Tuesday, September 18, 2012

प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै मन्त्रीले दिए राजीनामा

२ असोज, काठमाडौं । बाबुराम भट्टराई सरकारले राजनीतिक सहमति जुटाउन नसकेको भन्दै भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले राजीनामा दिएका छन् ।
नेकपा संयुक्तका अध्यक्ष समेत रहेका मन्त्री जोशीले सहमतिका लागि सरकारमा गएको तर प्रधानमन्त्रीले कुनै पहल नगरेको, अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै राजीनामा बुझाएका हुन् । यसअघि जोशीको पार्टी नेकपा संयुक्तको केन्द्रीय सचिवालयले सरकारले अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो पटक एमाले सहित साना दलका मन्त्री थप्दा जोशी भूमिसुधार मन्त्री बनेका थिए। संविधान लेखनका अधिकांश विषयमा माओवादी, कांग्रेस, एमाले तथा संयुक्त मधेसी मोर्चाबीच सहमति भएको अवस्थामा नेकपा संयुक्त सरकारमा गएको थियो।

No comments:

Post a Comment