Wednesday, July 18, 2012

प्रहरीले हराएको एसएलआर फेला पार्न सकेन, बुझाउनेलाई ५० हजार पुरस्कार दिने घोषणा

पर्सा, साउन ३- पर्साका प्रहरी उपरीक्षक पीताम्बरअधिकारीले प्रहरी जवान डम्बरबहादुर माझीको हातबाट हराएको एसएलआर हतियार पाएर बुझाउने वा पाएको सूचना दिने व्यक्तिलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका छन्।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले मङ्गलबार साँझ पत्रकारहरुलाई पुरस्कार घोषणाको विषयमा जानकारी दिएका हुन्।
गत असार २६ गते ड्युटी सकेर फर्किँदा माझीले लिएको एसएलआर बन्दुक गायब भएको र अहिलेसम्मको अनुसन्धानबाट फेला नपरेकाले पुरस्कार राशीको घोषणा गरिएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए।
यस विषयमा उनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिसमेत गठन भएको छ। रासस
सम्बन्धित समाचार

No comments:

Post a Comment