Sunday, July 29, 2012

जागिर लगाइदिन्छु भन्दै लाखौं ठगी गर्ने चौधरी पक्राउ

१४ साउन, काठमाडौं । प्रहरी तथा सेनामा जागिर लगाईदिने तथा बिभिन्न देशहरुमा पठाइदिने भन्दै लाखौं ठगी गर्ने राम एकबाल चौधरीलार्इ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
बसुन्धारा बस्दै आएका बारा अमरपट्टी-४ का चौधरीले आफू मेट्रो पोष्ट दैनिकको पत्रकार भएको र आफनो चिनजान र पहुँच ठुलो ठुलो ओहदाको मानिसहरुसँग रहेको भनि ठगी गर्ने गरेका थिए ।
चौधरीले ४७ जना ब्यक्तिहरुबाट ६७ लाख ७७ हजार रुपैया उठाएको सम्पर्कमा आएका पिडीतहरुबाट पुष्टी हुन आएको सीआईबीले जनाएको छ ।उनले प्रहरी र अनुसन्धानमा मा जागिर लगाईदिन्छु भनि २६ जनाबाट ४८ लाख ५७ हजार, सेनामा जागिर लगाईदिन्छु भनि ६ जनाबट १ लाख २० हजार, बिदेश पठाईदिन्छु भनि ८ जनाबाट १३ लाख, डेनमार्क राजदूतावासमा सेक्युरिटी गार्डको नोकरी लगाईदिन्छु भनि ५ लाख, ठगेको सीआईबीले जनाएको छ । यस्तै भू.पू. कर्मचारीहरुको प्रयोग गरी रकम उठाउने गरेको र यसरि उठाईएको रकम मध्ये केही रकम उठाउनेलाई पनि दिने गरेको पाइएको छ ।
हिमालयन टाइम्स र मेट्रो पोष्ट दैनिक लगायतका पत्रिकामा आवद्ध रही पत्रकारिता गरेको र हाल आफू फ्री ल्यान्सरको रुपमा पत्रकारिता गरिरहेको दावी गरेका चौधरीको साथबाट IFJ को सदस्यता कार्ड समेत बरामद भएको छ । उनी महामन्जु श्री बिद्यालय स्वम्भूमा अध्यापन गराउँदै आएको पाइएको छ ।
चौधरीलार्इ ठमेलस्थित लागोस भिट्टा रेष्टुरेण्टबाट र ठगी कार्यमा संलग्न अन्य ४ जनालाई बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोका बुझाइएको सीआईबीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा दार्चुला गोकुलेश्वर-४ गोकुलेका रामदत्त बिष्ट, खलंगा-४ का दिलराज निरौला, प्रविण भन्ने अनिष निरौला र रा,निजगढ-३ शहिदचौकका संजोग खतिवडा रहेका छन् ।

No comments:

Post a Comment