proper treatment.
10. Take care of your partner. Love is such an important element to ensure mutual enjoyment. Please know the feeling of the partner. Ladiesusually will be in a slightly different mood nearing to their periods. Working women will be usually encountering higher stress levels. So, please take care.
11. Ayurveda explains that food with sweet, salt and sour taste enhance sexual power and bitter, hot, too much spicy food articles lead to decreased sexual interest. asparagus, Ashwagandha, grapes, dates, meat, egg, chocolates, buffalo milk, buffalo curds, Aloe vera juice, Sweet pomegranate fruit are a few food items for sex power increase.
12. Sexual herbal supplements – You might need herbal supplements if you have following conditions.
- If you have diabetes or hypertension, due to which you are suffering from decreased libido / erection difficulties.
- If you are suffering from / recovering from a chronic disease, which is leading to decreased libido for a prolonged period of time.
- None of the above tips are working, even after trying consistently over a period of time.

Thursday, May 5, 2011

50 sex facts

५० सेक्सी फ्याक्टर्स
१. यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ ।
२. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षणअनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढीटाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ ।
३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् ।
४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् ।
५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ ।
६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ ।
७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् ।
८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन्जुन प्रायः महिलालाई मन पर्दैर्न । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ ।
९. एङ्कलबोनको तलतिर कुर्कच्चामा सर्कुलर मसाज गर्नाले उत्तेजना बढ्छ ।
१०. मानिसजस्तै पक्षी एवं अन्य जनावरमा पनि होमोसेक्सुयल व्यवहार देख्न पाइन्छ । एउटा चिडियाघरमा दुईवटा भाले पेंगुइन कैयन वर्षसम्म कपलका रूपमा रहे र तिनले बेबी पेंगुइनलाई एक साथ हुर्काए पनि ।
११. मास्टर्स एन्ड जोन्सनका अनुसार एक प्रतिशत महिला मात्र ब्रेस्ट स्टिम्युलेसनबाट ै चरम सुख प्राप्त गर्न सक्षम हुन्छन् ।
१२. अधिकांश महिलामा यौनसम्पर्कको चाहना गर्ने समय महिनावारीको बीच अर्थात् ११-१५ दिनमा हुन्छ, किनभने यो समयमा शरीरमा इस्ट्रोजन र टेस्टोरोन हार्मोनको मात्रा बढ्छ । अतः शरीर स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छ ।
१३. एक अनुसन्धानअनुसार पुरुषलाई लेवेन्डर तथा पम्पकिनपाई परपmयुमको कम्बिनेसनले उत्तेजित गर्छ ।
१४. कैयन महिलामा परसिस्टेन्स सेक्सुयल एराउजल सिन्ड्रोमको समस्या हुन्छ । यो समस्याबाट पीडित महिलामा सेक्सयुल उत्तेजना आर्गेज्मपश्चात पनि कायम रहन्छ तर यस्ता महिलाको संख्या भने अत्यन्त न्यून हुन्छ ।
१५. यौन संसर्गका बखत लगभग १ सयदेखि १ सय ५० क्यालोरी खर्च हुन्छ ।
१६. पुरुषहरू राति निद्रामा औसतमा ४-५ पटक उत्तेजना अनुभव गर्छन् ।
१७. उत्तेजित लिंग र सामान्य अवस्थाको लिंगको आकारमा परस्पर सम्बन्ध हुँदैन ।
१८. अनुसन्धानअनुसार यदि युवतीहरू साइकल रेसमा भाग लिन्छन् वा हरेक साता १ सय माइल साइकल चलाउँछन् भने तिनको बाह्य जनेन्दि्रयको उत्तेजना कम हुन्छ ।
१९. लिंगको लम्बाइको चरम सुखसित कुनै सम्बन्ध हुँदैन किनभने योनिको १/३ भाग मात्रै संवेदनशील हुन्छ । यदि यौनआसन ठीक भएमा सानो आकारको लिंगले पनि चरम सुख प्रदान गर्छ ।
२०. अनुसन्धानअनुसार केफिनको सेवनले यौनिक सक्रियता बढ्छ ।
