Tuesday, October 2, 2012

जग्गा धनीलाई थाहै नदिइ जग्गा बिक्री गर्ने कर्मचारी सहित १९ जना थुनामा

काठमाडौ, आश्विन १६ - जिल्ला अदालत भक्तपुरले सक्कली जग्गा धनीलाई थाहै
नदिइ जग्गा बिक्री गर्ने मालपोतका कर्मचारी सहित १९ जनालाई पुर्पक्षका
लागि थुनामा पठाएको छ ।
अदालतले जनही २ करोड १० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उनीहरुले
उक्त धरौटी मंगलबार अपरारन्ह्रसम्म पनि बुझाउन नसकेपछि जेल चलान गरेको
हो ।
धरौटी रकम बुझाउन नसकेपछि सबै जना डिल्लिबजार कारागारमा चलान गरिएको छ ।
धरौटी रकम दिन नसक्नेहरुमा मालपोत कार्यालय भक्तपुरका शाखा अधिकृत
उमाकान्त पौडेल, सुवोध कुमार खनाल, नायव सुब्बा रामहरी न्यौपाने ,पिएन
कर्ण श्रेष्ठ र विश्वराम सुवाल लगायत रहेका छन् ।
उनीहरुले अरनीको राजमार्गसँगै जोडिएको मध्यपुर ठीमि १६, लोकन्थलीको
जग्गा बिक्री गर्ने प्रयास गरेका थिए ।

No comments:

Post a Comment