Saturday, September 1, 2012

सडकमा मागेर नेपाली विद्यालयलाई एक करोड


१६ भदौ, काठमाण्डौं । नेपालका सामुदायिक विद्यालयका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले १ करोड रुपैयाँ संकलन गरिसकेका तीनजना फिनल्यान्डेली किशोर यतिबेला राजधानी काठमाण्डौंमा छन् ।
फिनल्याण्ड, रसिया, कजाकस्तान, किर्गिजस्थान, चीन,पाकिस्तान, भारत हुँदै नेपाल आएका युहो लिपानेन, मिकेल हौटाला र रिको पिर्कलेनले एउटै गाडीबाट ८ हजार ५ सय किलोमिटर यात्रा पुरा गरिसकेका छन् । १७साउनमा फिनल्याण्डको टेम्पेरेबाट यात्रा थालेका उनीहरु भारतबाट जनकपुर, चितवन हुँदै १० भदौमा राजधानी काठमाण्र्डौ आइपुगेको राजधानी दैनिकमा खबर छ ।
‘नेपालका सामुदायिक विद्यालयलाई सक्दो आर्थिक रकम जुटाउन स्थलमार्गबाट हामी नेपाल आएका हौ,’ टोलीनेता युहो लिपानेनले भने । सात मुलुकमा सडकयात्रा गर्ने क्रममा आफुहरुले सो रकम जुटाउन सफल भएको उनले बताए । तीन किशोरबाट संकलित रकम फिनल्याण्ड सरकारको परियोजना फिडा इन्टरनेसनल मार्फत नेपालका विभिन्न विद्यालयलाई सहयोग प्रदान गरिने नेपालका लागि फिनल्याण्डका राजदूतआस्को लुकाइनेनले जानकारी दिए । संकलित रकम उचित ढंगले खर्च भए/नभएको बारेमा दूतावासले नियमित अनुगमन गर्ने पनि उनले बताए ।

No comments:

Post a Comment