Tuesday, August 28, 2012

प्रधानमन्त्रीको सम्बोधनमा देशबासीलाई ताजा र बासी कुरा

१२ भदौ, काठमाडौं । के के न गर्लान् भन्ने बाबुरामले एक वर्षे कार्यकालमा फोटो झुण्ड्याउने बाहेक अरु केही गरेनन् भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्रीले आफूले गरेका कामको बेलिविस्तार लगाउनुभएको छ । मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उहाँले अप्ठेरो र प्रतिकूल अवस्था हुँदाहुँदै पनि धेरै राम्रा काम गरेको दावी गर्नुभएको छ । गर्न नसकेको काममा चाहिं उहाँले विपक्षी दलहरुलाई दोष थोपर्नु भएको छ ।
प्रधानमन्त्रीले आफू र आफ्नोपार्टीका कारण नभई विपक्षी दलको अडान र षड्यन्त्रले संविधानसभा बिघटन भएको बासी कुरा नै गर्नुभएको छ । आफू सरकारमा टिकीरहने पक्षमा नरहेको तर त्यो भन्दा पहिले विवादित विषयमा सहमति हुनुपर्ने उहाँको पुरानै कुरा छ । ’सरकार बनेको तेस्रो दिनमै सेना समायोजन विशेष समितिको बैठक बसेर भोलिपल्टैमाओवादी लडाकु, शिविरहरु र हतियार राखिएका कन्टेनर सबै मूर्त रुपमा विशेष समिति मातहत ल्याइएको र हातहतियारका कन्टेनरको सांचो समितिलाई हस्तान्तरण गरिएको म स्मरण गर्न चाहन्छु’ उहाँले आफूले गरेको राम्रो कामलाई यसरी शुरुवात गर्नुभएको छ ।
आफ्नो पालामा शान्ति र संविधानप्रति राष्ट्रको भरोसालाई फर्काउन सरकार सफल भएको भट्टराईको दावी छ । तर विपक्षी दलको कारण यो काम पूरा नभएको उहाँको भनाई छ । ‘एकदमै निणर्ायक बिन्दुमा आएर एकदमै अनपेक्षित रुपमा नेपाली कांग्रेस र एमालेका सरकारमा प्रतिनिधित्व गर्ने सदस्यहरू संविधान सभाको म्याद थप गर्ने सरकारको निर्णयलाई निहु बनाएर सरकारबाट बाहिरिनुभयो । हामीजसरी पनि संविधानसभालाई बचाउन चाहन्थ्यौं । संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्ताव यही सरकारको थियो र औपचारिक रुपमै त्यसलाई संविधानसभामा लगिएको पनि थियो । तर, नेपाली कांग्रेसका पार्टीमहामन्त्रीसमेत रहेका तत्कालीन उपप्रधानमन्त्रीले लगेको प्रस्तावविरुद्ध त्यही पार्टी सभापतिले पत्रकार सम्मेलन गर्ने बिडम्बनापूर्ण अवस्था बन्यो र त्यही नै संविधानसभा विघटनको आधार बन्यो । तथ्यहरु साक्षी छन ।’
संविधानसभा बिघटनको दोषी कांग्रेस र एमाले भन्दै प्रधानमन्त्रीले अगाडि भन्नुभएको छ -’तर हामी कसैलाई दोषारोपण गर्न चाहन्नौँ । किनकि संविधानसभा विघटनमा कसले कस्तो भूमिका निर्वाह गरे त्यो अब इतिहासले मूल्यांकन गर्नेछ ।’ सबै राजनीतिक दललाई सकेसम्म छिटोसहमतिमा आएर राजनीतिक निकास खोज्न प्रधानमन्त्रीले पुरानै ढंगले अपील गर्नुभएकोछ । प्रधानमन्त्रीले भन्नुभएको छ -’प्रतिपक्षी दलहरुलाई हामी एउटै अपिल छ­ एउटा लोकतान्त्रिक, परिवर्तनशील र खुला समाजमा मतभेद र असहमतिहरुको फैसला आपसी परामर्श र वहसवाट हुनुपर्छ । अनुचित आधारहरुमाअनुचित पर्खाल खडा नगरौं, सहमतिको आधार खोजौं र राष्ट्रलाई निकास दिऊं ।’
आर्थिक वृद्धि, गरीबी निवारण र रोजगारीलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजिएपनि विपक्षीहरुले पूर्ण बजेट ल्याउन सहमति नदिँदा समस्या भएको कुरा प्रधानमन्त्रीले दोहोर्याउनुभएको छ ।
निरन्तरता र प्रतिबद्धताका कुरा
