Showing posts with label l news. Show all posts
Showing posts with label l news. Show all posts

Tuesday, May 8, 2012

जताततै बन्दै बन्द

- नयाँ संविधान जारी गर्ने दिन नजिकिएको बेला मुलकभर विभिन्न स्थानमा विभिन्न संघ संगठनले बन्द लगायतका कार्यक्रम जारी राख्दा सबैतिरको जनजीवन प्रभावित भएको छ ।
अखण्ड सुदूरपश्चिमको माग राख्दै १२ औं दिनपनि सुदूरपश्चिम बन्द छ भने मिथिला राज्यको माग गर्दै ८ दिन देखि जनकपुर लगातार बन्द छ । उता पूर्वी थारुवान कोचिला राज्यको माग गर्दै माओवादी सभासद सन्तोष थारु नेतृत्वको समूहले पूर्वी तराईका ६ जिल्ला बन्द गराएको छ । बन्दले झापा,मोरङ,सुनसरी,सप्तरी,सिरहा र उदयपुर प्रभावित बनेको छ ।
संयुक्त थरुहट संघर्ष समितिले गराएको बन्दका कारण मंगलबार चितवन,नवलपरासी लगायतका जिल्ला प्रभावित भएको छ । नारायणगढ बजार पूर्ण रुपमा ठप्प छ । थरुहट संघर्ष समितिले चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थरुहट प्रदेश र सिरहादेखि झापासम्म पूर्वी थारुवान तथा पर्सादेखि धनुषासम्म मध्यतराई सिम्रौनगढ स्वायत्त प्रदेश माग गरेको छ । क्षेत्री ब्राम्हण समाजले पनि कतिपय स्थानमा जातिय राज्यको बिरोध र आफ्नो पहिचानको माग गर्दै प्रदर्शन तथा बन्द गराएका छन् ।
हिन्दु राष्ट्रको माग गर्दै हिन्दु युवासंघ नेपालले मंगलबार बीरगंज बजार बन्द गराएको छ । कतिपय स्थानमा लगातार बन्द जारी छ भने निकट भविष्यमा बन्दका घोषणाहरु पनि कतिपय राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुले गरिसेकका छन् ।
प्रकाशित मिति: २०६९ वैशाख २६ १२:५६