Tuesday, October 2, 2012

सहकर्मीको मृत्युपछि कुवेतमा नेपाली कामदार हड्तालमा उत्रिए

असोज, कुवेत । नेपाली कामदारको मृत्यु भएपछि कुबेतस्थित तान्जिबको
कम्पनीमा कार्यरत नेपालीहरु हड्तालमा उत्रिएका छन् ।झापाका मिलन लिम्बुको
मृत्यु रहस्य भएको भन्दै छानविन र दोशीमाथि कारबाही गर्नु पर्ने
आन्दोलनरत नेपाली कामदारहरुको माग छ । कम्पनीको विभिन्न ठाउँमा रहेका
क्याम्पहरुमा नेपालीहरुले काम बन्द गरेको समाचार छ । घटनाबारे छानविन
गर्ने त्यहाँस्थत नेपाली दूताबासको प्रतिवद्धतालार्इ वेवास्ता गर्दै
नेपाली कामदारहरू हडतालमा उत्रिएका हुन् ।कम्पनीमा करिब १२ सय नेपाली
कार्यरत छन् । कुनै पनि माग राखेर हड्ताल
गर्नुलाई कुवेतको कानुनमा अपराध मानिन्छ । यसअघि घटनाबारे छानबिनको माग
गर्दै करिव १८० जना नेपालीहरु सोमबार नेपाली दूताबास पुगेका थिए ।
होहल्ला गरी तोडफोडमा उत्रिन खोजेपछि उनीहरूलार्इ तितरवितर पार्न
दूताबासले प्रहरीको सहयोग लिनु परेको थियो । दूताबासले छानबिन प्रकृयालाई
अगाडि बढाउनुको साटो उल्टै आफुहरुलाई पुलिस लगाएर खेदेको उनिहरुको आरोप छ
। दूताबसले भने कुवेत पुलिसले दिएको मृत्यु हुनको प्रमाण पत्रलाई उदृत
गर्दै लामाको मृत्यु सडक दुर्घटनाबाटै भएको बताएको थियो । यसरी सुरू भयो
विवाद सेप्टेम्बर २३ मा तान्जिब कम्पनीको अब्बासिया क्याम्पममा कार्यरत
मिलन लिम्बु र बिष्णु प्रर्साद लुईटेलबीच कुटपिट भएको थियो । दुबैजना
रक्सीले मातेको बताइन्छ । मिलन लिम्बुको प्रहारबाट बिष्णुको टाउकोमा
गहिरो चोट लागेको थियो । उनीहरूलार्इ कम्पनीका सुपरभाइजरले फर्वानिया
हस्पिटल लगेका थिए । बिष्णु उपचार पश्चात कम्पनिमा फर्के तर, मिलन भने
लापत्ता रहे
। कम्पनीले मिलन हराएको सूचना प्रकाशित गरेको थियो । शनिबार अचानक नेपाली
दूताबास मार्फत मिलनको मृत्यु भएको खबर सार्वजनिक भयो । कुवेत पुलिसले
मिलनको मृत्यु सडक दुर्घटनामा भएको जानकारी दूताबासलाई गराएको थियो ।
मिलनको मृत्यु भएको खबर पाउन साथ कम्पनीमा कार्यरत नेपालीहरु मृत्युको
कारण खोज्न थालेका थिए
। दुई जना सुपरभाइजरले होस्पिटल लगेका मिलनको सडक दुर्घटनामा कसरी मृत्यु
भयो भत्रे प्रष्ट पार्नु पर्ने माग नेपालीहरुको छ । हस्पिटलबाट भाग्ने
क्रममा कारसँग ठोक्कियर मिलनको मृत्यु भएको कम्पनीको ब्यबस्थापन पक्षले
दूताबासमा बताएका थिए ।
source OnlineKhabar

No comments:

Post a Comment