Wednesday, September 5, 2012

कसो भेटेनन् कालोमोसो !

२० भदौ, काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका माग पूरा नभए हतियार उठाउँछौं भनेर चेतावनी दिने नेकपा -माओवादीका भ्रातृ संगठन त्यसकै रिहर्सलमा लागेका छन्। केही महिना पहिले विदेशी नाम भएका विद्यालय बन्द गर्ने र विद्यालयका गाडी तोडफोड गर्ने काम गरेर आफ्नो उपस्थिति देखाउन खोजेका उनीहरुले अरु ‘कडा’ कार्यक्रमको तयारीमा छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बिरोध गर्दै आएको माओवादी लगायतका विपक्षी दललाई अहिले आन्दोलनचर्काउने नयाँ मसला मिलेको छ, पेट्रोलियम पदार्थको मूल्यबृद्धि । मूल्यबृद्धिको बिरोधमा ठूलो आन्दोलन नभएपनि विपक्षी दलकायुवा विद्यार्थी संगठनले दिनहुँजसो सामान्य प्रदर्शन गर्दै आएका छन् । माओवादीका विद्यार्थी र अरु भ्रातृ संगठन पनि छुट्टै ढंगको प्रदर्शनमा छन् ।
बुधबार बिहान पनि कांग्रेस, एमाले लगायतका युवा विद्यार्थीले संयुक्त र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरे । अरु संगठन सरकारी क्याम्पस अगाडि प्रदर्शन गर्न व्यस्त रहँदा माओवादीका विद्यार्थी, मजदूरलगायतका भ्रातृ संगठनका कार्यकर्ता खाद्य संस्थान, आयल निगम र साल्ट ट्रेडिङको कार्यालयमा जम्मा भए । उनीहरुमध्ये कसैका हातमा झण्डा थियो । कसैले गोजीमा कालोमोसो पोको पारेर राखेका थिए । एकथरीले नारा लगाउने र अर्काथरीले चाहिं सम्बन्धित संस्थाका पदाधिकारीलाई कालोमोसो दल्ने योजना थियो । ‘भ्रष्ट र अनियमित काम गर्नेलाई कालोमोसो दल्ने योजना थियो’ अखिल क्रान्तिकारीका एकजना नेताले जानकारी दिए ।
को कोलाई कालोमोसो दल्ने भन्ने कुरा उनीहरुले पहिल्यैलिष्ट तयार पारिसकेका थिए । ‘तर हामीले ९ बजेदेखि ११ बजेसम्म धर्ना र नाराबाजी गर्दा लिष्टमा भएका ती व्यक्ति नै आएनन्’ ती विद्यार्थी नेताले भने -’गोजीमा राखेको कालोमोसो त्यत्तिकै खेर गयो ।’ कालोमोसो दल्न नपाएपनि उनीहरुले तीन संस्थानको गेटमा दुई घण्टा धोको फेरेर नाराबाजी र प्रदर्शन गरे । तर मजदूर नेता रामदीप आचार्यले भने कालोमोसो दल्ने योजना नरहेको दावी गरे ।
मूल्यबृद्धि बिरुद्धको आन्दोलनलाई सशक्त बनाउने
मूल्यबृद्धि बिरुद्ध आन्दोलन गर्दै आएका युवा, विद्यार्थी संगठनहरुले बिरोधलाई अझ सशक्त बनाउने बताएका छन् । एमाले, कांग्रेस लगायतका युवा विद्यार्थीहरुले बुधबार रत्नपार्कमा सडक बहस कार्यक्रम गरे । सरकारले मूल्यबृद्धि फिर्ता नगरे कडाआन्दोलन गर्ने उनीहरुको भनाईछ । उनीहरु भन्दा कडा कार्यक्रम ल्याउने बताएको छ, नेकपा -माओवादीले ।
नयाँ नयाँ खुलेको पार्टी भएकोले होला जोश पनि बढी नै देखाउनुपर्यो । त्यसमाथि पार्टीले ७० बुँदे माग राखेर हतियार उठाउनेसम्मको चेतावनी दिइसकेको छ । यस्तो बेला चूप लागेर बस्ने कुरा पनि भएन । त्यसैले मूल्यबृद्धिको निहुँमा माओवादी भ्रातृ संगठनहरुको सरकारलाई र्याख्र्याख्ती पार्ने आन्दोलनको तयारीमा छन् ।
‘भ्रष्टहरुको नाम सार्वजनिक गर्ने, कार्वाही गर्ने र खाद्य भण्डारमा गएर उपभोग्य वस्तु जनतालाई दिने सम्मको कार्यक्रम ल्याउँछौं’ माओवादी निकट मजदूर नेता रामदीप आचार्यले भने । कार्यक्रम अहिले तय भैनसकेकोर छिटै सार्वजनिक गर्ने पनि उनको भनाई छ ।

No comments:

Post a Comment