Tuesday, June 4, 2013

डनका घर नभेटेर अदालतका कर्मचारीलाई हैरान

२१ जेठ, काठमाण्डौं । अनियमित तवरबाट आर्जन गरेको करोडौं रुपियाँलाई
शुद्धीकरण गरेको आरोप लागेका पाँचजना डनको घर धेरै कोसिस गर्दा पनि
काठमाण्डौं जिल्ला अदालतका तामेलदारहरुले पत्ता लगाउन सकेका छैनन् ।
ती डनहरुको घर पत्ता लगाउन नसकेपछि विशेष अदालतले जारी गरेको उनीहरु
विरुद्धको म्याद हालसम्म पनि तामेल हुन नसकेको काठमाण्डौं जिल्ला अदातका
तामेली शाखाका प्रमुख कृष्ण गिरीले जानकारी दिएको नेपाल समाचारपत्र ले
खबर छापेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी क्रियाकलाप गरी करोडौं रुपियाँ
आर्जन गरी शुद्धीकरण गरेको आरोपमा नाम चलेका डनहरु अभिषेक गिरी, चक्रे
मिलन भन्ने मिलन गुरुङ, परशुराम भन्ने कृष्ण बस्नेछ, दीपक मनाङे भन्ने
राजीव गुरुङ र गणेश लामा विरुद्ध १० दिनअघि विशेष अदालतमा मुद्धा दायर
भएको थियो । विशेष अदालतले ती डनको नाममा जारी गरेको म्यादलाई तामेली
गर्न काठमाण्डौं जिल्ला अदालतको तामेली शाखामा मुद्धा दायर भएको
भोलिपल्टै पठाएको थियो ।
उनीहरुलाई दिएको सूचनाका आधारमा डनहरुको घर खोज्न जाँदा नभेटिएको
तामेलदार छविलाल पोखरेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment