Thursday, August 23, 2012

प्रहरीलाई ट्वाइलेट लाग्दा अदालतबाटै अभियुक्त फरार

७ भदौं, काठमाण्डौं । महानगरीय प्रहरी परिसर काठमाण्डौंको हिरासतमा रहेको एक कैदी अदालतबाट फरार भएका छन् । मोटरसाईकल चोरी मुद्धामा म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौंमा लगिएको बेला काभ्रे निवासी साइँला तामाङ फरार भएका हुन् ।
महानगरिय प्रहरी परिसरले सोमबार पक्राउ गरि मंगलबार म्याद थपका लागि तामाङलाई जिल्ला अदालत काठमाण्डौं लगेको थियो । म्याद थप गरी कार्यालय फर्काउने क्रममा सुरक्षाका लागि खटाईएका प्रहरीजवना दिवाकर फ्याल ट्वाइलेट जाँदा हत्कडीबाट हात फुत्काई तामाङ फरार भएका हुन् ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहका अनुसारतीनजना कैदीलाई हत्कडी लगाएकोमा तामाङले फुत्काएर अदालत परिसरबाटै फरार भएको खबर राजधानी दैनिकले छापेको छ । हतकडी निक्कै खुकुलो भएर उनी फरार भएको सिंहको भनाई छ ।
सुरक्षार्थ खटाईएका प्रहरी जवान फुयाँललाई कारबाही सुरु गरिएको छ ।

No comments:

Post a Comment