Sunday, November 4, 2012

साउदीमै अड्कियो ३९ नेपाली कामदारको शव

१९ कात्तिक, काठमाण्डौं । साउदी अरबमा मृत्यु भएका ३९नेपाली कामदारको शव
अन्तिम संस्कारका लागि परिवारलेपाउन सकेका छैनन् ।
साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनीले असहयोग गरिदिँदा १३
महिनादेखि त्यस्ता शव परिवारले पाउन नसकेका हुन् । शव पठाउने प्रक्रिया
साउदीमा निक्कै झन्झटिलो रहेको कान्तिपुरमा खबर छ ।
दूतावासका अनुसार गोरखाका राजन खनाल, मोरङका हरिमाया सुन्दाससहित ३९
जनाको शव रोकिएको छ । उनीहरुले बारम्बार परराष्ट्रमन्त्रालय मार्फत रियाद
स्थित नेपाली दूतावासमा ताकेता गरेपनि मृतककोशव आउन सकेको छैन् ।
धेरै नेपालीको त कम्पनीले शव उठाउने जिम्मेवारी नलिएका कारण पनि नआएको
बताईएको छ । यसरी कम्पनीले जिम्मा नलिँदा आधा दर्जनभन्दा बढी शव अलपत्र
परेका छन् ।

No comments:

Post a Comment