Wednesday, September 26, 2012

चिडियाघरभित्रै छिरेर एक बघिनी टुक्राटुक्रा बनाए शीकारीले

१० असोज, एजेन्सी । अरूणाचल प्रदेशको राजधानी ईटानगरमा शिकारीहरूले एक
चिडियाघरमा छिरेर एक बघिनी मारिदिएका छन् । सोमबार बेलुकी चिडियाघर
छिरेका ती शिकारीहरूले एक बघिनीलाई टुक्रा टुक्रा पारेर मारिदिएका छन् ।
यसरी टुक्रा-टुक्रा गरेपनि उनीहरुले उक्त बघिनीलाई भने त्यहाँबाट लैजान
सकेनन् ।
यता प्रहरीले भने ती शीकारीलाई पक्राउ गर्न सकेको छैन् । राज्यको वन
विभागले यस घटनाबारे छानविन गर्न आदेश दिएको छ । बिबिसीले दिएको रिपोर्ट
अनुसार ती शिकारीहरूले सुरक्षाकर्मीहरू खाना खान गएको मौका छोपी बघिनीलाई
मारेका थिए । जब सुरक्षाकर्मीहरू खाना खाएर फर्के शिकारीहरू बघिनीलाई
मारेर भागिसकेका थिए । मारिएकी बघिनी मात्र ६ वर्षकी थिइन् ।

No comments:

Post a Comment