२१. जर्मन अनुसन्धानकर्ताह रूका अनुसार सुरक्षित सम्बन्धमा महिलाको यौन इच्छा कम हुन्छ । ४-५ वर्ष सँगै रहेपश्चात् महिलाहरू पुरुषको इच्छाअनुसार यौन प्रक्रियामा संलग्न हुन्छन् ।
२२. एक सर्वेक्षणअनुसार अस्ट्रेलियनहरू यौनसम्पर्कपूर्व क्यान्डल लाइट डिनर गर्न र राम्रोसँग कुराकानी गर्न रुचाउँछन् ।
२३. जुन पुरुषले धेरै महिलासित सम्बन्ध राख्छन् उनीहरू यौनसम्पर्कलाई धेरै महत्त्व दिन्छन्, तर आफ्नो सम्बन्धबाट पूर्ण रूपमा सन्तुष्ट भने हुँदैनन् ।
२४. एक सर्वेक्षण अनुसार यौनसम्पर्कका लागि जोडीलाई सबैभन्दा मनपर्ने स्थान बेडरुम हुन्छ भने दोस्रो स्थान कारको छ ।
२५. युनिभर्सिटी अफ ट्राम्सको अनुसन्धानअनुसार नीलो आँखा भएका पुरुष, नीलो आँखा भएकी महिलालाई नैमन पराउँछ । यदि तिनको सन्तान खैरो आँखा भए पुरुषहरू श्रीमतीले आफूलाई धोका दिएको मान्छन् ।आनुवंशिकताको नियमले पनि यही भन्छ ।
२६. एक सर्वेअनुसार पश्चिमी मुलुकका जोडी पूर्वी मुलुकका जोडीको तुलनामा बढी सन्तुष्ट हुन्छन् ।
२७) महिलाहरू महिनावारीका बखत वा त्यसको ठीक पहिले सुखद चरमसुखको अनुभव गर्छन् । पेल्भिक एरियामा यति बेला रक्त सञ्चार बढ्ने भएकाले तिनहरूले यस्तो महसुस गर्ने हो ।
२८. यौनसम्पर्कका बखत पुरुषको तुलनामा महिला धेरै कल्पनाशील हुन्छन् । यस प्रकारको यौनिक कल्पनाले तिनलाई सन्तुष्टि प्राप्त हुनुका साथै आपसी सम्बन्ध पनि मजबुत हुन्छ ।
२९. जुन पुरुष धेरैजसो यौनिक कल्पनामा रहन्छ ऊ आफ्नो रोमान्टिक सम्बन्धबाट कम सन्तुष्ट हुन्छ ।
३०. कैयन पुरुषमा स्खलनपश्चात पनि लिंगमा उत्तेजना कायम रहन्छ । जुन पीडादायक हुन्छ र यसलाई पि्रएटिस्ज्म भनिन्छ ।
३१. एक अनुसन्धानअनुसार कलेज अध्ययनकै समयमा बेला जुन पुरुष यौनसम्पर्कमा लिप्त रहन्छ ऊ प्रायः डिप्रेशनमा पुग्छ । उसको तुलनामा यौनसम्पर्क नगर्ने विद्यार्थी नर्मल हुन्छन् ।
३२. मोटो शरीरको पुरुषले आफ्नो वजन कम गरे उसको लिंगको लम्बाइ तुलनात्मक रूपले बढी देखिन्छ ।
३३. केही महिलालाई वीर्यबाट एलर्जी हुन्छ । वीर्यमा भएको प्रोटिनका कारण तिनको जननाङ्ग एवं शरीरका अन्य भागमा जलन र चिलाउने समस्या हुन्छ ।
३४. स्टेस र पेल्भिक टेन्सनबाट पुरुषको लिंगको लम्बाइ कम हुने
सम्भावना रहन्छ ।
३५ अनुसन्धानअनुसार यौनसम्पर्कबाट टाउको एवं जोनीहरूको पीडा कम हुन्छ । वास्तवमा चरम सुखपश्चात अक्सिटोसिन हार्मोनको लेभल ५ गुणा बढ्छ जसबाट एन्डोरफिन हार्मोन श्राव हुन्छ र यसले पीडा कम गर्छ ।
३६. गर्भावस्थामा महिलाको यौन इच्छा हराउँछ भन्ने सोचाइ रहे पनि यो अवस्थामा प्रायः यौन इच्छा अझ बढ्छ वा पहिले जत्तिकै कायम रहन्छ ।
३७. सातामा तीन पटक यौन सम्बन्ध कायम गर्नु ५ माइल जगिङ बराबर हुन्छ ।
३८. सिगरेट नपिउने व्यक्तिको यौन इच्छा, आनन्द र सन्तुष्टि पिउनेको भन्दा बढी हुन्छ ।
३९. अमेरिकामा हरेक वर्ष महिलाहरूको १२ हजार ८ सय पेसन पार्टी हुन्छ । यस्ता पार्टीमा उनीहरू यौनका विषयमा चर्चा गर्छन्, आफ्नो अनुभव बाँड्छन् । यी पार्टीम्ाा सेक्सटोयको डेमोन्स्ट्रेसन पनि हुन्छ ।
४०. यौनसम्पर्क सामान्यतया ७ देखि ८ मिनेटको हुन्छ ।
४१. जनरल अफ सेक्स रिसर्चका अनुसार जोडीहरू सामान्य तथा फोरप्लेमा ११ देखि १३ मिनेट समय दिन्छन् ।
४२. एक सवर्ेेक्षण अनुसार सातामा ३ वा ४ पटक यौन सम्बन्ध बनाउने इच्छा राख्ने पुरुष र महिलाको संख्या बढ्दै गएको छ ।
४३. जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित प्रतिवेदनअनुसार वर्थ कन्ट्रोल पिल्स खाने महिलामा यौन इच्छा कम हुन्छ ।
४४. महिलाहरूको शरीरमा
सबैभन्दा बढी ८ हजार नर्व एन्डिग क्लिटोरियर शिरमा हुन्छन् ।
४५. लिंगमा ४ हजार एन्डिग हुन्छन् ।
४६. घोडाले मनिसको तुलनामा २० प्रतिशत बढी वीर्य एकै पटकमा स्खलित गर्छ ।
४७. नेसनल सेन्टर फर हेल्थ स्टेट स्टिक्सका अनुसार टिनएज युवायुवती समान रूपले यौन सक्रिय हुन्छन् ।
४८. लगभग ४५ प्रतिशत पुरुष लामो लिंगको इच्छा राख्छन् ।
४९. २८ दशमलव ६ प्रतिशत महिला आफ्नो पार्टनरका साथमा चरमसुख महसुस गर्छन् ।
५०. पुरुषका १० करोड वीर्यमध्ये मात्र २ सय वीर्य महिला अण्डसम्म पुग्छन् —