Sunday, September 16, 2012

बाबुरामलाई जता पनि बादलकै बाधा जुम्ला पुगेका भट्टरार्इ सिमरामा

ाडौं । पहिले पार्टीमा सँगै काम गरेका नेता बादलले छाडेपनि आकाशको बादलले भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हैरान बनाएको छ । बादलकै कारण पूर्व घोषित धेरै कार्यक्रम स्थगित गर्दै प्रधानमन्त्री पश्चिमबाट पूर्व पुगेर अड्कनुभएको छ । हरेक महिना गाउँ जाने कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई यसपटक जुम्ला जाने रहर लाग्यो । केही दिनअघि मात्रै सडक दुर्घटना भएको ठाउँ र कणर्ालीको विकट अवस्थालाई प्रत्यक्ष नियालेर स्थानीय निकायलाई आवश्यक निर्देशन दिने उहाँको योजना थियो । यो योजना अनुसार उहाँ मुख्य सचिव, सचिव सहितका दलबल पछि लगाएर जुम्लाको लागि निस्कनुभयो । पश्चिम क्षेत्रमा बढी सकृय रहेको मनसुनको कारण जाने बेलामै प्रधानमन्त्री अप्ठेरोमा पर्नुभयो । उहाँ चढेको हेलिकोप्टर शनिबार बिहान बाँकेको कचेनामा आकस्मिक अवतरण गर्यो । मौसम केही खुलेपछि शनिबार उहाँ जुम्ला पुग्नुभयो । स्थानीयबासिन्दासँग भलाकुसारी गर्नुभयो । आइतबार कालिकोट पुगेर काठमाण्डौ र्फकने प्रधानमन्त्रीको योजना थियो । यस अनुसार आइतबार बिहान उहाँ सहितको टोलीले जुम्लाको सिँजा उपत्यका र कणर्ाली राजमार्गको हेलिकोप्टरबाटै निरीक्षण गर्यो । त्यसपछि कालिकोटको मान्माको लागि उडेका उनीहरु खराब मौसमको कारण अघि बढ्न सकेनन् । सुर्खेतमा आकस्मिक अवतरण गर्नुपर्यो । सुर्खेतमा मौसम केही सफा देखेपछि हेलिकोप्टर काठमाडौंको लागि उड्यो । तर फेरि बादलले छेक्यो । हेलिकोप्टर दाङ भालुवाङको सशस्त्र प्रहरीको बेस क्याम्पमा पुग्यो । त्यहाँ खाना खाएर सबैले आकाश हेरे । अब त जान सकिएला कि भनेर टोली भैरहवाको आकाश हुँदै राजधानीतिर लाग्यो । तर बादलले फेरि बाधा पुर्यो । त्यहाँबाट भरतपुर, हेटौंडा हुँदै हेलिकोप्टर सिमरा बिमानस्थलमा पुगेर अवतरण गरेको छ । सिमराबाट हेलिकोप्टरमा उड्ने सम्भावना नभएपछि प्रधानमन्त्री बुद्ध एयरबाट राजधानी र्फकने सुरसारमा हुनुहुन्छ । टोलीका अरु सदस्य भनेर आकाश हेरेर सिमरामै अड्केका छन् । मौसमको अवस्था नै नबुझी उडेका प्रधानमन्त्रीले यसपटक जनताको ठाउँ भन्दा आकाशको बाटो बढी कुद्नुपर्यो ।

No comments:

Post a Comment