Tuesday, October 2, 2012

ललितपुरमा बेहोश भएर दुई जनाको मृत्यु

१६ असोज, ललितपुर । ललितपुर जिल्लामा बेहोश भएर दुई जनाको मृत्यु भएको छ
। बेहोश अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको
प्रहरीले जनाएको छ । दुबै जनाको मृत्यु के कारणले भएको हो भने यसको
बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । हरिसिद्धिस्थित बाउन्स
नेपाल सुधार केन्द्रमा राखिएका २८ वर्षीय लोकचन श्रेष्ठ मध्यान्ह १२ बजे
एक्कासि वेहोश भए पछि उपचारका क्रममा मृत्यु भएको थियो । बेहोश भए पछि
उनलाई उपचार गराउन पाटन अस्पताल लगिएको प्रहरीले बताए ।
ललितपुरकै धापाखेल डेरा गरी बस्ने रुकुम घर भएकी एक जना महिलाको पनि
बेहोश हुँदा उपचारका क्रममा मृत्युभएको छ । २७ वर्षीया फूलमाया बुढामगर
सुतिरहेको अबस्थामा बेहोश अवस्थामा फेला परेकी थिईन । उनलाई उपचारका लागि
पाटन अस्पताल लगिएको थियो ।
Comments:

No comments:

Post a Comment