Thursday, June 26, 2014

इराकबाट ४९ नेपालीले उद्धार मागे

काठमाडौं- द्वन्द्वग्रस्त इराकको दक्षिणी सहर बास्रास्थित एटिके कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ४९ नेपालीले आफूहरू 'असुरक्षित' भएको जनाउँदै यथाशिघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।असुरक्षाका कारण बजारबाट खानेकुरासमेत ल्याउन नसक्ने अवस्थारहेको जनाउँदै उनीहरूले नेपालमा सम्पर्क गरेर जतिसक्दो छिटोउद्धार गर्न भनेका हुन्। 'बास्रास्थित एकै कम्पनी कार्यरत ४९जना नेपाली कामदारले उद्धारको निम्ति पहल गरिदिन आग्रह गरेका छन्,' परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालले बुधबार नागरिकसँग भने, 'हामी निरन्तर उनीहरू र रोजगारदाता कम्पनीको सम्पर्कमा छौं, उद्धारका निम्ति पहल भइरहेको छ।'इराकको उत्तरी भागमा सरकारी र कट्टरपन्थी सुन्नी विद्रोही सेनाबीच सशस्त्र द्वन्द्व चर्किएपछि त्यहाँको सुरक्षा स्थिति नाजुक बन्दै गएको हो। यसबीच सरकारले इराकमा रहेका नेपालीसँग सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेपछि उनीहरूले खबर गरेका हुन्।'बजारबाट खानेकुरा पनि ल्याउन सकिँदैन, स्थिति नाजुक छ भन्दैबास्राबाट फोन गर्नुभएको थियो,' एटिके कम्पनीमा कार्यरत रोशनथापा क्षेत्रीका काठमाडौंमा रहेका ज्वाइँ नवीन कँडेलले बुधबार नागरिकसँग भने, 'उद्धारका लागि छिटो पहल गरिदिन भन्नुभएको छ।'उद्धारका निम्ति गुहार मागेका एटिके कम्पनीमा कार्यरत नेपालीहरू सँगसँगै त्यहाँ गएका होइनन्। कोही दुई वर्षअघि त कोही चार वर्षदेखि काम गर्दै आएका छन्। सुरुमा नियमित तलब पाए पनि पाँच–छ महिनायता अधिकांशलाई कम्पनीले तलबसमेत नदिएको उनीहरूले बताएका छन्।परराष्ट्रले उनीहरूलाई तलब दिलाउन र तत्काल स्वदेश फर्काउन रोजगारदाता कम्पनीसँग सम्पर्क गरिरहेको जनाएको छ। कम्पनीले पनि एक साताभित्र सबै नेपालीलाई स्वदेश पठाइदिने बाचा गरिसकेको छ।सरकारले इराकमा रहेका नेपालीको उद्धारमा सहयोग पुगोस् भनी सञ्चालनमा ल्याएको निःशुल्क टेलिफोन नम्बर र इमेल ठेगानमा सम्पर्क गर्ने क्रम बढेको छ। हालसम्म तीन दर्जनभन्दा बढीले सम्पर्क गरेको प्रवक्ता धितालले बताए। उनका अनुसार सम्पर्क गर्ने अधिकांशले उद्धारका लागि आग्रह गरेका छन्। 'जो–जोसँगराहादनी छ र फर्कन चाहन्छन्, उनीहरूको तुरुन्त उद्धार गर्ने गृहकार्य भइरहेको छ,' उनले भने।केहीले पाकिस्तानस्थित नेपाली दूतावासमा पनि सम्पर्क गरेका छन्। 'कतिले स्वदेश फर्कन ट्राभल डकुमेन्ट छैन भनेका छन्। कतिले कम्पनी तथा मालिकलाई भन्दिनुपर्योन भनेका छन्,' इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनबाट भने। केही दिनअघि चार नेपालीसहित ४८ विदेशी कामदारलाई इराकी सुन्नी विद्रोही समूहले उत्तरी सहर टिक्रिटबाट अपहरण गरेका थिए। टिक्रिट सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारलाई बन्धक बनाइएको थियो। क्रिकुक र टिक्रिटबीचको चेक–प्वाइन्टमा उनीहरूलाई अपहरणकारीले हस्तान्तरण गरेका थिए। अपहरणमुक्त नेपाली कामदार अझै स्वदेश फर्कन सकेका छैनन्। सरकारले उनीहरूलाई स्वदेश ल्याउन आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग समन्वय गरिरहेको छ। आक्रमणमा परी भाग्न सफल अन्य तीनजनालाई समेत नेपाल फर्काउने प्रयास भइरहेको परराष्ट्रले जनायो। सुन्नी विद्रोहीले एक महिनाभित्र राजधानी बग्दाद समेत कब्जागर्ने जनाएपछि थप त्रासको माहौल छ। छिमेकी सिरियाले बुधबार इराकका केही भूभागमा लडाकु विमानबाट आक्रमण गर्दा ५७ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। via nagariknews.com

No comments:

Post a Comment