Friday, August 17, 2012

आज कुशे औशी, बुवाको मुख हेर्ने दिन

१ भदौ, काठमाण्डौं । हिन्दु धर्माबलम्बीहरुको महान चाड कुशे औँसी आज घर घरमा कुश भित्र्याएर मनाईदै छ । आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्रयाउने परम्परा रहेको छ ।
शास्त्रोक्त विधिअनुसार ब्राहृमणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
आज बुबाको मुख हेर्ने दिन पनि हो । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ-आˆना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आˆना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दछन् ।
आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका-कौशिकी (बराहक्षेत्र), विष्णुपादुकालगायतका तीर्थस्थानमा आ-आˆना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचोलाग्दछ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आˆना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पूण्य मिल्नाका साथै आˆनो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ

No comments:

Post a Comment