Saturday, September 15, 2012

पचपन्नझ्याले दरबारका भित्तेचित्र संकटमा

३० भदौ, काठमाण्डौं । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको पचपन्नझ्याले दरबारका आकर्षक मल्लकालीन भित्तेचित्रहरु अहिले संकटमा पर्ने खतरा बढ्दै गएको छ ।
लामो सयमदेखि बन्द गरी हाल हप्ताको एक दिन मंगलबार दरबार खुलाउन थालेपछि अवलोकनकर्ताले जथाभावी रुपमा भित्तेचित्र हातले छुने, फोटो खिच्ने, धुलो, धुँवा र पानीको वाफले गर्दा आकर्षक मल्लकालीन चित्रहरु खचरामा पर्ने भएको खबर गोरखापत्र दैनिकले छापेको छ । प्रतिहप्ता करिब दुई हजारभन्दा बढी व्यक्तिले जथाभावी रुपमा दरबारका तस्वीरहरु अवलोकन गर्न थालेपछि भित्तेचित्रहरु खतरामा पर्ने सम्भावना बढ्दै गएको पुरातात्विकविद्हरुले बताएका छन् ।
केन्द्रीय सांस्कृतिक सम्पदा संरक्षण प्रयोगशालाका प्राविधिक एवम् रसायनविद् ओमप्रकाश यादब पुराना तथा ऐतिहासिक तस्वीरहरुकोअवलोकन गर्दा धेरै कुरामा ख्याल पुर्‍याउनुपर्ने आवश्यतकता औल्याउनुभयो ।

No comments:

Post a Comment