Thursday, November 22, 2012

प्रचण्ड पिट्नेलाई यसरी जोगाएँ

हाम्रो पार्टी नेकपा एकीकृत माओवादीले नेपाल सम्वत् ११३३ को अवसर पारेर
भृकुटीमण्डपमा चियापानको आयोजना गरेको थियो । विगतमा ठूला सार्वजनिक
कार्यक्रम गर्दा भित्री सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा वाइसीएलको
हुन्थ्यो । गत वर्ष भृकुटीमण्डपमै भएको चियापानमा पनि मञ्च बनाउनेदेखि
मञ्चको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी वाइसीएलकै थियो । तर, यसपटक
हामीलाई मञ्च बाहेकको मात्रै सुरक्षात्मक जिम्मेवारी थियो । मञ्चको
सुरक्षाको काम वुद्धिजिवी संगठनको थियो ।सुरक्षाको औपचारिक जिम्मेवारी
नभए पनि चियापान कार्यक्रम सुरु भएपछि अस्तव्यस्तता र भद्रगोलको अवस्था
देखेपछि मञ्चबाहिर लाइनमिलाउने काममा हामीले अग्रसरतालियौं । हात मिलाउन
आएका मान्छेहरुको साथमा रहेको झोला र हेलमेट लगायतका समान लैजान नपाउने
व्यवस्था तत्काल गर्‍यौँ ।
हामी उपत्यका वाइसीएलका करिब दुई सयजना कार्यक्रमस्थलमा थियौं । त्यसको
समग्र नेतृत्व राजु खड्का र चन्द्रबहादुर थापाले गरेको भएपनि फिल्डमा
हामी गर्‍यौँ । राजनीतिक दलका नेताहरूले सम्बोधन गरेर गएपछि चियापान
सकियो । मञ्च छेउमा रहेका हाम्रा साथीहरु खाजा खान गएको अवस्था थियो । म
मञ्च नजिकैथिएँ । अध्यक्ष प्रचण्डमाथि हात मिलाउन लाइनमा बसेका एक युवाले
हात उठाए, उहाँको चश्मा खस्यो । अध्यक्षको सुरक्षामा खटिएका एकजना र
प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका एक प्रहरीमध्ये एकले
खुट्टा र अर्काले टाउकोतिर समातेर उसलाई तत्काल तल फाले । त्यो युवक
मञ्चको अगाडि पत्रकारका लागि बस्न राखिएको कुर्सीमा बजारियो । लगत्तै
उसमाथि त्यहाँ रहेका पार्टी कार्यकर्ताले कुटपिट गर्न थाले।
घटनाबारे अनभिज्ञ धेरैलाई र खास गरी प्रहरीलाई पनि त्यहाँ के हुँदैछ
भन्ने अनुमान लगाउन कठिन भयो । के भएको हो भन्नेबारेहामी एक-दुई जनाबाहेक
अरुले चाँडो थाहा पाएनन् । हामीसँगै महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी
जीवन श्रेष्ठ र उनीसँग रहेका तीनजना प्रहरी जवान थिए । आक्रोशित भीडबाट
ती युवामाथि लगातार आक्रमण हुन थालेपछि मेरो दिमागमा एक्कासी उसलाई मर्न
दिनुहुन्न भन्ने कुरा 'क्लिक' भयो । मसँगै थिए वाइसीएल ललितपुरका सदस्य
कवि गौतम 'विनय'। उनी, म र केही प्रहरी भएर आक्रमणकारीहरूबाट ती युवालाई
बल्लतल्ल फुत्काएर भृकुटी मण्डपको गेटसम्म पुर्‍यायौं । तर पनि कुटपिट
रोकिएको थिएन ।
अध्यक्ष प्रचण्डमाथि हातपात गनर्एे युवकलाई हामी नै जोगाउन लागेको देखेर
हामीलाई चिन्नेहरु यसलाई कुट्न हुने रहेनछ क्यार भन्ने ठानेर पाखा लागे ।
तर, अरु नयाँले आउँदै पिट्दै गर्न थाले । चियापानमा आएका हामीलाई
नचिन्नेहरूले विनय र ममाथिसमेत हातपात गरे । वा, भनांै उसलाई प्रहार
गर्दा हामीलाई पनि लाग्यो । प्रहरीहरुले उनलाई भ्यानमा राखेर बाहिर
लैजाने कुरा गरे । मैले भनें 'ड्राइभर र गाडीको पत्तो छैन, गाडी यहाँसम्म
आउञ्जेल यसरी नै कुटपिट भइरहने हो भने यिनी मर्छन् ।' त्यहाँ रोकिनु
भनेको थप आक्रमण निम्त्याउनु थियो । मलाई लाग्यो, यो गल्ती गर्नुहुन्न ।
गाडीमा राखेर लान थालेको बुझेपछि भीडमा रहेका केहीले मूलगेट नै बन्द गर्न
खोजे । त्यसपछि जति ढिला गर्‍यो, त्यति परिणाम बेठीक आउँछ भन्ने
निस्कर्षका साथ उसलाई नजिकै रहेको पुुरानो महेन्द्र प्रहरीक्लब र हालको
महानगरीय प्रहरी सहायता कार्यदलभित्र लगियो । त्यो युवालाई सुरक्षित गरेर
बाहिर आउँदा प्रहरी कार्यालयकोगेटमा हाम्रा साथीहरु चर्को नारा लगाइरहेका
थिए । नारा लगाउने साथीहरूको माग थियो, अध्यक्षमाथि आक्रमण गर्नेलाई
