Sunday, September 23, 2012

बच्चा जन्माएर हत्या गरेपछि….

ी ७ असोज सोलुखुम्बु । बच्चा जन्माएर हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक
महिला पक्राउ परेकीछन् । स्थानियबासीको उजुरीको आधारमा सोलुखुम्वु
सल्यान-६ की निमा पसी शेर्पालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले
नियन्त्रणमा लिएर अनुसन्धानका लागि थुनामा राखेको छ ।
ईलाका प्रहरी कार्यलय नेचाका प्रहरी निरीक्षक सहितको टोलीले पसी
शेर्पालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको हो । २९
वर्षकी शेर्पाले भदौ ३० गते बच्चा जन्माएकी र ३१ गते हत्या गरी घर
नजिकैको जंगलमा खाल्डो खनी गाडेको स्थानीयबासीले बताएका छन् ।
स्थानीयले थाहा पाएर गाउँमा हल्ला हुन थालेपछि पुनः बच्चालाई खाल्डोवाट
निकालेर घरको सिलिङभित्र लुकाईएको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक
सुधन सिँ बस्नेतले आफूहरु अनुसन्धानको क्रममा रहेको बताउनु भयो ।
उहाँले बच्चा उक्त महिलाको भए नभएको विषयमा अनुसन्धानका लागि डाक्टरबाट
जाँच गराउनु पर्ने भएकाले प्रतिवेदन नआएसम्म केही भन्न नमिल्ने बताउनु
भयो

No comments:

Post a Comment