Tuesday, October 2, 2012

सरकारले नै सुपथ मुल्यका पसल सञ्चालन गर्दै

१६ हसोज,काठमाडौ। सरकारले नजिकिँदै गरेको चाड पर्वलाई ध्यानमा राखेर
आजदेखि सुपथ मुल्यमा बजार सञ्चालन गर्ने भएको छ । सञ्चालन गरिएको बजार
आगामी मङ्सिर ४ गतेसम्म जारी रहने भएको छ । नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ
र नेपाल खाद्य संस्थानमार्फत उपत्यकाभित्र सात स्थानमा र उपत्यका बाहिर
४७ स्थानमा बजार सञ्चालन गर्न लागिएको हो । उपत्यकाको कालीमाटी,
कोटेश्वर, नेपाल खाद्य संस्थान, टेकु, रामशाहपथ, ललितपुरको पुल्चोक र
भक्तपुर बजारमा सुपथमुल्यका सामग्री राखिनेछ । उपत्यका बाहिर साल्ट
ट्रेडिङका २१, खाद्य संस्थानका २२ र नेसनल ट्रेडिङका चार स्थानमा सुपथ
बजार सञ्चालन गर्न लागिएको छ ।

No comments:

Post a Comment