Monday, September 24, 2012

नेपाली जेलभित्रै ब्लू फिल्मको ब्यापार

८ असोज, काठमाण्डौ । गलत काम गर्नेलाई सुधार गर्न र सजाय दिन कारागारमा
राख्ने गरिए
पनि डिल्लीबजारस्थित सदरखोरमा भने कैदीहरुसँग पैसा उठाएर ब्लू फिल्म
(अश्लिल चलचित्र)
देखाउने गरिएको खुलासा भएको छ । डिल्लीबजार कारागारका कैदीहरुले गृहसचिव
नविन घिमिरेलाई पठाएको लिखित
उजुरीमा जेलभित्र प्रहरीले खुलेआम ब्लू फिल्म देखाउने गरेको उल्लेख छ ।
उजुरीमा कैदीहरुले
जेलको लाइब्रेरीमा रहेको कम्प्युटरबाट ब्लू फिल्म डाउनलोड गरेर
कैदीहरुसँग पैसा लिएर देखाउने
गरिएको उल्लेख छ । उनीहरुले तिमिल्सिना थरका प्रहरी निरिक्षक, जेल
प्रशासनका नाइके, भाई नाइके, बहिदार नाइके
लगायतको मिलेमतोमा यस्तो कर्म हुँदै आएको दावी गरेको सोमबार प्रकाशित
साँाघु साप्ताहिकले
छापेको छ । कैदीहरुले गृहसचिवलाई पठाएको उजुरीमा कारागारमा बाहिरियाले
चलाएको पसल चौकिदार आफैले
चलाउने गरेको, हरेक सामाग्रीको मूल्य करिव दोब्बर पर्ने गरेको, राज्यले
दिएको सिदासमेत आफैले
पकाएर खान नदिइएको र किनेर खानुपर्ने बनाइएको कैदीहरुले उजुरी गरेका छन्
। नाइके, भाई नाइके र
चौकीदारले आ-आफ्ना भान्छा चलाएको र बाँकी कैदीले ती भान्छामा पैसा तिरेर
खान बाध्य बनाइएको समेत
उजुरी गरेका छन् । उजुरीमा बिंगो खेलाएर ठग्ने गरिएको, पैसा हुनेलाई घुस
लिएर बाहिर घुम्न जान
दिइएको, जेलरसँग मिलेर कैदीहरुलाई यातना दिइएको लगायतका गुनासो गरेका छन् ।

No comments:

Post a Comment