२६ असोज, नेपालगञ्ज । प्रहरीले बाँकेका बेग्ला बेग्लै दुई हत्याका घटनामा
संलग्न तीन जनालाई पक्राउ गरेको छ । कोहलपुरका रवीन्द्रमान श्रेष्ठको
हत्याको अभियोगमा शंकरकुमार थापा र सन्तोष बुढालाई पक्राउ गरेको छ ।
श्रेष्ठलाई २०६४ बैशाख १९ गते राति घरमै सुतेका बेला ५/६ जनाको सख्यामा
आएका व्यक्तिले निर्मम ढंगले कुटपिट गरी गंम्भीर घाइते बनाएका थिए ।
घटनाको ४ दिनपछि भारतको लखनउमा उपचार गर्दा गर्दै श्रेष्ठको मृत्यु भएको
थियो । उक्त घटनापछि फरार रहेका ती दुई जनालाई पक्राउ गरी ज्यान मुद्दा
चलाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेश
बस्नेतले बताए ।
त्यस्तै, फत्तेपुरमा बुधबार राति आफ्नै ससुरा करबीर परियारको हत्या गरेको
अभियोगमा प्रहरीले प्रेम विकलाई पक्राउ गरेको छ । विकले पनि राति सुतेकै
बेला करबीरको हत्या गरेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment