Saturday, June 28, 2014

पूर्वराजाबाट खर्च लिएर राजतन्त्रको वकालत, ज्ञानेन्द्रवाट २ करोड लिएको खुलासा


0 0 १४ असार, काठमाडौँ । हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ । राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन् । उनीहरुले पूर्वराजासहित चुनावमा चन्दा दिने १६ जनाको नाम समेत पर्चामार्फत सार्वजनिक गरेका छन् । पर्चामा जनाइएअनुसार अध्यक्ष थापाले पूर्वराजा शाहबाट १ करोड ९५ लाख रुपैयाँ खर्च लिएको उल्लेख छ । आजको राजधानी दैनिकले समाचार छापेको छ । संविधानसभा चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १० करोड चुनाव खर्च मागेकोमा करिव २ करोड मात्रै आएपछि पूर्वराजासँग अध्यक्ष थापा असन्तुष्ट बनेका छन् । सोही कारण गत महिना सम्पन्न महाधिवेशनमा विधानबाट राजतन्त्र हटाउने बिषयमा छलफल गराइ ज्ञानेन्द्रलाई मागेजति रकम पठाउन सन्देश दिन खोजेको असन्तुष्ट नेताहरुको बुझाइ रहेको छ । महाधिवेशनको बन्दसत्रमा पार्टी लविधानमा संवैधानिक राजतन्त्र नराखी हिन्दू राज्य स्थापनाका लागि आन्दोलन जारी राख्ने अध्यक्ष थापाले अभिव्यक्ति दिएपछि त्यसको राजतन्त्रका समर्थकहरुले आलोचना गरेका थिए । त्यसपछि बाध्य भएर राप्रपा नेपाल संवैधानिक राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि क्रियाशिल रहने राजनीतिक लाइनमा अडिग रहन पुगेको थियो । असन्तुष्ट नेताहरुले प्रकाशित गरेको पर्चामा व्यापारी राजकुमार अग्रवालबाट डेढ करोड, श्याम टिवडेवालबाट डेढ करोड, लीलादेवी श्रेष्ठबाट १ करोड ३५ लाख रुपैयाँ , दिलविकास राजभण्डारीबाट १ करोड ४५ लाख रुपैयाँ चुनाव खर्च लिइएको उल्लेख छ । via onlinekhabar.com

No comments:

Post a Comment