Thursday, November 22, 2012

सात दिनभित्र मदिराजन्य होर्डिङबोर्ड हटाउःमन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर ७ - उपप्रधान एवं स्थानीय विकासमन्त्री नारायणकाजी
श्रेष्ठले सात दिनभित्र मदिराजन्य होर्डिङबोर्ड हटाउन काठमाडौं
महानगरपालिकालाई निर्देशन दिएका छन् । महानगरको छड्के जाँच गर्ने क्रममा
बुधबार मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् । स्थानीय विकास
मन्त्रालयका कर्मचारीको टोलीसहित बिहान १०:१० मा महानगर पुगेका मन्त्री
श्रेष्ठले तीन घन्टा छड्के जाँच गरेका थिए ।
विगत केही दिनदेखि सहरमा मदिराजन्य होर्डिङबोर्डकोसंख्या बढ्दै गएपछि
मन्त्री श्रेष्ठले तत्काल हटाएर बक्यौता राजस्व रकम दाखिला गर्न
निर्देशनसमेत दिएका थिए । सहरका विभिन्न स्थानमा विगत केही दिनदेखि
रुस्लान, चिप्स भोड्का, रेड लेबल रक्सीका होर्डिङबोर्ड छ्यापछ्याप्ती
रूपमा राखिएका छन् । सहरभरि सात सयभन्दा बढी होर्डिङबोर्ड भए पनि
महानगरमा ८० भन्दा बढीले मात्र अनुमति लिएका छन् ।
विभिन्न सञ्चारमाध्यममा मन्त्री श्रेष्ठले मदिराजन्य होर्डिङबोर्ड राख्न
निर्देशन दिएको भन्ने समाचार प्रकाशित भए पनि आफूले त्यसो नगरेको उनले
बताए । महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले मन्त्रीले
कार्यालय अवधिभर उपस्थित नहुने कर्मचारीलाई कारबाही गर्न निर्देशन
दिएकोसमेत बताए । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले महानगरका जिन्सी
सामान खरिद, बिक्री तथा पूर्वाधार निर्माणका काममा समेत पारदर्शिता
देखाउननिर्देशनसमेत दिएको उनले बताए । आर्थिक अनियमितता कम गर्न र राजस्व
संकलनमा तीव्रता बढाउन उनले पटक- पटक कर्मचारीलाई निर्देशन दिएका थिए ।
मापदण्डविपरीत निर्माण भइरहेका घरबारे पनि मन्त्रीश्रेष्ठले चासो राखेका
थिए । निर्माणाधीन घरबारे तथ्यांक र अभिलेख राख्नसमेत निर्देशन दिएका थिए
। तीघरहरू के कसरी निर्माण भइरहेका छन् भन्नेबारे पनि मन्त्रीले जानकारी
लिएका थिए । कर नतिरेका व्यवसायी र घरजग्गाधनीलाई कडाइ गर्नसमेत उनले
कर्मचारीलाई निर्देशन दिएका थिए । करिब तीन घन्टामा मन्त्री श्रेष्ठले
महानगरका सबै विभाग र महाशाखाको गतिविधिबारे जानकारी लिएका थिए ।
महानगरअन्तर्गत हुने ठेक्कापट्टा स्वस्थ प्रतिस्पर्धाका आधारमा
गर्नुपर्ने भन्दै उनले इ- बिडिङका आधारमा गर्नसमेत निर्देशन दिएका थिए ।
मन्त्रीको भनाइ उद्धृत गर्दै अधिकृत अधिकारीले भने, 'स्वस्थ
प्रतिस्पर्धाका लागि इ- बिडिङमा जान निर्देशन दिनुभएको छ ।'
महानगरलाई सफा र स्वच्छ बनाउनसमेत निर्देशन दिंदै मन्त्री श्रेष्ठले
जथाभावी रूपमा फोहोर फाल्नेलाई दण्ड/जरिवानामा कडाइ गर्न निर्देशन दिएको
अधिकारीले बताए । मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको टोलीसहित
महानगर पुगेका मन्त्री श्रेष्ठले विभिन्न कागजातको पनि निरीक्षण गरेका
थिए । निरीक्षणका क्रममा ८८ जना कर्मचारी अनुपस्थित रहेका थिए । जथाभावी
रूपमा रहेका पार्किङलाई पनि व्यवस्थित गर्न मन्त्री श्रेष्ठले निर्देशन
दिएका थिए ।

No comments:

Post a Comment