Thursday, September 20, 2012

दूध बेचेर महिनाको नौ लाख आम्दानी

काठमाण्डौं । तनहुँको बन्दिपुर-८ का केशबप्रसाद भट्टराई गाई पालेर लखपति बनेका छन् । उनीसँगै दौतरी वैदेशिक रोजगारमा धमाधम गइरहेका बेला उनले एउटा गाई किनेर पाल्न सुरु गरेका थिए ।
२०५८ सालमा १५ हजार ऋण काढेर एउटा गाई पाल्न सुरु गरेका भट्टराईको फार्ममा अहिले एक सय ३० वटा गाई र १० ओटा भैसी छन् । ती मध्ये आधा जति बाच्छा छन् । गाईले कम्तीमा २० देखि ४० लिटरसम्म दैनिक दुई पटक दुध दिन्छन् । ‘झण्डै तीन करोड लगानी पुगेको छ,’ उनले भने दैनिक सफलता हात लागेपछि गाइपालन व्यवसायमा लगनी थपेको हुँ, सोचेभन्दा राम्रो छ ।
बन्दिपुर-८ यम्पाफाँटमा ६५ रोपनी जग्गा १० बर्षका लागि भाडामा लिएर उनले ‘भट्टराई गाई फाम’ सञ्चालन गरिरहेका छन् । दैनिक सातदेखि आठ सय लिटर दूध पोखराको फिस्टेल डेरीलाई बेच्ने भट्टराईले मासिक नौ लाख आम्दानी गर्छन् ।
घर परिवार बाहेक १० जनालाई रोजगार दिएका भट्टराईका अनुसार दानापानी, तलब लगायत मासिक ६ लाख
रुपैयाँ खर्च कटाएर मासिक तीन लाख रुपैयाँ नाफा हुँदै आएको छ ।
केशवप्रसादले सुरु गरेको गाईफार्मलाई अहिले उनका दुई छोराले धानेका छन् । जेठो छोरा २० बर्षका सूर्यप्रसाद र कान्छा १८ बर्षका सुलोचनले बुवाले गरेको व्यवसायलाई सम्हालेको खबर नागरिक दैनिकले छापेको छ ।
भट्टराईले चितवन, पोखरा, काठमाण्डौंबाट लगेका होलिस्टिन फि्रजन, ब्राउन स्विस, जर्सी, इन्डियन जर्सी जातका गाई पालेका छन् । यी मध्ये होलिस्टिन फि्रजन जातको गाईले एक बेतमा झण्डै नौ हजार लिटर दुध दिने गरेको छ ।

No comments:

Post a Comment