Wednesday, September 26, 2012

उपत्यकामा भेटियो किंग कोब्रा (तस्बिरसहित)

याम भट्ट, काठमाडौं, असोज १० -उपत्यकामा पहिलो पटक फर्पिङमा साढे पाँच
फिट लामो किंग
कोब्रा सर्प भेटिएको छ । भेटिएको कोब्रालाई विज्ञहरूले पहिचान गरी प्राकृतिक
बासस्थानमा छाडेका छन्। चार दिनअघि स्थानीय सुरेन्द्र महर्जनले आफ्नो
खाटमा सर्प देखेपछि स्थानीयको सहयोगमा पक्रेर
पुलिसलाई बुझाएका थिए। सर्प पहिचानमा नआएपछि प्रहरीले सर्प र पन्छीमा
काम गरिरहेका संस्था र
विज्ञहरूको सहयोग लिएको थियो। रूट्स एन्ड सुट्स संस्थाले पक्राउ गरेको
सर्प किंग कोब्रा भएको पहिचान गरेको थियो। सरिसृप विज्ञ
प्राध्यापक करनबहादुर शाहले पक्राउ गरेको सर्प किंग कोब्रा भएको प्रमाणित
गरेका थिए।
'स्वयम्भुमा केही वर्ष अघि मृत अवस्थामा भेटिएको ९ फिट लामो किंग कोब्रा बाहेक
उपत्यकामा पहिलो पटक जीवितै भेटिएको हो',शाहले भने। कोबरालाई स्थानीयले
अन्धो सर्प भनी चिन्ने गरेका छन्। यो विश्वकै धेरै विष
भएको सर्पको कोटीमा आउँछ। १८ फिट सम्म लामो हुने कोबरा ओसिलो वातावरण
हुने र बाक्ला र
बढी पानी पर्ने वनमा पाइन्छ। वनस्पति तथा वन्यजन्तुको अवैध व्यपार
सम्बन्धि अभिसन्धि साइटिसले महत्वपूर्ण मान्दै किंग कोब्रालाई दोस्रो
अनुसूचिमा राखेको छ।

No comments:

Post a Comment