Tuesday, August 28, 2012

विदेशमा दुःख पाउनु भन्दा स्वदेश मै केही गरे हुन्न र ?

गोपाल जिसी, १२ भदौ, पर्वत । नेपालमा रोजगार नपाएर दिनानुदिन वैदेशिक रोजगारमा जानेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । उद्योगधन्दा, कलकारखानाको आवश्यक विकास नहुँदा हरेकवर्ष कामको खोजिमा बाहिरीने नेपाली युवाहरुको तथ्याङ्क दिनानु दिन बढ्दै गएको छ । दैनिकजसो आठहजार भन्दा माथिको दरले विदेशिनेक्रम अहिले पनि जारीरहेको छ ।
विदेश जाने नेपाली कामदारको तीन चौंथाईसंग कुनैपनि सीप नभएको सरकारी तथ्याङ्कले गतवर्ष नै जनाएको छ । एकातिर सीप सिकेर विदेश जाने नेपालीहरुको चाहना अहिले पनिपुरा हुन सकेको छैन् । अर्को तिर ठुटेबुचे भाषा सिकेर वैदेशिक रोजगारमा जाने क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगारमा गएका कतिपय नेपालीहरुको शव नेपालको एयरपोर्टमा आइरहेको छ । खाडी लगायतका मुलुकहरुमा गएका नेपालीहरुलाई विदेशमा उचित पारिश्रमिक नभएको र रोजगारकोसमेत ग्यारेन्टी नभएका कारण वैदेशिक रोजागारमा जानेहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको हो ।
विदेशमा गएका नेपालीहरुले स्वदेश र्फकदा उचित पारिश्रमिकको व्यवस्था नभएको, उच्च गर्मिमा काम गर्नुपरेको, कम्पनीले भनेजस्तो काम नदिएको, नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरु ठगिदा वास्तानराखेको गुनासाहरु विदेश गएका नेपाली युवायुवतीहरु स्वदेश फर्किदा बताउने गरेकाछन् । यसै सन्र्दभमा पर्वत जिल्लाबाट वैदेशिक रोजगारमा जाने पर्वतेलीहरुको संख्यामा पनि अनुपातमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ । २०६८ साउन महिना देखी पासपोर्ट वितरण शुरु गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले ०६९ मसान्तसम्म आउँदा २७ सय ४६ जनाले दरखास्त फारम पेश गरी पासर्पोट बनाएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । पौडेलले द्रुत सेवा मार्फत काठमाण्डौ राहादानी विभागमा सिफारिस लैजानेहरुको सङख्या एक हजार चारसय २ जना रहेको र पर्वतबाट दुई हजार सातसय ४६ जनाले पासर्पोट लिदाँ चार हजार एक सय ४८ जनाले पासर्पोट निकालेको बताए ।
पासपोर्ट निकालेका पर्वतेलीहरु सबै वैदेशिक रोजगारमा जाने हो भने जिल्लामा युवा शक्तिको पनि आवश्याकता खड्किने अवस्था आएको छ । जिल्लामा पासपोर्ट लिएकाहरुबाट एक करोड ४८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । वैदेशिक रोजगारमा जानका लागि दैनिक १५ देखी २५ जनाले पार्सर्पोट फाराम भर्ने गरेको जिल्ला प्रशासनको तथ्याङ्कले जनाएको छ ।
यसरी नेपाली युवायुवतीहरु विदेश गएर फर्किनुपर्ने अवस्था र भनेको काम नपाउँदा पर्ने समस्याको ख्याल नगरी पैसा कमाउने मोहमा लागेका छन् । आफ्नो देशमा केही गर्ने चाहाना भएर पनि देशमै भनेजस्तो काम नपाउँदा उनिहरुविदेशिन वाध्य बनेका हुन् । त्यसैले वैदेशिक रोजगारमा गईदुःख पाउनुभन्दा स्वदेशमै केही गरे हुन्न र ?

No comments:

Post a Comment