Friday, May 4, 2012

मृत्युदण्ड सुनाइएका अमरको अबस्था !!

संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिकको हत्याप्रकरणमा समातिएका दार्चुला,धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारीचालक रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पव्रmाउ परेका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले लिखितरूपमा जनाएपनि अहिलेसम्म उनले कानुनी उपचारमार्फत् छुट भनेपाएका छैनन् । कसरी पुगे बम जेलमा ? निज बमले जनाए अनुसार बिवाह गरेको लगत्तैपछि कामकोसिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्‍याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । बमले दिएको जानकारी अनुसार उक्त जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्‍याए । उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा त्यहाँकोप्रहरीले पक्राउ गर्‍यो

No comments:

Post a Comment