Wednesday, October 10, 2012

प्रचण्डका हत्यारालाई जन्मकैद

२४ असोज, बुटवल । एमाले कार्यकर्ता प्रचण्ड थैव हत्याका अभियुक्त सुजित
भनिने खरिन्द्र विकलाई रुपन्देही जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको
फैसला सुनाएको छ । विकले नै बुटवलका एमाले कार्यकर्ता थैवलार्ई गोली हानी
हत्या गरेको ठहर गर्दै मंगलबार जिल्ला न्यायाधीश बालिन्द्र रुपाकखेतीको
इजलासले यस्तो फैसला सुनाएको हो ।
थैवको २०६५ चैत १३ गते राति बुटवलमा गोली हानी हत्या भएको थियो ।
प्रहरीले हत्यामा सुजितको संलग्नता रहेको ठहर गर्दै सरकारी वकिलमार्फत
जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो । सरकारी वकिलको माग दाबी बमोजिम
नै सुजितलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । थैव हत्याको
करिब ६ महिनापछि १० भदौ २०६६ मा विकलाई प्रहरीले काठमाडौं सुन्धारास्थित
गेस्टहाउसबाट पक्राउ गरेको थियो ।
सोही हत्यामा आरोपित उदय भनिने मानबहादुर पुनले भनेसफाइ पाएका छन् ।
उनलाई हत्याअघि सुजितले सरसल्लाह गरेको दाबी सरकारी वकिललको थियो ।
अदालतले हत्यामा उनको कुनै किसिमको संलग्नता नरहेको जनाएको छ ।
Comments:

No comments:

Post a Comment