Saturday, September 15, 2012

लामो बाटोका लागि दुई ड्राइभर अनिवार्य

३० भदौ, काठमाण्डौं । सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि गृहमन्त्रालयले लामो रुटमा चल्ने सवारीका साधानमा दुई जना चालक अनिवार्य राख्न निर्देशन दिएको छ ।
पछिल्लो समयमा लामो रुटको यात्रुबस दुर्घटनाबाटविगत बर्षको तुलनामा दर्जनौको संख्यामा मुत्यु हुने घटना बढेपछि मन्त्रालयले कडाइका साथ सो निर्देशन पालना गराउन सरोकारवालालाई निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव एवम् शान्तिसुरक्षा शाखाका प्रमुख शंकर कोइरालाले लामो रुटमा सञ्चालन हुने सवारी साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गरिनुपर्ने बताउँदै त्यसो नगरे सम्बन्धित निकायलाई कडा कारबाही गरिने उल्लेख गर्नुभयो ।
जथाभावी बाटोको स्वीकृति दिँदा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको भन्दैगृहले यस विषयमा पनि कडाइ गर्ने आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।

No comments:

Post a Comment