सार्वजनिक गेरर फाँसी दिनुपर्छ।
अध्यक्ष प्रचण्ड हाम्रो शीर्ष नेतृत्व हुनुहुन्छ । उहाँलाई आक्रमण
गर्नेलाई छुट दिनुपर्छ भन्ने आशय त मेरो पनि थिएन । तर, उसलाई कुटेर
मारिएको भए के नेपालको राजनीतिमा त्यो एउटा असामान्य परिघटना हुने थिएन ?
सरकारको नेतृत्व गरिरहेको पार्टीका कार्यकर्ताको कुटाइबाट सार्वजनिक
स्थलमा कसैको ज्यान गएको भए के त्यसको परिणाम सहज हुन सक्थ्यो ? मैले
रामहरि श्रेष्ठ प्रकरण दोहोरिने खतरा देखेर उसलाई बचाउनुपर्छ भन्ने
निर्णय लिएकोहुँ । आफ्नो शीर्षस्थ नेतृत्वमाथि आक्रमण हुँदा रीस उठ्ने
कुरालाई सामान्य मान्न सकिएला, तर के उ मरेको भए त्यसको सबैभन्दा बढी
नोक्सानी हाम्रो पार्टी र माओवादी आन्दोलनमा पर्ने थिएन ? तर, त्यतिखेर
हाम्रो पार्टीका केही नेतादेखिकार्यकर्तासम्मले यो कुरामा विचार
पुर्‍याएजस्तो मलाई लागेन ।
शान्तिप्रक्रियामा आएदेखि नै अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतृत्वलाई
युद्ध अपराधीको अभियोगमा 'हेग' मा उभ्याउनुपर्छ भन्ने अभियानमा एकथरि
अभिजात वर्गका मानिसहरु लागेकै छन् । मेरो विचारमा यदि त्यो युवक
कुटपिटबाट मरेको भए प्रचण्डलाईहेग लाने बाटो खुल्न सक्थ्यो । त्यतिखेर
हेग अभियानमा लागेकाहरू सबैभन्दा खुसी हुने थिए । देशको राजनीतिले नै
अर्को मोड लिन पनि सक्थ्यो ।राजनीतिक नेतृत्वमाथि थप्पड प्रहार भएकोयो नै
पहिलो घटना होइन । यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथि सुनसरीमा र
काँग्रेस सभापति सुशील कोइरालामाथि काठमाडौंमै कार्यकर्ताले हात लगाएका
थिए । ती दुवै घटनामा संलग्नले माफी पाउने, अनि गलतै भएपनि प्रचण्डमाथि
हात उठाउनेले चाहिँ सार्वजनिक सञ्चारमाध्यमका अगाडि दिनदहाडै मृत्युदण्ड
पाएको भए के हुन्थ्यो होला ? यो कुरा नबुझेर ममाथि पार्टीभित्रैका केही
मान्छेले अनेकथरि आरोप लगाए र लगाइरहेका छन् । मलाई मान्छेहरूले भनिरहेका
छन् । 'प्रचण्डलाई मायाँ गरेजस्तो पनि गर्ने अनि आक्रमणकारीलाई पनि
जोगाउने', यो द्वैध चरित्र भयो ।
कतिपयले समाचार दैनिकको प्रसंगलाई पनि यसैमा जोड्ने गरेको सुनेको छु ।
पार्टीको योजना र हाम्रो पहलमा समाचार दैनिक सात महिनासम्म चल्यो । पछि
त्यो बन्द भयो । समाचार बन्दभएपछि म एकपटक मात्र लाजिम्पाट पुगेको छु ।
त्यसयता मेरो र प्रचण्डबीच भेटघाट पनि भएको छैन । समाचारको प्रकाशन जसरी
बन्द भयो, अवश्य पनि त्यसमा मसहित हाम्रो टीमका केही गुनासा छन् । म
कसैमाथि आरोप लगाउन त चाहन्न, तर के नेतृत्वकोवैचारिक र भौतिक दुवै
सुरक्षाका लागि सधैं सचेत भइरहने म प्रचण्डविरोधी र परिणामको ख्यालै नगरी
उग्रता देखाउनेहरु धुरुन्धर प्रचण्ड पक्षधर हुनसक्छन् ?
टेलिभिजनको पर्दामा आक्रमणकारी युवालाई जोगाउन मैले खेलेको भूमिका देखेर
स्वदेश र विदेशबाट समेत साथीहरुले टेलिफोन गरेर बधाइ दिइरहेका छन् ।
त्यतिमात्र होइन, हाम्रो पार्टीबाट अलग्गिएर गएको वैद्य माओवादीभित्र यो
पहलकदमीबारे सकारात्मक कुरा हुन लागेको छ भन्ने सुनेको छु । जबकि
उनीहरूको समूहभित्रका केही मान्छे एउटै पार्टीमा छँदा पनि मप्रति कहिल्यै
सकारात्मक थिएनन् । यसबाट पनि मलाई झन् ठीकगरिएछ भन्ने लाग्न थालेको छ ।
घटनापछि बसेको पार्टी पदाधिकारी बैठकले अध्यक्षमाथि भएको हातपातबारे जुन
निस्कर्ष निकाल्यो, त्यसबारे भन्दा पनि बाहिर प्रचारात्मक जे भयो, मेरो
विचारमा त्यसो नगरेको भए हुन्थ्यो । निश्चय नै घटना अराजक, निन्दीय र
गम्भीर हो । तर, पार्टीका तर्फबाट जसरी त्यसलाईसामान्यीकरण गरिनुपथ्र्यो
त्यो हुन सकेन ।
(लेखक एमाओवादी सम्वद्ध हुन्)
यसमा तपाइको मत

No comments:

Post a Comment