Saturday, August 4, 2012

तास खेल्दाको विवादमा गोली चल्यो

मिथिलेश यादव, सप्तरी, साउन २०- सप्तरीमा आज बिहान तास खेल्ने क्रममा विवाद भएपछि गोली चलेको छ। गोली लाग्दा १८ वर्षका श्यामकुमार साह घाइते भएका छन्।
उनको कम्मर र खुटामा गोली लागेको सप्तरी प्रहरी प्रमुख गणेश थापाले बताए।
कोचाभकारी वडा नम्बर ७ मा उनलाई कसले गोली हानेको भन्ने बारे थाहा भएको छैन। यसबारे अनुसन्धान भइरहेको थापाले बताए।
गोली लागी गम्भीर घाइते साहको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकलाई उद्धृत गर्दै सप्तरी प्रहरीले बताए।

No comments:

Post a Comment