आफ्नो सम्बोधनमा अधिंकाश समयप्रधानमन्त्रीले आफ्नो कामको बखान, विपक्षीहरुको आलोचना र उनीहरुलाई अर्तिबुद्धि दिनमै खर्चनुभएको छ । खासै नयाँ योजना नभएपनि उहाँले केही कामलाई निरन्तरता दिने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले सेना समायोजनको कामलाई अब तीव्र रुपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसमा जनमुक्ति सेनाको सहयोग रहने उहाँको विश्वास छ । पोहोरदेखि शुरु गरिएको तत्कालिन राहत कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइने प्रधानमन्त्रीको भनाई छ । ‘द्वन्द्वपीडितलाई न्याय, वर्गीय, जातीय, क्षेत्रीय वा लैंगिक हिसाबले उत्पीडनमा परेका सीमान्तकृत समुदायलाई तत्काल राहत दिने कार्यमा मुख्य जोड दिएको थियो । त्यस कार्यक्रमले दशैं, तिहार, छठ जस्ता हाम्रा महत्वपूर्ण चाडमा पनि जनतालाई केही मात्रामा भएपनि राहत दिन सकेको थियो । यो वर्षपनि दशैं­तिहार र छठलाई लक्ष्य गरी ती कार्यक्रम ल्याइने विश्वास दिलाउंछु ।’ प्रधानमन्त्रीले भन्नुभएको छ ।
काठमाडौंमा हाल विस्तार गरिएका सडकलाई आउँदो दशैंसम्म कालोपत्र बनाईसक्ने उहाँले संकल्प गर्नुभएको छ । यस्तै हेलो सरकार कक्षमा आएका गुनासा र समस्यालाई सम्बोधन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । उहाँले दलित, महिला र अपाङ्गहरूका मुद्दालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीको सवि|mयतामा संयन्त्र बनाई काम अगाडि बढाइएको जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले हालै मनाङको सदरमुकाम चामेसम्म मोटरबाटो पुगेको र मुगुको सदरमुकाम गमगढीसम्म मोटरबाटो पुर्याउने प्रयास भइरहेको उल्लेख गर्नुभएको छ । यसपछि सदरमुकामसम्म मोटरबाटो पुग्न बाँकी हुम्लार डोल्पामा सरकारको ध्यान केन्दि्रत हुने उहाँको भनाई छ । तराईको हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, फास्ट ट्र्याक र कोशी, गण्डकी तथा कर्णाली जस्ता उत्तर दक्षिण जोड्ने रणनीतिक मार्गहरुलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाई छ ।
उपभोक्ताहरूलाई अखाद्य वस्तुको मिसावट, मूल्यवृद्धि, कालोबजारी, अभाव र ठगीबाट जोगाउन बजार र गुणस्तर अनुगमनाई अझै तीव्रता दिइने प्रधानमन्त्रीको भनाई छ ।यस्तै प्रधानमन्त्रीले राजनीतिक समझदारीवाटै संविधान सभाको निर्वाचन, संविधानसभावाट नयां संविधानको निर्माण, वर्तमान संव|mमणकालमा पनि अधिकतम जनपक्षीय निर्णय र जनताका दैनन्दिन आवश्यकता तथा दीर्घकालीन आर्थिक सामाजिक न्याय सहितको संवृद्धिका लागि पहलका लागि सरकारले आप\mना लक्ष्य, योजना, संयन्त्र, साधन र प्रयत्नहरु केन्दि्रत गर्ने बताउनुभएको छ । ‘जनतासंग जीवन्त संवाद, जनताका दैनन्दिन समस्याको संवोधन, जनउत्तरदायी प्रशासनप्रणाली, श्रोतको न्यायोचित र समुचित वितरण, तीव्र आर्थिक वृद्धि, रोजगारीका अवसरको सृजनावाट युवा पुस्तालाई राष्ट्र निर्माणमा सहभागी वनाउने सार्थक पहल र प्रयत्न यो सरकारले निरन्तर रुपमा गरिरहने प्रतिवद्धता व्यक्त गर्दछु’ प्रधानमन्त्रीले भन्नुभएको छ । प्रधानमन्त्रीले आगामी हिउँदमा लोडसेडिङलाई १०-१२ घण्टा भन्दा माथि जान नदिन विशेष कार्यायोजना तयार गरी कार्यन्वयन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
उहाँले घाईते तथा अपांगहरुलाई आजीवन भत्ता, स्वास्थ्यसेवा लगायतका अन्य सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी गराउनुभएको छ । उहाँले अति विकट र विपन्न कर्णाली तथा सूदूर पश्चिमीपहाडमा यातायात र खाद्य सुरक्षा सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गर्नुभएको छ । झट्ट हेर्दा प्रधानमन्त्रीको सम्बोधनमा खासै नयाँ र ताजा कुरा छैन । पुरानै कुरा, अडान, प्रतिबद्धता र आश्वासनको पोको समेटिएको छ ।

No comments:

Post a Comment