Thursday, October 25, 2012

दुई अर्ब ५० करोडको लागतमा राष्ट्रिय राजमार्गमा छब्बीस नयाँ पुल बन्ने

९ कात्तिक, काठमाडौँ । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम
प्रभावकारीरूपमा कार्यान्वयन गर्दै आगामी पाँच वर्षभित्र २६ नयाँ पुल
निर्माण गर्ने भएको छ । मुलुकको आर्थिक–सामाजिक विकासका निम्ति भौतिक
पूर्वाधार निर्माण अपरिहार्य भएकाले विश्व बैंकको रु छ करोड अमेरिकी डलर
सहुलियत ऋण र राज्यकोषबाट बेहोरेर नयाँ पुल बनाइने भएको हो । आगामी
महिनादेखि कार्यान्वयन हुने पुल सुधार तथा मर्मत कार्यक्रमअन्तर्गत सडक
विभागले रणनीतिक राजमार्गमा रु दुई अर्ब ५० करोडको लागतमा हरेक वर्ष
पाँच पुल निर्माण लक्ष्य सडक विभागले लिएको छ ।
उक्त कार्यक्रम कार्यान्वयनका क्रममा विभागलेअध्ययन गर्दा देशका विभिन्न
राजमार्गका ९८ वटा पुल जोखिममा परेका र तिनको तत्काल विस्तृत मर्मतसम्भार
गर्नुपर्ने तथा ९५ वटा सामान्य र चार सय एकवटा केही मर्मत गर्नुपर्ने
अवस्थामा पाइएको विभागका महानिर्देशक दिनकर शर्माले राससलाई बताउनुभयो
।'निर्माणाधीन ९५ पुलबाहेक अबको पाँच वर्षमा राष्ट्रले २६ नयाँ पुल
पाउनेछ'– ती पुलले मुलुकलाई विकासको पथमा अघि बढाउने विश्वास व्यक्त
गर्दै उहाँले भन्नुभयो ।
यसैबीच विभागले भद्रकाली–माइतीघर सडकको ट्य्राक दसैँतिहारलाई दृष्टिगत
गरी एक महिनाका लागि मात्र खोलेको र शीघ्र स्तरोन्नति गरी पुनः सञ्चालन
गर्ने जनाएको छ । रासस
Comments:

No comments:

Post a Comment