Monday, October 8, 2012

बन्धक बनाई राखेका ३ युवतीको उद्धार

२२ असोज, भक्तपुर । अपहरण गरी बन्धक बनाई राखेका रामेछाप जिल्ला सुइटी
गाविस–९ बस्ने ४२ वर्षीय गोपाल दमाईलाई प्रहरीले शकुसल उद्धार गरेको छ ।
निजलाई आज बिहान ४ बजे काठमाडौँ गोठाटारबाट तीन जना अपरिचित व्यक्तिले
अपहरण गरी गंगबु मित्रनगरमा रहेको महालक्ष्मी गेष्ट हाउसको कोठा नम्बर
३१२ मा बन्धक बनाई राखेकोअवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
उक्त अपहरण घटनाका शंकास्पद जोरपाटी बस्ने इलाम जिल्ला पशुपतिनगर–९ घर
भएका २० वर्षीय प्रजन राई, २५ वर्षीय राजन चाम्लिङ र पाँचथर जिल्ला
अम्वापुर–५ घर भएका २५ वर्षीय रमेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर
थप अनुसन्धान गरिरहेको छ । रासस
Comments:

No comments:

Post a Comment