Tuesday, June 4, 2013

४ सय विदेशी नेपाल प्रहरीको निगरानीमा

२१ जेठ, काठमाण्डौं । विभिन्न बहानामा लामो समयसम्म नेपाल बस्दै आएका
विदेशी नागरिकमाथि प्रहरीले निगरानी बढाएको छ । संगठित तथा आर्थिक
अपराधका घटनामा एकपछि अर्को गर्दै विदेशी नागरिकको संलग्नता देखिन
थालेपछि प्रहरीको विशेष टोली उनीहरुका दैनिक गतिविधिमाथि आँखा गाड्न
थालेको हो ।
प्रहरीले व्यापार/व्यवसाय र परामर्शदाताका नाममा बसाइ अबधि लम्बाउँदै
आएका विदेशीको तथ्यांक संकलन गरेर अध्ययन अघि बढाएको छ ।
व्यापार/व्यवसाय, अध्ययन/अध्यापन, गैरसरकारी संस्थाका नाममा भित्रिएका
परामर्शदातालगायत करिब ४ सय विदेशी सूक्ष्म निगरानीमा रहेको प्रहरीले
जनाएको खबर कारोबार दैनिकले छापेको छ । यो संख्या नेपालमा रहेका
बहुराष्ट्रिय कम्पनी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीबाहेकको हो ।
पश्मिना र ह्यान्डीक्राफ्ट व्यवसायमा संलग्न ४० भन्दा बढी भारतीय नागरिक
पनि निगरानीमा छन् । प्रहरीको रिपोर्टअनुसार उनीहरु २०२० सालदेखि निरन्तर
रुपमा नेपाल बसेर व्यापार व्यवसाय गरिरहेका छन् ।

No comments:

Post a Comment