Wednesday, September 19, 2012

शिक्षकले कुटेपछी छात्राको मृ्त्यु

३ असोज, एजेन्सी । कक्षामा अघिल्लो सिटमा बस्ने विषयलाई लिएर शिक्षकले नौ
कक्षामा पढ्ने एक छात्रालाई पिट्दा मृ्त्यु भएको छ । लखनउको एक
विद्यालयका शिक्षकले पिटेपछी बेहोस भएकी सिमा गुप्तालाई अस्पतालमा
उपचारका लागी लगिएको थियो तर उनको ज्यान भने चिकित्सकहरूले बचाउन सफल
भएनन् ।
उनको मृत्यु भएपछी उनलाई अन्तिम संस्कार अनुसार गाडियो । यता सिमाका
परिवारले शिक्षकविरूद्ध मुद्धा हाले । यसपछी प्रहरीले छानबिन सुरू गर्ने
क्रममा सिमाको लास चिहानबाट निकालेर पोष्टमार्टम गर्दा सिमाको मृ्त्यु
टाउकोमा चोट लागेका कारण भएकोपत्ता लागेको थियो । शिक्षकले पिट्ने क्रममा
उनको टाउकोमा चोट लागेका कारण उनको मृ्त्यु भएको पोष्टमार्टम रिपोर्टले
देखाएको थियो । यसरी शिक्षककै पिटाईका कारण सिमाको मृ्त्यु भएपछी
प्रहरीले शिक्षकको खओजी गरिरहेको छ ।

No comments:

Post a Comment