Friday, August 31, 2012

बजार अनुगमनको कामभन्दा हल्ला बढी

१५ भदौ, काठमाडौं । चाडपर्व नजिक आउने बेला सरकारले हरेकवर्ष निकै हल्लीखल्ली र प्रचार सहित बजार अनुगमन गर्छ । यसवर्ष पनि यस्तै भैरहेको छ । बजारमा जथाभावी भाऊ बढेको गुनासो आएपछि प्रधानमन्त्रीले बजार अनुगमन तीव्र बनाएर मूल्यबृद्धि नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीको निर्देशन पाउने बित्तिकै सम्बन्धित निकाय निद्राबाट बिउँझे झैं जर्याकजुरुक उठे । अहिले हरेक दिनजसो बजार अनुगमन भैरहेको छ ।
‘हामीले हरेक दिन टोली खटाएर अनुगमन गरिरहेका छौं’ वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भन्नुभयो -’थोक बिक्रेताबाट नै मूल्य बढाएकोपाइएकाले अनुगमन त्यसतर्फ केन्दि्रत छ ।’ केही दिनदेखि नै भन्सार नाका र थोक गोदाममा अनुगमन बढाइएको विभागले दावीगरेको छ । तर बजारमा महंगी र कालोबजारी अझै घट्न नसकेको उपभोक्ताको गुनासो छ । ‘तत्काल प्रभाव देखिँदैन’ विभागका निर्देशक बिडारीले भन्नुभयो -’अब विस्तारै नियन्त्रणमा आउँछ, भाऊ बढ्दैन, मनपरी रुपमा बढाइएको फेला परे त्यस्ता खाद्यान्नको भाऊ घट्छ ।’
अब केही दिनमै खुद्रा मूल्य सूची पनि बनाएर उपभोक्तालाई सहज र सस्तो ढंगले बिक्री वितरण गर्ने योजना रहेको वाणिज्य विभागले बताएको छ । तर हरेक वर्ष यही सिजनमा बजार अनुगमनले तीव्रता पाउने र केही दिन हल्लाखल्ला गरेर फेरि चुप बस्ने प्रवृत्तिका कारण उपभोक्ताले राहत पाउन सकेका छैनन् । यसपटकको सरकारी पहलले पनि केही होला भनेर उपभोक्ताले पत्याउन सकेका छैनन् । तर विभागले अनुगमनको कामलाई निरन्तरता दिने दावी गरेको छ ।
थोक व्यापारी भागाभाग
उपभोक्ताको भान्सामा किराना र खुद्रा पसलबाट खाद्यान्न पुग्छ । खुद्रा पसलेले खाद्यान्न ल्याउने भनेको थोकव्यापारीकोबाट हो । थोक व्यापारीबाट किनेको भाऊमा केही नाफा लिएर खुद्रा व्यापारीले खाद्यवस्तु बेचबिखन गर्छन् । यस हिसाबले मूल्यबृद्धि हुने ठाउँ थोक व्यापारीको गोदाम हो भन्ने कुरा घामजस्तो छर्लंग छ । त्यसैले बाणिज्य विभागले थोकव्यापारीतर्फ आफ्नो अनुगमनलाई केन्दि्रत बनाएको छ । ‘थोकबाटै मूल्य बढ्ने भएकाले हाम्रो अनुगमन यसमै बढी केन्दि्रत छ’ विभागका महानिर्देशक बिडारीले भन्नुभयो ।
चाडपर्व नजिकिरहँदा मौकामा चौका हान्ने दाउले थोक व्यापारीले अहिले चामल, चिनी लगायतका खाद्यान्न लुकाएर राख्ने गरेका छन् । उनीहरु आफैंले मनलाग्दी रुपमा खाद्यान्नको भाऊ बढाउने गरेको अनुगमनबाट पनि खुलेको छ । नेशनल ट्रेडिङका अनुसार थोक विक्रेतासँग अहिले २० हजार मेटि्रक टन चिनी मौज्दात छ । यस्तै ३ लाख मेटि्रकटनभन्दा बढी चामल मौज्दात रहेको खाद्य संस्थानको भनाई छ ।
धेरै खाद्यान्न लुकाएर जथाभावी भाउ बढाउन थालेपछि वाणिज्य विभागले पसलहरुमा छापा मार्न थालेको छ । छापा मार्ने क्रम बढेपछि थोक व्यापारीको भागाभाग हुने गरेको विभागले जनाएको छ ।
विभागले दोषीलाई कार्वाही गरेरै छाड्ने बताएको छ । तर मनलाग्दी भाऊ बढाएकै कारण कार्वाही गरिएको घटना चाहिं निकै कम छ । पहिलेजस्तै अहिलेको अनुगमन पनि कामभन्दाहल्ला मात्रै बढी भएको प्रष्ट देखिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete