Saturday, June 28, 2014

५४ नेपाली कम्बोडियामा अलपत्र, नेपालीले नै बोलाएर लुट्छन्

काठमाडौं, असार १४ - क्यानाडा लैजाने भन्दै कम्बोडिया बोलाएर बन्धक बनाई ५४ नेपालीबाट जबर्जस्ती रकम असुलिँदै गरेको पाइएको छ । क्यानाडा पुगेपछि मात्र पैसा दिनुपर्ने सर्तमा थाइल्यान्ड हुँदै कम्बोडिया बोलाइएकालाई त्यहाँ रहेका नेपालीले पैसा लिने गरेको प्रहरीले जनाएको छ । तिनीहरूबाट प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म उठाउने गरिएको छ ।त्यति गरेपछि भियतनाम र लाओसका सिमामा पुर्याएर अलपत्र पार्ने गरेका छन् । नेपालीहरू बिचल्लीमा रहेको खबर पाएपछि इन्टरपोलमार्फत कम्बोडियाको प्रहरीलाई पत्राचार गरिएको प्रहरी प्रवक्ता गणेश केसीले जनाए । 'कुनै पनिमुलुकमा जान निश्चित प्रक्रिया पूरा गरेपछि मात्र पाइन्छ,' उनले भने, 'नेपालबाट नभई दोस्रो वा तेस्रो मुलुक लगेर कसैले भिसा दिन्छु भन्छ भने त्यो ठगी हो ।'कम्बोडिया पुगेर क्यानाडा नपठाउने सुइँको पाएपछि उम्किएर आएका नेपालीले त्यो गिरोहलाई पक्राउ गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । परराष्ट्रले थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै त्यहीं रहेको कम्बोडियन दूतावाससँग सहकार्य गर्न निर्देशन दिएको थियो ।प्रहरीलाई प्राप्त सूचनाअनुसार यो क्रम ७ महिनादेखि चलिरहेको छ । त्यसका लागि 'हाम्रो बजार डट कम' मा क्यानाडा जाने अवसर भन्दै विज्ञापन छापिएको थियो । त्यहीमार्फत उनीहरू सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार एक महिनायता थप २२ नेपालीलाई कम्बोडियादेखि क्यानाडा लैजाने भन्दै उडाउने प्रयास भइरहेको छ ।प्रहरीको सम्पर्कमा आएका सिद्धार्थ महत र रत्नाकान्छी गुरुङले हाम्रो बजार डट कम हेरेर सुबोध घिमिरेसँग सम्पर्क गरेका थिए । सुबोधले नेपालबाट भन्दा सिंगापुरबाट क्यानाडाको भिसा पाउन सहज हुने भन्दै उनीहरूलाई त्यहाँडाकेका थिए । सिंगापुरमा २/३ दिन बसेपछि क्यानाडा उडिने बताएका थिए ।प्रकाशित मिति:२०७१ असार १४ १२:१४ via ekantipur.com

No comments:

Post a Comment