Showing posts with label Sports. Show all posts

Sunday, June 24, 2012

मलेसियाविरुद्ध १०७ रन अन्तरले नेपाल विजयी

- मलेसियामा भइरहेको एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४८ रन बनायो।
प्रतिउत्तरमा २४९ रनको लक्ष्य पछ्याएको मलेसियाले ४३ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो।
नेपालको इनिङमा सागर पुनले ४ चौका र ३ छक्कासहित ७० रन बनाए। त्यसैगरी राजेश पुलामी मगर र प्रदीप ऐरी ३९-३९ रन बनाए। त्यसैगरी सुवास खकुरेलले ३३ रन, भुवन कार्कीले २३ र हसिम अन्सारीले २१ रन बनाए।
नेपालका लागि राहुल विश्‍वकर्माले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको खेलमा ३० रनमात्र दिएका थिए। त्यस्तै कप्तान पृथु बास्कोटाले २ र अभिनास करणनले २ विकेट लिए।
शनिबारको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।

Wednesday, May 9, 2012

मलेसियाविरुद्ध नेपाल १ विकेटले विजयी

एसिसी यु-१६ इलाइट कप क्रिकेटको सेमिफाइनल पुगेको नेपालले आज मलेसियालाई १ विकेटले पराजित गरेको छ। लगातार चौथो विजय प्राप्त गरेको नेपाल समूह विजेता बनेको छ।
आजको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३७ दशमलव १ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो। नेपाल ३९ ओभरमा ९ विकेट गुमाउँदा विजय लक्ष्य १ सय४० रन बनायो। नेपालका ए बिष्टले अविजित ५४ रन बनाए।

Sunday, May 6, 2012

एलिट कपमा नेपालको दोस्रो जीत

काठमाडौं, वैशाख २४ - मलेसियामा जारी एसीसी- यू १६ एलिट कप क्रिकेटमा नेपालले दोस्रो जीत हात पारेको छ । उसले आइतबार बहराइनलाई ८ विकेटले पराजित गर्‍यो ।
यसअघि गत शुक्रबार भएको पहिलो प्रतिस्पर्धामा नेपालले कुवेतलाई ७८ रनको फराकिलो अन्तरले हराएको थियो । रासस
प्रकाशित मिति: २०६९ वैशाख २४ ०१:०५