Tuesday, September 4, 2012

कोरिया जाने नेपालीलाई पाँच वर्षको सामाजिक सुरक्षा

१९ भदौ, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारले पाँच बर्षको सामाजिक सुरक्षा पाउने भएका छन् । दुई मुलुकबीचको पछिल्लो श्रम सम्झौतामा करिब पाँच बर्षको करार अवधि तोकिएपछि एकैपटक पाँचै बर्षको सामाजिक सुरक्षा व्यवस्था गर्न लागिएको हो ।
यसमा विमा कम्पनीको ५ लाख र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको कल्याणकारी कोषको डेढ लाख रुपैयाँ हुनेछ । कोरियामा कामदारको मृत्यु भए ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने खबर कारोबार दैनिकले छापेको छ ।
सामाजिक सुरुक्षा पाँचबर्ष बनाउनका लागि श्रम तथा रोजगार मन्त्रालयमा फाइल पठाइसकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । मन्त्रालयबाट पारित भएपछि यो व्यवस्था लागु हुनेछ ।
कोरिया जाँदा पहिलोपटक तीन बर्षको करार अवधि हुनेछ । त्यसपछि रोजगारदाताले १ बर्ष १० महिना करार अवधि थप गर्न सक्ने व्यवस्था श्रम सम्झौतामा गरिएको छ ।

No comments:

Post a Comment