Wednesday, September 5, 2012

वन कर्मचारीद्वारा दलित युवती बलात्कृत

२० भदौ, वीरगञ्ज । पर्साको विरुवागुठी गाविस निवासी एक दलित युवतीलाई बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीन वन कर्मचारीलाई पक्राउ गरेको छ ।
गाविसको बडनिहार निवासी २० वर्षीया दलित युवतीलाई बलात्कार गरेको अभियोगमा गएराति प्रहरीले गाविस विरुवागुठी-६ का २८ वर्षीय लक्ष्मण श्रेष्ठ, २५ वर्षीय जुम्ल मियाँ र वडा नं. ५ का २५ वर्षीय संदीप गुरुङलाई पक्राउ गरेको हो । गत शनिबार वनमा गएको बेला एक्लै भएको मौका छोपी आफूलाई करणी गरेको भनी पीडित युवतीले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयपर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका युवा जिल्ला वन कार्यालय पर्साले गठन गरेको नाका वन संरक्षण समिति वन गस्तीका कर्मचारी रहेको वन कार्यालयले जनाएको छ । पक्राउ परेका युवामाथि अहिले अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment