Tuesday, October 2, 2012

काठमाडौको गोंगबु–२९ स्थित १५ वर्षिय किशोरीलाई सामुहिक बलात्कार

१६ असोज, काठमाडौ । काठमाडौको गोंगबु–२९ स्थित १५ वर्षिय बालिकालाई एक
जना युवकले सामुहिक बलात्कार गरेका छन् । मुखमा रुमाल कोचेर बलात्कार
गर्ने मनमैजुका तिलक राईलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अुनसार१९ वर्षीय राईले साथीको घरबाट कोठामा
फर्किंदै गरेकी रसुवाकी कल्पना अधिकारीलाई अपहरणको शैलीमा गोंगबु–२९को
दीपावली गेस्टहाउसको ६०२ नम्बरको कोठामा लगेर बलात्कार गरेका थिए ।
गेस्टहाउसबाट रुँदै बाहिरिएपछि बाटो हिँड्ने एक अपरिचितले प्रहरीलाई खबर
गरेपछि गेस्टहाउसको कोठाबाटै प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा भेटिएकी अधिकारीले कोठामा लगी मुखमा
रुमाल कोच्दै राईले बलात्कार गरेको बताइन् । उनले भनिन्, 'कोठामा
लानेबित्तिकै दुवै हात बलियोसँग समाती जबर्जस्ती कपडा खोल्यो । म
चिच्याउन थालेँ । उसले रुमाल झिक्यो । डल्लो पारी मुखमा कोच्यो, त्यसपछि
त म बोल्नै सकिनँ ।' अधिकारीले बलात्कार गर्ने राईलाई त्यसअघि कहिल्यै
नचिनेको बताइन् ।
अधिकारीले प्रहरीलाई दिएको बयानअनुसार उनी आइतबार एउटै कक्षा पढ्ने
साथीकहाँ गएकी थिइन् ।
साथीकैमा खाना खाएर उनी बेलुका ८ बजेतिर कोठा फर्किंदै थिइन् । उनले करिब
५ मिनेटपछि बाटोमा मोटरसाइकल पार्क गरी चुरोटको धुवाँ तान्दै गरेका राई र
अर्का अपरिचितलाई देखिन् । उनी डराउँदै फटाफट अघि बढिन् । अपरिचितमध्ये
राई मोटरसाइकल कुदाउँदै अधिकारीको हात समाउन थाले । डराएकी उनी सहयोगका
लागि गुहार मागिन् । ठाउँ सुनसान भएकाले सहयोगका लागि कोही आएनन् ।
एकछिनपछि अर्का युवा पनि अधिकारी छेउमा पुगे । डराइरहेकी अधिकारीलाई
'बेलुकीपख एक्लैहिँड्नुहुन्न, तिमीलाई हामी कोठामा पुर्‍याइदिन्छौँ' भनी
मोटरसाइकलमा हालेर होटलमा लगेका थिए ।
प्रहरीका अनुसार राईले अधिकारीलाई नांगै पारेर जबर्जस्ती छातीमा
आक्रमणसमेत गरेका थिए ।
प्रहरी वृत्त महाराजगन्जका डिएसपी जीवन श्रेष्ठले घटनाबारे अनुसन्धान
जारी रहेको बताए । उनले भने, 'बालिका बलात्कृत भएकी हुन्, घटनामा संलग्न
राईलाई पक्राउ गरिएको छ, म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको
छ ।

No comments:

Post a Comment